Sunday, January 15, 2017

अन्ध सुत्त

अंगुत्तरनिकाय > तिकनिपात > पुग्गलवग्गो  > अन्ध सुत्त (तीन प्रकारका ब्यक्तिहरू - अन्धो, एक अाँखा भएको, दुर्इ अाँखा भएको)

'भिक्षुहरू ! यस लोकमा तीन प्रकारका मानिसहरू छन् । ती कस्ता हुन् त ?
  • अन्धो, 
  • कानो (एउटामात्र अाँखाले देख्ने), 
  • सद्दे (दुबै अाँखा देख्ने)
भिक्षु हो, यी अन्धा मानिस भनेको कस्ता हुन् त ? यस प्रकारको मान्छेमा न धन सम्पत्ति अार्जन र बृद्धि गर्ने ज्ञान रूपी पहिलो अाँखा हुन्छ न त कुशल र अकुशल, प्रशंसनीय र निन्दनीय, उच्चस्तरको र तल्लोस्तरको, उज्यालो र अध्याँरो कुन के हो ? भनी छुट्यार्इ हेर्न सक्ने दोस्रो अाँखा हुन्छ । यस प्रकारको मानिसलार्इ (दुबै अाँखा नदेख्ने) 'अन्धो' भनिन्छ ।  

भिक्षु हो, यी कानो मानिस भनेका कस्ता हुन् त ? कोही मानिसहरूमा धनसम्पत्ति अार्जन र बृद्धि गर्न अावश्यक ज्ञान रूपी पहिलो अाँखा त हुन्छ तर कुशल र अकुशल, प्रशंसनीय र निन्दनीय, उच्चस्तरको र तल्लोस्तरको, उज्यालो र अध्याँरो कुन के हो ? भनी छुट्यार्इ हेर्न सक्ने दोस्रो अाँखा हुँदैन । यस प्रकारको मानिसलार्इ 'कानो' भनिन्छ ।

भिक्षु हो, दुबै अाँखा देख्ने सद्दे मानिस भनेका कस्ता हुन् त ? यस प्रकारका मानिसहरूमा धनसम्पत्ति अार्जन र बृद्धि गर्न अावश्यक ज्ञान रूपी पहिलो अाँखा पनि हुन्छ । यस्तै नै कुशल र अकुशल, प्रशंसनीय र निन्दनीय, उच्चस्तरको र तल्लोस्तरको, उज्यालो र अध्याँरो कुन के हो ? भनी छुट्यार्इ हेर्न सक्ने दोस्रो अाँखा पनि हुन्छ । यस प्रकारको मानिसलार्इ 'दुबै अाँखा देख्ने सद्दे' भनिन्छ ।

यी हुन् तीन प्रकारका मानिसहरूः 
  • धन सम्पत्ति पनि नभएको र कुशल काम पनि गर्न नजान्ने, दुबै किसिमले अभागी, दुबै ज्ञान रूपी अाँखाले देख्न नसक्ने 'अन्धो' ब्यक्ति
  • जो कुशल र अकुशल जे पायो त्यहिं गरेर धनमात्र कमाउन खोज्ने, ठगी र बेइमानी गरी संसारिक सुख र सम्बृद्धि प्राप्त गरी त्यसैमा घमण्ड गरी हिड्ने हुन्छ । जो त्यस्तै अकुशलका कारण दुर्गति तिर गइरहेको हुन्छ । 
  • यी तीन मध्ये सबै भन्दा उत्तम दुबै अाँखा भएका ब्यक्ति हुन् जसले अाफ्नो इमान्दरीता र उचित परिश्रमले पर्याप्त धन कमाएको हुन्छ । सद्चित्तले ढृढ संकल्पी भर्इ त्याग भावना राख्ने हुन्छ । उ राम्रो कुलमा जन्म भएर दुःख नभएको अवस्थामा रहन्छ । 
त्यसैले अन्धो वा कानो हुनु भन्दा दुबै अाँखा देख्ने सद्दे ब्यक्ति बन्नु सर्वोत्तम हो ।  


Anguttaranikaya>Tikkanipata>Puggalavaggo
English Translation of Andha Sutta
Translated in
http://buddhasutra.com/files/puggalavaggo.htm


Monks, there are three persons found existing in the world.
What three? The blind, the one-eyed, and the two-eyed.

