Thursday, December 7, 2017

Habit (बानी/प्रवृति)

HOW TO GET RID OF BAD HABITS IN HINDI - THE POWER OF HABITS ANIMATED BOOK SUMMARY



THE POWER OF HABIT BY CHARLES DUHIGG | ANIMATED BOOK SUMMARY


How to change HABITS ? : Life Changing Formula for Success in Hindi - Himesh

Video Review for The Power of Habit by Charles Duhigg

Good Life Project: Charles Duhigg - Power of Habit



डा. उमेश श्रेष्ठद्वारा लिखित ‘निरोग-अानन्दको रहस्य’ पुस्तकबाट उद्धरित पेज १४७-१४९


10 Morning Habits Geniuses Use To Jump Start The Brain | Jim Kwik




The Power of Habit - One of the most Motivational Talks Ever



Thursday, November 16, 2017

Art of Mind Control

कैसे रोकें मन की बकबक? How to stop the mind's chatter? Sadhguru 


विचार शून्यता no mindness वारे धरै चर्चा परिचर्चा हुन्छ । त्यसैले धेरै भ्रामक प्रस्तुति पनि हुन्छन् । 
मन लार्इ कसरी रोक्ने ? 
तिमी रोक्न किन चाहन्छाै ? मनले अाफ्नो काम गरिरहँदा खेरि किन ध्यान गर्न सकिन्न ? 
साँभरीको दिक्षा
ट्राफिक जाममा रहनु एक अनुभव
अर्को अनुभव, hot air baloon माथि बसी ट्राफिक जाम हेर्नु 

फरक तपार्इ र अाफ्नो मन बीचको दुरी । 

यदि मनमा पखाला लागेको छ भने पक्कै कुनै गलत चीज तपार्इ ले खाएको छ । 
जव गलत चीज सँग identify  गरे पछि यस्तो हुन्छ । 
तपाइको हात अाफ्नो हात तपाइले अाफ्नो नियन्त्रणमा चलाउन सकुन्जेल सामान्य अवस्था हो । तर तपार्इ अनियन्त्रित अवस्था छ भने त्यो हाँसोको विषय हुन पुग्छ । 
यस्तै मनको अवस्था यस्तो भयो भने त्यो पनि हाँसोको विषय हुन्छ । 

Art of Mind Control




Mind is very powerful tool. In Placebo technique, doctors use mind patterns to cure the illness. It is based on Psycho-neuro-immunology. Anything that is with highest speed in world is mind. 
  • "You don't have to control your mind, You need to engage your mind."
  • Structured Pattern of Thinking Vs Accidental Pattern of Thinking
  • We are uncousciously taking/learning habits. 
  • You are not leading your life, your patters are leading. 
  • Experiences, interpretations, emotions – froms the habits and belief systems. 
  • You are programmed, until you program a new program for yourself. - Neurological program
  • Accidental pattern Vs Structure Pattern
    • Leisure vs Learning
    • मनोरञ्जन vs मनोमञ्जन
    • Entertainment vs edutainment
Bhagvat Gita: अध्याय 6 : श्लोक-26
यतो यतो निश्चलति मनश्चञ्चलमस्थिरम्।
ततस्ततो नियम्यैतदात्मन्येव वशं नयेत्॥

मन अपनी चंचलता तथा अस्थिरता के कारण जहाँ कहीं भी विचरण करता हो,मनुष्य को चाहिए कि उसे वहाँ से खींचे और अपने वश में लाए।

Mental Diet Plan





  • Ask Receive Formula - You'll not get if you don't ask. 
  • The world is so weak, that you need only little mental toughness, u can go ahead way forward. 
  • All the world is in prison, and you are too because you never question. 
  • Questions - vedas, Gita were created out of question. 
    • Donkey or other cattles they don't ask question. 
    • You need to ask question with ourself. 
  • First build your mental muscles. 
  • Do you have your mental Deit Plan?
  • RiSiMiS – Ritual of Sixty Minutes of Solitude.
  • Who you are Travel Partner ?
    • Choose your travel partners. 
  • Start installing right rituals and start uninstalling wrong rituals. 

Belief System and Power of Mind





Friday, November 10, 2017

दुःख मुक्तिको उपाय - ध्यान

ध्यान के हो ? 

