Saturday, February 25, 2017

विज्जाचरण सम्पन्नो

तीन विद्या र अाठ विद्या

  1. पुब्बे निवास विज्जा - पूर्व जन्म र पूर्वजन्मको कुरा थाहा पाउन सक्ने ज्ञान
  2. दिव्य चक्खु विज्जा -  देवताहरूको जस्तो ठूलो सानो नजिकको टाढाको कुरा देख्न सक्ने
  3. दिव्य सोत विज्जा - देवताहरूको जस्तो नजिकको टाढाको कुरा सुन्न सक्ने
  4. र्इद्धि विध विज्जा - अनेक प्रकारको ऋद्धि देखाउन सक्ने ज्ञान
  5. चेतो परिय विज्जा - अरूको मनको कुरा जान्न सक्ने ज्ञान
  6. अासवक्खय विज्जा - क्लेश अास्रव निर्मूल गर्न सक्ने अरहत मार्गको ज्ञान
  7. मनोमयिद्धि विज्जा - मनले चिताए जस्तै पुरा गर्न सक्ने ज्ञान
  8. विपस्सना विज्जा - अनित्य, दुःख अनात्मा भनेर नाम (चित्त) रूप धर्म सबै थाहा पाउन सक्ने विपश्यना ज्ञान
पन्ध्र अाचरण
  1. सील संवर - शीललार्इ रक्षा गर्नु
  2. इन्द्रिय संवर - इन्द्रियलार्इ नियन्त्रण गर्नु
  3. भोजने मत्तञ्ञुता - भोजनको मात्राको ज्ञान हुनु
  4. जागरियानुयोग - सदैव जागृत रही रहनु
  5. सद्धा - त्रिरत्न तथा कर्म र कर्म फलमा विश्वास गर्नु
  6. सति - हरेक क्षणमा सजग रहनु
  7. हिरी  - दुराचरण देखि लाज मान्नु
  8. अोत्तप्प - दुराचरण देखि डर मान्नु
  9. वाहुसच्च - बहुश्रुत हुनु
  10. विरिय - उत्साहि र परिश्रमी हुनु
  11. पञ्ञा - हरेक कुराको परमार्थ, यथार्थ ज्ञान हुनु
  12. पठमज्झान - प्रथम ध्यान - वितर्क, विचार, प्रीति, सुख, एकाग्रता
  13. दुतियज्झान- द्वितीय ध्यान - विचार, प्रीति, सुख, एकाग्रता
  14. ततियज्झान- तृतीय ध्यान - प्रीति, सुख, एकाग्रता
  15. चतुत्थज्झान- चतुर्थ ध्यान - सुख, एकाग्रता