And of what sort, monks, is the blind? Herein a certain person has not the eye to acquire wealth unattained, or to make the wealth he has increase. He has not the eye fit to see states that are good and bad, to see states that are blameworthy and praiseworthy states mean and exalted, states resembling light and darkness. This one, monks, is called "the blind."

And of what sort, monks, is the one-eyed? In this case a certain person has the eye to acquire wealth unattained, and or to make the wealth he has increase. But he has not the eye fit to see states that are good and bad, to see states that are blameworthy and praiseworthy states mean and exalted, states resembling light and darkness. This one is called the "one-eyed."

And of what sort, monks, is the two-eyed? In this case a certain person has both the eye to acquire wealth unattained and the eye to make the wealth he has increase, and the eye to see states that are good and bad, to see states that are blameworthy and praiseworthy, states mean and exalted, states resembling light and darkness. This one is called " the two-eyed."

These are the three persons: The blind, of sight bereft, hath no such wealth, No works good deeds, unlucky in both ways. And then again 'tis said the one-eyed man, conjoined with right and wrong, searches for wealth. With tricks and frauds and lies: worldly, purse-proud, and clever to gain wealth is he, and hence departing is afflicted sore in Hell. But best of all's the being with two eyes: His wealth, with right exertion rightly won, he gives away: with best intent, unwavering. In a blessed home he's born, nor sorrows there. So from the blind and one-eyed keep aloof, and join thyself to worthy two-eyed men.'

पालि
‘‘तयोमे, भिक्खवे, पुग्गला सन्तो संविज्‍जमाना लोकस्मिं।
कतमे तयो? 
अन्धो, एकचक्खु, द्विचक्खु। 

कतमो च, भिक्खवे, पुग्गलो अन्धो? इध, भिक्खवे, एकच्‍चस्स पुग्गलस्स तथारूपं चक्खु न होति यथारूपेन चक्खुना अनधिगतं वा भोगं अधिगच्छेय्य अधिगतं वा भोगं फातिं करेय्य [फातिकरेय्य (सी॰)]; तथारूपम्पिस्स चक्खु न होति यथारूपेन चक्खुना कुसलाकुसले धम्मे जानेय्य, सावज्‍जानवज्‍जे धम्मे जानेय्य, हीनप्पणीते धम्मे जानेय्य, कण्हसुक्‍कसप्पटिभागे धम्मे जानेय्य। अयं वुच्‍चति, भिक्खवे, पुग्गलो अन्धो।

‘‘कतमो च, भिक्खवे, पुग्गलो एकचक्खु? इध, भिक्खवे, एकच्‍चस्स पुग्गलस्स तथारूपं चक्खु होति यथारूपेन चक्खुना अनधिगतं वा भोगं अधिगच्छेय्य अधिगतं वा भोगं फातिं करेय्य; तथारूपं पनस्स [तथारूपम्पिस्स (स्या॰ कं॰ पी॰ क॰)] चक्खु न होति यथारूपेन चक्खुना कुसलाकुसले धम्मे जानेय्य, सावज्‍जानवज्‍जे धम्मे जानेय्य, हीनप्पणीते धम्मे जानेय्य, कण्हसुक्‍कसप्पटिभागे धम्मे जानेय्य। अयं वुच्‍चति, भिक्खवे, पुग्गलो एकचक्खु।

‘‘कतमो च, भिक्खवे, पुग्गलो द्विचक्खु? इध, भिक्खवे, एकच्‍चस्स पुग्गलस्स तथारूपं चक्खु होति यथारूपेन चक्खुना अनधिगतं वा भोगं अधिगच्छेय्य, अधिगतं वा भोगं फातिं करेय्य; तथारूपम्पिस्स चक्खु होति यथारूपेन चक्खुना कुसलाकुसले धम्मे जानेय्य; सावज्‍जानवज्‍जे धम्मे जानेय्य, हीनप्पणीते धम्मे जानेय्य, कण्हसुक्‍कसप्पटिभागे धम्मे जानेय्य। अयं वुच्‍चति, भिक्खवे, पुग्गलो द्विचक्खु। ‘इमे खो, भिक्खवे, तयो पुग्गला सन्तो संविज्‍जमाना लोकस्मि’’’न्ति।