  • मनमा एउटै कुराको मात्र ध्याउन्न भइरहनु भन्ने अर्थमा ध्यान भन्ने शब्दको प्रयोग गरिन्छ । ध्यान गर्दा कुनै एक कुरामा मन एकाग्र भइ अडाउने अभ्यास गरिन्छ । 
  • मन अडिने कुराहरू धेरै किसिमका हुन्छन् जसलार्इ अालम्वन भनिन्छ । यी सबै कुराहरू उपयोगी र राम्रो फल मात्र दिने हुँदैन । 
  • सहि अालम्वनको ध्यान द्वारा समाधि प्राप्त गरी मन शान्त हुन थाले पछि यथार्थ सत्यको उद्घाटन हुन थाल्दछ जसको माध्यमबाट सम्येक दृष्टि वन्दै जान्छ । यसरी अज्ञानबाट सत्य ज्ञान सम्म पुर्याइदिने मार्ग नै ध्यान हो । यसरी दृष्टि भ्रम शुद्ध पार्दै लान सकेको खण्डमा मात्र त्यस ध्यानलार्इ ध्यान पारमिता भन्न योग्य हुन्छ ।   
  • ध्यै चिन्तायम् – गहिरिएर चिन्तन गर्ने – एक आलम्वनमा चित्तधारा वगिरहन गएमा चित्तको चञ्चल प्रवृति घट्दै गएर वन्द हुने अवस्था सम्म पुग्दछ । तसर्थ अालम्वन पनि कुशल र अकुशल दुबै हुन सक्दछ । 
  • अार्य असंगको परिभाषानुसार धारयत्यध्यात्मं मन इति ध्यानम् – मनलार्इ आफैभित्र अड्याइ राख्नु
ध्यान के का लागि हो ? 
  • ध्यान जीवनको परम लक्ष प्राप्त गर्ने एक साधन हो । जीवनको परम लक्ष आफू बारे जान्नु हो । जसलार्इ अात्म ज्ञान पनि भन्दछ । यहिं अन्तरज्ञानको अभावका कारण मानिसहरू दुःखको भुमरीमा परिरहेको हुन्छ । अाफूवारेको सत्य के के हुन् ? 
    • अनित्य स्वभावः सबै चिजहरू अनित्य हुन् त्यसैले अनित्य भएको कारण यो संसारमा दुःख छ । के यो वस्तुको अनित्यता समस्या हो त?, अनित्य त एक यस्तो स्वभाव हो जुन नित्य छ । त्यस्तो अनित्य स्वभावको चिजहरू सँग आशक्त हुनुमा समस्या छ र समस्याको समाधान पनि यहिंनेर छ ।
    • मन पर्ने र मन नपर्ने भाव के हो ? के यो प्राकृतिक हो ? - मानिस कुनै चिज प्रति आकर्षित हुन्छ, या मन पर्छ या घृणा गर्दछ ? के यो प्राकृतिक हो, स्वाभाविक हो ? – साधारण तहमा यो स्वाभाविक देखिन्छ तर यसको सम्पूर्ण  रहस्य बुझ्ने हो भने यो स्वाभाविक होइन । मानसिक र सामाजिक अवस्थाहरूका कारण त्यस ब्यक्तिले कुनै चिजको वारे मूल्यांकन गर्दछ र सोहि अनुसार प्रतिकृया गर्दछ । उदाहरणका लागि कुनै चिजले छोयो भने – छुनु त छुनु मात्रै हो तर के ले छोयो त्यो अनुसार मनले प्रतिक्रिया गर्छ । स्पर्श देखि प्रतिक्रिया सम्मको प्रक्रियालार्इ राम्ररी नियालेर हेर्यो भने थाहा हुन्छ कि किन यो मन पर्ने भाव वा मन नपर्ने भाव उत्पन्न हुन्छ । सो भावको वहावमा गरिने कर्महरू, जिउने जीवन कति सार्थक छ ? भन्ने कुरा पनि बुझिन थाल्दछ । (3.44) हामीलार्इ जुन चिज राम्रो लाग्छ वा नराम्रो लाग्छ – जरूरी छैन कि त्यो साँच्चै नै राम्रो वा नराम्रो छ । उदाहरण – गुहु – कसैलार्इ घिनलाग्दो वस्तु हो भने कुनै जनावरलार्इ त्यहिं वस्तु स्वादिष्ट भोजन हो ।
    • सुख र दुःखको रहस्य -  (8.45) सुख पनि दुःख पनि एकै प्रकारको जाल हो । सुख नै दुखको वीज । चुरोट रक्सी नखार्इकन पनि जिन्दगी हुन्छ ? भन्ने विचारधारा भएका मानिसहरू समाजमा निक्कै भेट्टाउन सकिन्छ । pleasure लार्इ नै जीवन थानी मस्त भइ रहेकाहरूले कहिले अाफूलार्इ चिन्ने तर्फ ध्यान लगाउला ? (5.00) सुख भर्इरहेको वेला त्यसैमा मस्त भर्इ भोगी भइदिने जुन बखत उनीहरू धर्मको वारे सोच्ने आवश्यक नै ठान्दैनन् भने जो दुःखमा छ उसले धर्मको वारे सोच्नै सक्दैन, बुझ्न त परै जावस् । 
    • अनाशक्ति - भॏतिक रूपमा अलग रहँदैमा मात्र अनाशक्त रहने भन्ने होइन, चित्तले आशक्त नहुनु ।
· कमनसेन्स – अध्यात्म


· अनुभवमा आइरहेको नै मात्र आफ्नो लागि सत्य – अनुभवको स्तर अनुसार कुरा फेरिन सक्ने, बुझाइ फरक पर्न सक्ने ।

· विभिन्न प्रकारको ध्यान विधिहरू – कुन ठीक, - सबै ठीक हुन सक्ने ।

· ध्यान कहिले गर्ने, विहान कि बेलुकि ? – यो पागलपन हो । ध्यान पनि खतरनाक नशा हुन सक्छ।

· संसारमा कुनै समय र ठाउँ छैन जहाँ जहिले तिमिले ध्यान गर्न सकिन्न ।

· मन पर्ने र मननपर्ने भावबाट ध्यान गर्दा – कि जवरजस्ती हुन्छ कि ध्यानानुभवमा आशक्त हुनु ।

· 18.35 Watching the moment of the thought is meditation.

· Meditation is a tool to understand the realities of mind. To understand life, peace of mind is prerequisite.

· यथार्थबाट भाग्नु ध्यान होइन – जीवनमा प्रयोग गरेर

· विपश्यना गएर एक चोटि सिकेर आए पछि -

o जिन्दगिको हरेक अवस्थामा कसरी प्रयोग गर्न सकिन्छ ।

o कसरी पैसा कमाउने

o सम्वन्ध सुधार्ने

o इन्द्रिय संयम गर्ने

o खुसी कसरी वढाउने

o ध्यान वा मनलार्इ कसरी आफ्नो वसमा लिने

o जीवन कसरी उकास्ने

o सकारात्मकताको कसरी वृद्धि गर्ने

o सत्यलार्इ देख्नु हो ध्यान

o जे छ त्यसलार्इ वर्तमानमा रहेर जान्ने

o सजगता, होशमा रहनु

· ध्यान कुनै आनन्द भोग्नका लागि होइन ।

· दुर्इ किसिमको ध्यान 23.0

o Active meditation – कुनै कामलार्इ ध्यान पूर्वक

o Passive Meditation – जे भइरहेको छ त्यसैलार्इ मा हेर्ने मात्र ।

· जे छ त्यो कसैलार्इ चाहिंदैन – जे छैन त्यसको पछि सबै लागिरहेको हुन्छ । - दुःखको कारण

· ध्यान के होइन ?

o कुनै चिज कल्पना गर्नु र साक्षात्कार हुनु ध्यान होइन

o

o ध्यान आनन्दमा दुब्ने वा भोग्ने होइन ।

o वेहोसमा पर्नु

o जीवनबाट भाग्नु

o कर्तब्यहरूबाट भाग्नु

o मज्जा लक्ष होइन ध्यानको

· अन्तिम लक्ष – आफूलार्इ चिन्ने

o स्वास्थ्य

o कमाउने

o खुसी हुने

o यहि सँग बाँधिने – आशक्त हुने

o ध्यान सँग पनि आशक्त हुने

ध्यान कता दिने ?

· ५ इन्द्रियमा ध्यान दिने – द्रष्टाभावमा, curiosity हुनु पर्ने, प्रयत्नका साथ

· feelings and emotions – चाहन्छ एक तर गराउँछ अर्कै । यिनै मनको दास हुँ म । 37.0

· intelligenc र mind को वीचमा दूरी वन्दै जान्छ ।

Trap

· Knowledge/Belief

Sense of Being

· gap between thoughts

· gap between to moments – that is sth beyond time and space.

· That can be known only in waking state.








ध्यान के होइन ?

ध्यान के का लागि गर्ने ?

ध्यान के का लागि गर्ने होइन ?

ध्यान कुन समय गर्ने, कहाँ गर्दा उचित ?

विभिन्न प्रकारका ध्यानहरू ?

• Concentration

• Mindfulness

• Insight

• Brahmavihara

• Asubha bhavana

• Mantra visualization



Friday, October 27, 2017

दुःख मुक्तिका उपाय - स्वास्थ्य ज्ञान












कसरी एक कलाकार बन्न लागि परेका विकास योगी विकाशानन्द भए भन्ने अाफ्नो कथा उहाँले बताउनु भएको भिडियो तल दिइएको लिंकबाट हेर्न र सुन्न सक्नु हुनेछ । स्वास्थ्य चेतनाको लागि अति उपयुक्त कथा । [भिडियो]

https://www.facebook.com/dryogivikashananda/videos/10154902838206471/


Thursday, October 12, 2017

दुःख मुक्तिका उपाय - दान

दान के हो ?
‘दान’ को शाब्दिक अर्थ ‘दिनु’ हो । यो सामान्य अर्थमा एक सामान्य क्रिया हो । तर यो क्रियालार्इ सही अर्थमा बुझी सहि ढंगबाट अवलम्वन गर्न जानेमा दान कार्य जीवनका सम्पूर्ण दुःखहरूबाट मुक्त गराउने सबै भन्दा महत्त्वपूर्ण उपायका रूपमा सिद्ध हुनेछ । यसरी दुःखबाट मुक्त गराउने खालको दानलार्इ दानपारमिता धर्म (दुःख सागरबाट पार तार्ने) भन्दछ । शुद्ध दान गर्नाले चित्तका मयलका रूपमा रहेका असन्तोषी भाव, आशक्ति एवं अहंकार भावबाट मुक्त हुन थाल्दछ । यस्तो प्रयत्न सहित आफूसँग उपलब्ध भएको कुनै पनि उपयोगी वस्तु वा कुरा निशुल्क वा विना स्वार्थ उपयुक्त ग्राहकलार्इ प्रदान गर्नु नै सहि अर्थमा ‘दान’ हो । त्यसैले दान शब्दले बाहिरी रूपमा दिने क्रिया जनाउँछ भने यसले भित्री अर्थमा दानशील, त्यागशील, उदार र अनाशक्त चित्त पैदा गर्नुलार्इ जनाउँदछ ।तसर्थ दानपारमितालार्इ अंग्रेजीमा ‘Perfection of Generosity’ अर्थात् ‘उदारभावको पारंगतता’ भनी अनुवाद गरिन्छ । सच्चा उदारता सबै प्रतिको वेशर्त प्रेम र करूणाबाट मात्र उत्पन्न हुन्छ। लोभ, आशक्ति, संग्रह, संकुचितता आदि उदारभावका विपक्ष धर्महरू हुन् । ब्यवहारमा केहिं न केहिं दिने अभ्यासबाट दानको सुरूवाट हुन्छ । यस सँग सँगै चित्तको अवस्था शुद्ध हुँदै गएमा र दानको शुद्धताका बारे राम्ररी बुझेर यो क्रिया गर्न सके यस क्रियाको गुणस्तर बृद्धि गर्दै लान समर्थ हुन्छ । दानको सही अभ्यासले हामीमा संसारलार्इ हेर्ने सम्येक दृष्टिको विकास गराउँदछ । अभावको भाव र तृष्णाको भाव छोडी यसको सट्टा म सँग के छ? र म के दिन सक्छु ? भनी सोच्ने भावको विकास हुन्छ । दानलार्इ बुद्ध शिक्षामा दशपारमिता र दशपुण्यक्रियाको शिक्षामा सर्वप्रथम राखिएको छ । 

यो पुण्य क्रियाबाट विकास भएको उदारभाव क्रमशः चित्तको स्वभावका रूपमा पुनर्स्थापना हुन पुग्दछ । यस्तो स्वभावको ब्यक्तिले निम्नानुसार अवस्थाहरूमा उदार भाव राख्न समर्थ हुन्छ । 
  • कसैको कुरा सुन्नुमा उदार हुनु 
  • अरूको खुसी तथा उन्नतीमा आफू पनि खुसी हुनु 
  • कसैलार्इ हानी वा दुःख भएको छ भने त्यसमा स्वानुभूति राख्नु 
  • असलकामका लागि अरूलार्इ प्रशंसा गर्नु 
  • अरूलार्इ वेशर्त सम्मान दिनु 
  • अरूलार्इ सहयोग गर्नु 
  • सामान्य अवस्थाहरू देखि ठूला घटनाहरूमा पनि समता भाव राख्ने, खुसी हुने । 
दानका प्रकारहरू 
दिइने वस्तु वा विषयका आधारमा दान चार प्रकारका हुन्छन् । ती हुन् –