‘‘न चेव भोगा तथारूपा, न च पुञ्‍ञानि कुब्बति।
उभयत्थ कलिग्गाहो, अन्धस्स हतचक्खुनो॥
‘‘अथापरायं अक्खातो, एकचक्खु च पुग्गलो।
धम्माधम्मेन सठोसो [संसट्ठो (सी॰ स्या॰ कं॰ पी॰), सठोति (क॰)], भोगानि परियेसति॥
‘‘थेय्येन कूटकम्मेन, मुसावादेन चूभयं।
कुसलो होति सङ्घातुं [संहातुं (स्या॰)], कामभोगी च मानवो।
इतो सो निरयं गन्त्वा, एकचक्खु विहञ्‍ञति॥
‘‘द्विचक्खु पन अक्खातो, सेट्ठो पुरिसपुग्गलो।
धम्मलद्धेहि भोगेहि, उट्ठानाधिगतं धनं॥
‘‘ददाति सेट्ठसङ्कप्पो, अब्यग्गमानसो नरो।
उपेति भद्दकं ठानं, यत्थ गन्त्वा न सोचति॥
‘‘अन्धञ्‍च एकचक्खुञ्‍च, आरका परिवज्‍जये।
द्विचक्खुं पन सेवेथ, सेट्ठं पुरिसपुग्गल’’न्ति॥ नवमं।

Source: http://www.tipitaka.org/deva/

Friday, January 13, 2017

र्इश्वरका बिषयमा बाैद्ध साहित्यमा के छ ?

त्रिपिटक: सूत्रपिटक खुद्दक निकाय, महाबोधी जातक


बुद्धलार्इ इश्वरका वारे प्रश्न सोध्नेलार्इ दिएको उत्तर




उरग जातक

श्रोत :- सूत्रपिटक, अर्थ कथा, खुद्दक निकाय, उरग जातक
https://www.facebook.com/BuddhaRakkhito/posts/1223888957692595
मार्फत भन्ते बुद्धरक्खितोबाट नयाँ संस्करणमा पोष्ट गरिएको


वाराणसीमा ब्रह्मदत्तको शासन हुदा बोधिसत्व एकपल्ट ब्राहमण कुलमा जन्मिए । छोरा, छोरी जहाँन, बुहारी, दासी र आफूसहित गरि ६ जना जहाँन परिवार किसानी कर्म द्वारा जीविका भइरहेको थियो । फेरी सबैले दान गर्नु र शील पालन गर्नुको साथै मरणानुस्मृतिको भावना पनि सधै गर्ने गर्थे ।

एक दिन बोधिसत्व आफ्नो छोरा संगै खेतमा काम गरिरहेका थिए । छोराले जमिन जोत्दै थियो । खेतमा आगो पनि बालिरखेको थियो । संयोगले खेतको एउटा प्वालमा बसेको सर्पको आखामा धुँवा लाग्यो । तब रिसले चुर भएर विषधारी सर्प प्वालबाट बाहिर निस्केर आउना साथ छोरालाई डस्यो । उ भद्राक्क पल्टियो । फेरी बोधिसत्व दौडिएर आएर हेरुञ्जेल सम्म त छोरा मरी सक्यो । बोधिसत्वले मरिसकेको छोरालाई बोकेर रुख मुनि पल्टाईदिए । एउटा कपडाले छोपिदिए । फेरी संस्कारको अनित्य स्वभाव देखेर मरणानुस्मृतिको भावना गरे । बोधिसत्व न त रुए न त कराए नै । केहि समय पछी एक जना त्यस घटना थाहा नपाएको मानिस आउन साथ, बोधिसत्वले -"आज दुवैलाई भोजन ल्याउनु पर्दैन । फेरी आज दासी मात्र पठाउनु पर्दैन । सबै सेतो वस्त्र लगाएर फूल, धुप बत्तीहरु लिएर आउनु ।" भनि समाचार पठाए ।

उता यो खबर सुन्न साथ ब्राह्मणीले थाहा पाइन् -आफ्नो छोरा मर्यो । ब्राह्मणी सुसंयत चित्त भएकी भएकोले सबैलाई सफा लुगा लगाउन लगाएर फुल धुप र बत्ति लिन लगाएर सबै खेतमा पुगे । तर न कोहि रुए न कोहि कराए । सबैले मरणानुस्मृति भावना गर्दै धैर्य गरिबसे ।

उनीहरुको त्यो अतुल्य धैर्यले शक्रको आशन नै तातियो । शक्र उनीहरुको धैर्यको परिक्षा गर्न आयो । त्यस बेला ब्राह्मण आफ्नो छोराको दाहसंस्कार गरिराखेको थियो । शक्रले सोध्यो - "बाबु यो तिमीले के गरिरहेको छौं ?