१. आमिष दान – दान दिनुपर्ने पात्र (ग्राहक)हरूलार्इ वस्तु, लुगाफाटा, औषधी, भोजन, धन इत्यादि उपभोग्य वस्तु दान दिनु आमिष दान हो । दान लिने ग्राहकका (दानक्षेत्र) आधारमा आमिष दान तीन प्रकारका छन् । 
  • दुःख क्षेत्र – गरीव, दुःखी, असहाय, निमुखा मनुष्य र अन्य प्रेत, पशुपंछीलार्इ करूणायुक्त भर्इ दिइने दानको क्षेत्रलार्इ दुःख क्षेत्र भनिन्छ । 
  • उपकारी क्षेत्र – आमा-बुवा, आफुलार्इ हुर्काउने, हेरचाह गर्ने बृद्ध बृद्धाहरूलार्इ उपकारी क्षेत्र भनिन्छ । उनीहरूको सेवा गर्ने उनीहरूलार्इ आवश्यक वस्तु, स्वास्थ्योपचार तथा मानसिक टेवा रूपी दानको ठूलो पुण्य हुन्छ । 
  • गुण क्षेत्र – यसमा त्रिरत्न, बोधिसत्त्वहरू, प्रत्येकबुद्धहरू, आर्य श्रावकहरू, शीलवान् श्रमण तथा ब्राह्मणहरू आदि पर्दछ । धेरै गुणले सम्पन्न हुने भएकाले यी ब्यक्तिहरूलार्इ दान दिनाले अन्य क्षेत्रको तुलनामा यस क्षेत्रमा दिइएको दानको पुण्यफल सबैभन्दा बढी हुन्छ । 
२. अभय दान - भयमा परेका प्राणीहरूलार्इ भयबाट निकालिने कार्य

३. मैत्री दान - सबैको मंगल होस्, शारीरिक तथा मानसिक दुःख नहोस्, बैरभाव नहोस्, अाफ्नो रक्षा अाफै गर्नमा सक्षम होस् भनी मैत्री भावना गर्ने र अाफूले गरको पुण्यको फल सबैले पाअोस् भन्ने कामना । 

४. धर्म दान - अाफूले जानेको दुःख मुक्तिका उपाय वताएर दुःखमा परेका मानिसहरूको दुःख निवारण गर्नमा सहायक हुनु

उदारभावको अभ्यास सम्वन्धमा मार्क लेसरले अाफ्नो लेख ‘उदारभावको अभ्यास’ (The Practice of Generosity) मा प्रस्तुत गरेका केहिं उपयोगी विषयवस्तुहरूलार्इ निम्नानुसार नेपाली अनुवाद गरी प्रस्तुत गरेको छु । 
  • जीवनका प्रत्येक अवस्थाहरूमा उदारभावको अभ्यास गर्न सकिन्छ - दैनिक जीवनमा, काममा, सम्वन्धहरूमा उदारभावको अभ्यास गर्न सकिन्छ । कतिपय अवस्थामा त्यो त्यति सजिलो र सामान्य नहुन सक्छ । यसलार्इ असजिलो वनाउने तत्त्व स्वार्थी भाव हो । स्वार्थी भाव आफैमा भयको एक रूप हो भने अरूप्रतिको मैत्री भाव, प्रेमभाव जुनमा कुनै लाभको अपेक्षा राखिँदैन, यो उदारभाव हो । खुला हृदय, आफूलार्इ उत्सुक तथा स्वीकार भावमा राख्नु, कृतज्ञभाव, सन्तोष भाव आदि उदारभावका रूपहरू हुन् । 
काजुआकी तानाहासी – “If you learn to enjoy waiting, you don’t have to wait to enjoy.” (“यदि तिमी प्रतिक्षा गर्नमा मज्जा लिन सिकेमा, तिमीले मज्जाको लागि प्रतिक्षा गर्नु पर्दैन ।”) यसरी जीवनका प्रत्येक अवस्थाहरूमा उदारभावको अभ्यास गर्न सकिन्छ । ट्राफिक जाम, हवाइजहाजको उडान रद्द हुँदा, सफा लुगामा कफी पोख्दा, अकस्मात मानसिक तथा शारीरिक अवस्थाहरूमा वज्रपात भएमा पनि उदारभावमा रहने सक्ने हुन्छ ।
  • एकत्व र अन्तरसम्वन्धको सत्य सम्वन्धी बोध - हाम्रो सबै सँग नाता छ । हाम्रो शरीर र चित्त, हावा पानी देखि ब्रम्हाण्डका ग्रह ताराहरू सम्म सँग सम्वन्धित छौं । संसारको सबै प्रकारको उत्पत्ति र सृष्टिमा हामी सम्मिलित छौं । यो सत्यलार्इ नबुझी वा विर्सी हामी अरू भन्दा भिन्न वा विशेष आफूलार्इ ठान्छौं । जति जति यस प्रकारको दूरीको विचार राखिन्छ, त्यति त्यति खुला हृदयले दान दिन गाह्रो पर्छ । यसको विपरित जति हामी एकत्वको भाव वा अन्तरसम्वन्धको सत्यलार्इ स्वीकार गर्छौं तव अरूको सुख पनि आफ्नो जतिकै महत्त्वपूर्ण छ भन्ने विचार उत्पन्न हुन्छ र दान दिने कार्य सहज र स्वतःस्फूर्त हुन पुग्दछ । यसमा थप, दान दिने कार्यले अन्य जगत् संग आफू नजिको नातामा रहेको सत्यको ज्ञान प्रगाढ हुँदै आउँछ । यो ज्ञानको विकास नै दानको उत्तम फल हो । यस पछि हामीलार्इ लाग्न थाल्दछ अरूलार्इ दान दिनु भनेको आफैलार्इ दिनु हो किनकि सत्य यो हो कि त्यहाँ अरू भन्ने चिज नै छैन, म र अरूको बीचको दूरी नै शून्य छ ।
  • प्राप्त उपहार नै दिने हो - हामी सँग जे जति प्राप्त छन् ती सबै हामीलार्इ प्रकृतिबाट उपहारहरू स्वरूप प्राप्त भएका हुन् । इश्वरवादी दर्शनमा यसैलार्इ इश्वरको देन हो भन्ने भावना गर्दछन् । हाम्रो प्रत्येक श्वासप्रश्वास, प्रत्येक विचारहरू र प्रत्येक कर्महरू उपहार हुन् । हामीलार्इ प्राप्त उपहार अावश्यक परेकालार्इ फेरी दिन किन हिच्किचाउने ?
  • सानो प्रयत्नबाट ठूलो उपलब्धी (greater accomplishment with less effort) - उदारभाव भयको विपरित धर्म हो । भय रहेको अवस्थामा शरीर कडा भर्इरहेको हुन्छ र यसो हुँदा शरीरको शक्ति खर्च भइरहेको हुन्छ । उदारभावमा शरीर, वचन र मन शान्त र शिथिल हुन्छ । वातावरण र अरूलार्इ नियन्त्रण गर्नु वा सञ्चालन गर्नुमा जति शक्ति खर्च हुन्छ त्यसको तुलनामा न्यून मात्रामा मात्र शक्ति खर्च हुन्छ । तसर्थ न्यून शक्तिको प्रयोगबाट ठूलो उपलब्धी प्राप्त हुन्छ । 
  • उदारभाव मानिसको अन्तरनिहित स्वभाव - उदारभाव मानिसको अन्तरनिहित स्वभाव हो । हामी पृथ्वीबाट जे जति चाहिन्छ त्यो पाइरहेका छौं, यस्तै सूर्यबाट सौर्य उर्जा, आकासबाट वर्षा आदि । यो ब्रम्हाण्ड लिने र दिने क्रियाहरूको एक सञ्जाल हो । हामी सबै सँग एक आपसमा अन्तरसम्वन्धित छौं । यसरी उदारभाव अन्तरनिहित स्वभाव भएर पनि मम भाव अथवा अहंकार भावले गर्दा जहिले पनि एक प्रकारको डरको महशुस गराइरहेको हुन्छ । कतै मलार्इ सम्पत्ति नपुग्ने हो की? मैले केहीं गुमाउने पो हो कि ? मैले यसबाट के पाउँछ? त्यसैले हामी सबैमा एक प्रकारको द्वन्द चलिरहन्छ - अन्तरनिहित उदारभावको स्वभाव र मम भावबाट अभिप्रेरित तृष्णा, अभावको आशंका बीचमा । 
यस अन्तरनिहित स्वभावलार्इ अहंकारको पाशले बाँधेको छ । दानशीलताको अभ्यासले त्यस बन्धनलार्इ खुलाउँदै लान्छ । जव जव हामी कुनै कामना रहित शुद्ध दान दिन्छौं वा उदार भावका विचारहरू मनमा ल्याउँछौं हामी आफ्नो अन्तरनिहित स्वभावलार्इ अनावरण गर्न थाल्दछौं वा त्यस स्वाभावको स्थापनालार्इ दरिलो बनाउँछौं । तसर्थ दानबाट विकास हुने उदारभावले मानिसको अन्तरनिहित स्वभाव पुनर्स्थापित गर्दै लान्छ । प्रेम, सन्तोषको भाव, अन्तरनिहित सद्भावको बृद्धिले अहंकारको कडापनमा केहि नरमपन ल्याउँदछ। 
  • दोषपूर्ण दान/उदारभावको अभ्यास
    • विपरित धर्महरूको मिसावट - घमण्ड, पश्चाताप, शंका-उपशंका, इर्ष्या, मान सम्मानको लालसा सहितको दान अशुद्ध हुन जान्छ । 
    • निहित स्वार्थ – दान मार्फत प्रचारमात्र गर्ने, निहित फाइदा खोज्ने, ब्यापार गर्न खोज्ने आदिले उदारभाव वृद्धिमा कमी ल्याउँछ । उदाहरण – ब्यस्त आमाबुवाले आफू ती केटाकेटी सँग धेरै समय विताउन नपरोस् भन्ने उद्देश्यले अनगिन्ति खेलौंनाहरू किनिदिन्छन् । 
    • अरूको तुलना गरी दिने दान - अरूको तुलनामा आफू सानो भइन्छ कि वा अरूले दिएको वस्तु आफूभन्दा ठूलो वा राम्रो भएकोले अपशोच मान्ने गर्दा दान अशुद्ध हुन जान्छ । कतिपय अवस्थामा अरूको भन्दा आफ्नो दान ठूलो देखियो भने अहंकार भावमा वृद्धि हुने अथवा मैले चाहिने भन्दा बढी पो दिएछु भनी पश्चाताप गर्नु पर्ने हुन्छ । 
    • करकापमा दिने – सामाजिक परिवन्दमा परेको थानी वा इज्जत गइएला कि भनी मनमा त्रास बोकी करकाममा दिने दान शुद्ध हुँदैन । 