-"एउटा मानिस जलाई रहेको छु ।"

-"मेरो विचारमा त तिमीले एउटा मृग पोलिरहेको जस्तै छ नि ?"

-"होइन महाशय, मानिस नै जलाईरहेको छु ।"

-"त्यसो हो भने कोहि शत्रुलाई पोलिराखेको होला, होइन ?"

-"होइन महाशय, मैले आफ्नै छोरालाई जलाई राखेको छु ।"

-"अँ त्यसो भए, त्यो पक्कै पनि मन नपर्ने खराब छोरा होला होइन ?"

-"होइन, मेरो मन परेको छोरा नै हो, प्रिय पुत्र नै हो ।"

-"होइन होला, त्यसो भए तिमि किन नरोएको त ?"

त्यस पछी ब्राह्मणले नरोएको कारण स्पष्ट पार्दै शक्रलाइ भने -

उरगोव तचं. जिण्णं, हित्वा गच्छति संतनुं ।
एवं सरिरे निब्भोगे, पेते कालकते सति ॥
डय्हमानो न जानाती ञातीनं परिदेवीतँ ॥
तस्मा एतं न सोचामि, गतो सो तस्स या गति ॥

जसरि सर्पले आफ्नो काचुली छोडेर जान्छ, त्यसरी नै मनिहरुले शरीर छाडेर जान्छन भने त्यसरी नै भोगहिन शरीर मरेर जानासाथ आगोले पोली राखेको छु । पोली राखिएको मृतक छोराले म रुइरहेको छु भनि थाहा पाउँदैन । त्यसैले मैले शोक गरिन । उसको जुन गति हो उ त्यहाँ गयो ।

शक्र त्यस पछी ब्राह्मणी संग कुराकानी गर्दै केहि प्रश्नहरु सोध्यो। ब्राहमणी ले भनिन्-

अनब्भितो ततो आग, अननुञ्ञा इतो गतो ॥
यथा तथागतो, तत्थ का परिदेवनात ॥
डय्हमानो न जानाति, ञातीनं परिदेवितं ।
तस्मा एतं न सोचामि, गतो सो तस्स या गति ॥

नबोलाइकन उ यहाँ आयो । नसोधी नै यहाँ बाट गयो । जसरि आयो त्यसरी नै गयो । त्यसैले यहाँ रुने कराउने नै किन ? जलाउदै गरेको छोराले मैले रुएको कराएको सुन्दैन । त्यसैले म रुइन । उसको जुन गति हो उ त्यहाँ गयो ।

शक्रले त्यस पछी बहिनी संग पनि सोध्यो । 

उनले जवाफ दिईन्-
सचे रोड़े किसा अस्सं, तस्सा मे किं फलं सिया ।
ञातिमित्ता सुहज्जानं, भियो नो अरती सिया ॥
डय्हमानो न जानाति, ञातीनं परिदेवितं ।
तस्मा एतं न सोचामि, गतो सो तस्स या गति ॥

यदि मैले रोए भने म मात्र दुब्लो हुन्छु । यसले गर्दा ज्ञातिमित्रहरुले मात्र मलाई नै मन नपराउने हुन्छ । जलाउदै गरेको दाजुले म रोएको कराएको सुन्ने नै होइन । त्यसैले मैले उसको शोक गरिन । उसको जुन गति हो उ त्यहाँ गयो ।

शक्रले फेरी बुहारी संग पनि कुराकानी गर्दै सोध्यो - ऊ तिम्रो को हो ?"

"ऊ मेरो लोग्ने हो ।"

"लोग्ने मरेपछि महिलाहरु अनाथ नै हुन्छन् । त्यसो भएता पनि तिमि भन एक छिन पनि रुएनौ नि, किन ?"