    • न्यास्रो लाग्ने - निरन्तर एकै प्रकारको दान दिँदा त्यसमा न्यास्रो लाग्ने, नरमाइलो लाग्ने हुन्छ । उदाहरण – पहिलो पटक Doctors Without Borders भन्ने संस्थालार्इ दान दिँदा मन खुसीले भरिएको थियो । तर त्यहिंबाट पटक पटक, हप्तै पिच्छे दानका लागि अनुरोध आउँदा त्यसमा न्यास्रो लाग्न थाल्दछ । यस अवस्थामा उदारभाव नस्त हुँदै जान्छ । एक चोटि स्वयम् सेवा गर्दा रमाइलो लाग्ने, पटक पटक गर्नु पर्यो भने दिक्क लाग्ने हुन्छ ।
    • पश्चाताप हुनु - “एक जना साथीले मैले लगाएको गहना ज्यादै प्रशंसा गरेछ । उसलार्इ त्यो वस्तु मन परेको देखी म उदारभाववस उसलार्इ त्यो गहना उपहार स्वरूप दिएँ । दुर्इ मिनेट पछि मलार्इ अपशोच लाग्न थाल्यो । मलार्इ त्यस गहनाको लकेट ज्यादै मन पर्थ्यो । मलार्इ थाहा थियो कि मैले त्यस्तो लकेट कहिल्यै फेरी पाउने छैन । केहिं समय यस्तो पश्चातापको भुमरीमा परे पश्चात् एकै छिनमा मेरो होस आयो । होश हुँदा उदार भाव र मेरो पुरानो लोभी मनस्थिति बीचको संघर्ष मैले स्पष्ट देख्न थालेँ । यहाँ मेरो उदारभाव मैले कमजोर भएको पाएँ ।” 
    • अन्य - यी बाहेक निम्नानुसार दान अशुद्ध हुने निम्नानुसार कुरालार्इ पनि ध्यानमा राख्नु पर्दछ । 
      • काम नलाग्ने वा विग्रिएको वस्तु दिने 
      • आफूलार्इ चिनाउन राजा वा प्रतिष्ठित ब्यक्तिलार्इ धन वा उपहार दिनु 
      • अरूलार्इ तर्साउन वा मार्नका लागि डाँका वा गुण्डाहरूलार्इ धन दिनु, 
      • मादक पदार्थ दान दिनु, 
      • कसैको रोग निको नपारिदिनका लागि बैद्य वा चिकित्सकलार्इ धन नदिनु 
      • भिखारीलार्इ रिसले दान दिनु, 
      • जवानीको मदमा बेहोशीमा दान दिनु, 
      • कसैलार्इ मोहनी लगाउन कोहिं तान्त्रिक लार्इ रकम दिनु, 
      • कोहि मन परेको स्त्री वा पुरूष प्राप्त गर्न उनका साथीहरूलार्इ उपहार दिने 
      • परलोकमा फल पार्इयोस् भनी संकल्प गरी दिएको 
      • असहाय दुःखीहरूलार्इ छोडी अाफ्ना नाताकुतुम्बलार्इ दिइने
  • शुद्ध दान/उदारभाव
    • विशेष अवसर कुर्नु पर्दैन - शुद्ध उदारभावका अभ्यासीले दानको लागि कुनै विशेष अवसर कुर्नु पर्दैन । पूर्णिमा, अष्टमी वा फलानो वारमा दान दिने भनी बस्दैन । 
    • कारोवार होइन - दान दिएबापत कुनै फलको आशा गर्दैन । अन्यथा यो कार्य कारोवार हुन जान्छ, उदारभाव र दानशीलता हराउँछ । 
    • स्वतः स्फूर्तता - सच्चा उदार ब्यक्तिले प्रकृतिले दिए जस्तै गरी उदारताका सिद्धान्तहरू वारे धरै नसोचीकन नै स्वतःस्फूर्त तवरले दान दिने कार्य गर्दछ । 
    • सन्तुलित – दान दिँदा विवेक बुद्धि लगाएर उचित स्थानमा उचित मात्रा मिलाएर दान दिनु पर्दछ । यस प्रकारले दान दिँदा दिने मानिसलार्इ पनि कंगाल वनाउँदैन न लिने ग्राहकलार्इ कमजोर वनाउँछ। 
    • अार्य मैत्रेयनाथले सूत्रालंकार भन्ने ग्रन्थमा दान निम्नानुसार चार लक्षणले युक्त हुनु पर्दछ भनिएको छ । (रिजाल, २०७३)
      • विपक्षहीन - दानको विपक्ष मात्सर्य अर्थात् कन्जुस्यार्इं हो । यस्तो मात्सर्यको भाव मन नल्यार्इ खुला दिलले गरिएको दान हुनुपर्दछ । 
      • निर्विकल्पज्ञानयुक्त - सबै धर्महरू निःस्वभाव हुन् भन्ने बोध सहितको ज्ञानलार्इ  निर्विकल्पज्ञान भनिन्छ । दान दिँदा यस धर्म नैरात्म्यको ज्ञान भर्इरहेको हुनु पर्दछ । 
      • सर्वेच्छापरिपूरक - जसले जे चाहन्छ त्यहिं दिने तत्परता र शर्त रहित भर्इ दिन सक्नु पर्दछ ।
      • सत्त्वपरिपाचक - दान यसरी दिइएको हुनु पर्दछ कि त्यो ग्रहण गरेर प्राणीहरू प्रशन्न भएर उनीहरू पनि सद्धर्म प्रति श्रद्धा जागेर अाफूमा पनि सद्धर्म चेतनाको विकास गर्न सक्षम भएको होस् । 
    • ७ किसिमको अासक्तिबाट मुक्त दान - यसै सूत्रमा शुद्ध दानको अर्को मापदण्ड सात किसिमका अासक्तिहरूको त्यागका अाधारमा पनि दिइएको छ । 
      1. भोगमा अाशक्ति - धन सम्पत्ति तथा अन्य वस्तु अादि अाफूले भोग गर्ने अाशक्ति 
      2. विलम्वनमा अाशक्ति - कसैलार्इ दिने भने पछि भोलि दिउँला, अहिले के हतार भयो विचार ल्यार्इ विलम्व गरिरहन मनलाग्ने अाशक्ति 
      3. सन्तुष्टिमा अाशक्ति - केहिं दिए पछि त्यतिकैमा सन्तुष्ट भर्इ वस्ने र त्यस सन्तुष्टिको अाशक्तिमा पर्ने 
      4. प्रतिकारमा अाशक्ति - दान दिने कुराको प्रतिकार गर्ने प्रवृति र यसमा रहने अाशक्ति । 
      5. विपाकमा अाशक्ति - विपाकको अर्थ पाकेको अर्थात् फल हो । यसरी दानको फलमा अासक्ति
      6. विपक्षमा अाशक्ति - दानको विपक्ष लाभ या प्राप्ति हो । लाभ या प्राप्तिको अनुशयलार्इ नहटाउन खोज्नु नै  विपक्ष अाशक्ति हो । 
      7. विक्षेपमा अासक्ति - सहि किसिमको दान हुन बाट विचलित पार्ने कुरालार्इ विक्षेप भनिएको छ । यी दुर्इ प्रकारका छन् - 
        1. मनसिकार विक्षेप - विशुद्ध दान या बोधिसत्त्वको दानवारे  विचलित भर्इ तल्लो स्तरको दान मै प्रिय मानी त्यहिं अभ्यासमा अड्कि रहने मनोवृति
        2. विकल्प विक्षेप - यो भनेको त्रिमण्डल विकल्प पैदा भएर मन चल्नु हो । त्रिमण्डल भनेको दान, दायक र प्रतिग्राहक हो । यी तीन पक्षको कल्पना हुनु एक स्वाभाविक अासक्ति हो । यस्तो विकल्प रहित दानलार्इ त्रिकोटिपरिशुद्ध दान पनि भनिन्छ । 
  • दान अशुद्ध नै भए पनि दानको शुरूवाट गरिहाल्नु पर्छ - शरूशुरूमा शुद्ध दानवारेको बुझार्इमा स्पष्टता भइनसकेको हुन सक्छ । यदि दान दिँदा केहिं अशुद्धता रहेछ भने पनि अभ्यास स्वरूप दान दिइहाल्नु उचित नै हुन्छ । अशुद्ध दानको पनि केहिं हद सम्म फाइदा हुन्छ । यस्तो अभ्यासले हामीलार्इ बदल्न मद्दत गर्दछ । ध्यान गर्दा निरन्तर अभ्यासले ध्यानमा पोख्त गर्दै लगे जस्तै अशुद्ध दान मार्फत शुद्धदान तर्फ प्रस्थान गर्न सकिन्छ । माथिको लकेट सम्वन्धी उदाहरणलार्इ फेरी नियाल्दा – मलार्इ केहिं वेर पश्चातापको अनुभव भए पनि त्यो लकेट मेरो साथीले प्राप्त गरेको कुरामा वा साथी खुसी भएको देखी म आफू खुसी हुन सक्छु । नदिने विचार आउनु भन्दा पहिले नै मैले दिइहालेँ भनेर आफैमा सन्तोष लिन सक्ने भाव हुन जान्छ । मैले के अनुभव गरेँ भन्दा, प्रत्येक पटक मैले केहिं दान दिँदा म त्यसैमा आशक्त हुन पुग्छु । यो महशुसले उदारभावको अभ्यासमा थप विकास गर्न सहयोग दिन्छ । दान स्वार्थीपन मात्रको अाैषधी होइन नपाउला कि भन्ने डरको पनि औषधी हो । 
  • दानको विशुद्धि - सामान्यरूपमा दानलार्इ दुर्इ कुराबाट शुद्ध गर्ने अभ्यास गर्नु पर्दछ । (रिजाल, २०७३ मा उद्धरित साक्या पण्डितको उपदेशबाट साभार)
    • चित्तबाट - दान दिने परिस्थिति देख्नेवित्तिकै ‘अहा राम्रो माैका अायो’ भनी मनलार्इ प्रसन्न पारिहाल्ने गर्नु पर्दछ । दान क्षेत्रहरू जस्तै भिखारी, दरिद्र देख्ने वित्तिकै अव दानपारमिता पुरा गर्न पाइने भयो भनी  प्रशन्न हुने र दिर्इ सके पछि पनि पछुतो नगरी प्रशन्न नै रहनु पर्दछ । 
    • ब्यवहारबाट - ब्यवहारबाट निम्न तीन किसिमले दानलार्इ शुद्ध वनाउन सकिन्छ । 
      • दानक्षेत्रको विस्तार - । मानिसहरूको विभिन्न कारणले सबै क्षेत्रमा दान गर्ने समान रूची हुँदैन । कसैलार्इ दुःख क्षेत्र (भिखारी, दरिद्र अादि) लार्इ दान दिने रूची हुन्छ तर गुण क्षेत्र (बुद्ध, बोधिसत्त्व, श्रमण, वा ब्राह्मण) लार्इ  दान दिने रूची हुँदैन । दानको विशुद्धि गर्दा अाफूलार्इ रूची नभएको क्षेत्रमा पनि दान दिने मनोवृति विकास गर्दै लाने गर्नु पर्दछ । 
      • दानकालको विस्तार - दान दिने समय र अन्तराललार्इ बढाउँदै लाने अर्थात् विशेष पर्व वा दिनहरूमा मात्र दान दिइन्थ्यो भने अव दैनिक रूपमा दान दिन सक्ने हुने । 
      • दानवस्तुको विस्तार - शुरूमा साना वस्तुहरूबाट दानको अभ्यास शुरूवाट गर्न सकिन्छ । तत्पश्चात् विस्तारै दान दिने वस्तुको दायरा फराकिलो पार्दै जे पनि दान दिन सक्ने हुनु पर्दछ ।यसरी तीन तहमा दानहरू हुन्छन् ।
        • त्याग - साधारण, सस्तो वस्तुको दान गर्दा पनि मनलार्इ सानो नपारी अहिले मैले यति मात्र दिन सकेँ, म लोकसत्त्वहरूको हितार्थ जे पनि दान दिन सकूँ भनी प्रणिधान गर्नु पर्दछ । 
        • महात्याग - दुर्लभ अाफूलार्इ सबै भन्दा प्रिय वस्तु पनि खुसीका साथ त्याग गर्न सक्नुलार्इ महादान भनिन्छ । यस्तो दान उदारभावको उल्लेखनीय विकास भइसकेका ब्यक्तिहरूले मात्र दिनु पर्दछ । 
        • अतित्याग - माग्न अाएका अावश्यक ब्यक्तिहरूलार्इ अाफ्नो शरीर र प्राण समेत दान दिन तत्पर हुनुलार्इ अतित्याग भनिएको हो । अतित्याग जो कोहिंले गर्नु हुँदैन । “करूणाको अाशय अशुद्ध रहँदा सम्म प्राण त्याग्ने काम नगर्नु । अाशय करूणाले पूर्ण भइसकेको छ भने मात्र प्राण दान दिनु, यसो गर्दा केहिं नोक्सानी हुँदैन।” (बोधिचर्यावतार) 
  • उदारभावको विकासका मापदण्डहरू – दानको अभ्यासबाट उदारभावको विकास भइरहेको छ कि छैन भनी आफैले आफैलार्इ जाँच्न सकिन्छ । निम्नानुसार तीन मापदण्डबाट यो कुराको निर्क्यौल गर्न सकिन्छ । 
    • आफू वैभवशाली भएको भावमा रहनु
    • अन्यसँगको स्वानुभूति राख्न सक्नु
    • एकत्व र अन्तरसम्वन्धको सत्य सम्वन्धी बोध
  • उदारभावको अभ्यासको तीन स्तर - दानको अभ्यास एकोहोरो मात्र गरेर पर्याप्त हुँदैन । निम्नानुसार तीन तहमा नै यस अभ्यास कायम गर्न सकेमा त्यस दानकार्यको महत्त्व बढी हुन्छ । 
    • भौतिक स्तरमा – पैसा, समय, कुनै भौतिक वस्तु वा श्रमदान गरी
    • मानसिकस्तरमा – दानशीलताको भावना वृद्धि गर्दै लान निम्नानुसार कुराहरू गर्नु पर्दछ । 
      • स्वमूल्यांकन - आफूले दान गरेको उद्देश्यको स्वमूल्यांकन गर्न विचार गर्ने 
      • सकारात्मक कल्पना –लक्षित स्वस्थ अवस्थाको कल्पना गर्ने अभ्यासले पनि उदारभावको विकास हुन्छ । शुभ भएको, स्वस्थ र स्वच्छ भएको, खडेरी लागेर सुकेका रूख विरूवाहरूबाट पालुवा निस्केको आदि स्वस्थ अवस्थाको कल्पना गर्ने अभ्यासले पनि उदारभावको विकास हुन्छ । यस प्रकारले कल्पना गर्ने अभ्यास गरेमा यी कल्पनाहरूले मूर्तरूप लिन आवश्यक वातावरण पनि सिर्जना हुँदै जान्छ।
      • मैत्री दान - अरूको मंगल कामना गर्ने अभ्यासलार्इ मैत्री भावना भनिन्छ । आफूले चिनेका नचिनेका ब्यक्तिहरू तथा विभिन्न लोक, दिशामा रहेका सत्त्वप्राणीहरू लार्इ सम्झेर दैनिक केहिं मिनेट ती सत्त्व प्राणीहरूको मंगल होस्, वैरभाव रहित होस्, शारीरिक तथा मानसिक दुःख नहोस्, आफूलार्इ आफैले रक्षा गर्न सक्षम होस् भनी भावना गर्ने गरिन्छ । यस प्रकारको मैत्री भावना दैनिक रूपमा अनुकूल अनुसार पटक पटक पनि गर्न सकिन्छ । कुनै पनि बेला कोहिं ब्यक्ति तपार्इको मनमा स्मरण भयो भने तुरून्तै उनीहरू प्रति यस प्रकारको मंगल कामनाको भावना गर्न सकिन्छ । आफूलार्इ शत्रु ब्यवहार गरिरहेका, आफूलार्इ मन नपरेका ब्यक्तिहरू प्रति यदि यो अभ्यास गर्न सके यो अभ्यास अझ शक्तिशाली हुन्छ ।
यसरी जुनसुकै भावना गर्दा पनि सदैव आफ्नो मनको अवस्था प्रति सजग भर्इ रहनु पर्दछ । न्यास्रोपन वा अप्ठेरोपनको भाव आइरहेको छ कि ? यदि यस्तो भाव आइरहेको छ भने त्यसमा कुनै प्रतिक्रिया नगरी मात्र होश वनार्इ रहने, द्रष्टा भावमा उक्त मनोवृतिलार्इ हेरिरहने । होश रहिरहँदा केहिं क्षण पछि यस्ता असजिलो अनुभवहरू आफै हराएर जान्छ ।