जवाफमा बुहारीले भनिन-
यथापि दारकोचन्दं, गच्छान्तं अनुरोदति ।
एवं सम्पद मे वेतं, योपेट मनुसोचति ॥
डय्हमानो न जानाति, ञातीनं परिदेवितं ।
तस्मा एतं न सोचामि, गतो सो तस्स या गति ॥

जसरि बच्चा उदाईरहेको चन्द्रमा देखेर त्यसको लागि रुन्छ, त्यसरी नै मुर्खले मात्र मरेर गइसकेको लागि रुन्छ । जलाउदै गरेको लोग्ने म रोएको कराएको सुन्ने होइन । त्यसैले मैले उसको लागि शोक नगरेकी हुँ । उसको जुन गति हो उ त्यहाँ गयो ।

शक्रले पछी उसको दासी संग सोध्यो पक्का पनि उसले तिमीलाई कामले दु:ख दिन्थ्यो होला । गाली पनि गर्थ्यो होला । त्यसैले तिमीले त विचार गर्यौ हौली, उ मर्यो आराम भयो भनेर । त्यसैले नरोएकी होइन ?"

दासीले भनिन् - मेरो मालिक क्षमा, मैत्री र करुणाले युक्त हुनुहुन्थ्यो । यसरी भनेर आफु नरोएको कारण दासीले शक्रलाई बताइन -
यथापि उदककुम्भो, भिन्नो अप्पटिसन्धि यो ।
एवं सम्पदमेवेतं, यो पेतुमनुसोचति ॥
डय्हमानो न जानाति, ञातीनं परिदेवितं ।
तस्मा एतं न सोचामि, गतो सो तस्स या गति ॥

जसरी फुटेको माटोको गाग्रो फेरी जोड्न हुँदैन, त्यसरी नै मरिसकेको व्यक्ति फर्किएर आउँदैन । माटोको गाग्रो जोड्नको लागि रुनुमा जसरी अर्थ छैन त्यसरी नै मरिसकेको व्यक्तिको लागि रुनुको पनि केहि अर्थ छैन । जलाउदै गरिएको मेरो मालिकले मैले रोएको कराएको सुन्नु हुन्न । त्यसैले म उहाँको लागि शोक नगरेकी हुँ । उहाँको जुन गति हो त्यहि जानु भयो ।

उनीहरुको जवाफ सुनेर शक्र प्रसन्न भयो । फेरी उनीहरु लाई दान शील धर्म पालन गर्न सहयोग दिएर प्रेरणा दिएर फर्कियो ।

===================================

अन्त्यमा शाक्य मुनि बुद्धले यस जातक संग्रह गर्नुहुदै भन्नु भयो 

त्यस बेला को दासी बुद्ध कालमा खुज्जुत्त्रा भएर जन्मनु भयो

छोरी = उपलवण्ण भएर जन्म भयो

छोरा = राहुल भएर जन्मिए

आमा = खेमा

आफु ब्राह्मण चाहिं बुद्ध भएर जन्मनु भयो


काँचुली (स्रोत : उरगजातक) 
यसै जातकका सन्देशलार्इ समेटी भिक्षु सम्येक प्राणपुत्रले रचना गर्नु भएको गीत
(जोसुकै मरेपनि रुनुहुन्न भनी बुझाइएको गीत)

किन शोक गरुं मृतकप्रति ? किन रोउँ मृतकलाई सम्झी ?
जो जान्दैन दु:ख हाम्रो, न सुन्छ ऊ हाम्रो रोदन ।।

न बोलाएर कोही जन्मिन्छ, न सोधेर कोही नै मर्छ ।
सर्पले कांचुली फेरेझैं, जसरी आयो त्यसरी नै जान्छ ।।

फूटेको गाग्रो नजोडिएझैं, परलोक जाने फेरि फर्किन्न ।
चन्द्रमा नपाई रुने बालकजस्तै, मूर्ख रुन्छ मृतक सम्झेर ।।

चिन्ताले रोग बढाउंछ, विलापले पीडा जगाउँछ ।।
रुनाले कुरूप बनाउँछ, यसले हाम्रो के लाभ गर्छ ?

भवतु सब्ब मंगलम् ।