  •  सम्वेदनाको स्तरमा – दान दिँदा खेरी, दान दिने इच्छा आउँदा खेरी कस्तो अनुभव भयो । दान दिने विचार र त्यस बखत भएका अनुभवको बारे सजग हुनु । 
उदारभावको अभ्यासका लागि केहि सुझावहरू 
  • दान दिने - एक हप्तासम्म दैनिक रूपमा केहि न केहि दान अभ्यास गर्नुहोला। एक टुक्रा फलफूल साथीलार्इ दिने वा उचित प्रयोजनमा केहिं पैसा दान दिने वा बाटोमा मागी बसेका मानिसहरूलार्इ दुर्इचार पैसा दिने, एक गुच्छा फूल वा मिठार्इ अफिसका साथीहरूलार्इ लगिदिने, अपेक्षा नै नगरेका कोहिं ब्यक्तिलार्इ चाडवाडमा उपहार पठाइदिने गर्नुहोस् ।
  • नाम नखुलाउने – दान दिँदा यथासम्भव आफ्नो नाम नखुलार्इकन दिने प्रयास गर्नुस् । नाम खुलाउनु नै पर्ने भए उक्त दानको उद्देश्य नाम कमाउनका होइन भन्ने स्पष्ट हुने । 
  • आफ्नो क्षमतालार्इ चिन्ने र अन्य जिम्मेवारीहरूलार्इ समेत ध्यानमा राख्ने - यसो गर्दा आफ्नो बजेटलार्इ पनि हेरिकन गर्ने, अस्वाभाविक र मनपरि नगर्ने । 
  • ज्ञाति संग्रह - आफ्ना आमाबुवा वा आफन्तहरूलार्इ लार्इ फोनमा कल गरेर वा भेटेर हेरविचारका केहिं शब्द बोलिदिने, समय समयमा बोलाएर खुवाउने । 
  • स्वयम् सेवा तथा समयको दान दिने – 
    • आफ्नो टोलछिमेकमा स्वयम् सेवा गर्ने, 
    • आवश्यक परेका साथीहरूलार्इ समय दिने, 
    • आफ्ना आमा वा श्रीमती वा श्रीमान् को काममा केहिं सघाउने, 
  • जनावरहरूलार्इ प्रेम पूर्वक खुवाउने - कुनै छाडा कुकुर वा बिरालो वा अनुकूल अनुसार अन्य कुनै पशु, पंछीहरूलार्इ सप्रेम खुवाउने ।
  • आफ्नो कार्यको स्वमूल्यांकन गर्ने – दानशीलनता वा उदारभावको अभ्यासहरू गर्दा सदैव त्यस बखत आफ्नो मनको अवस्थावारे होश राखिरहनु पर्दछ । होश राखी चित्तावस्थालार्इ नियाल्दा आफैलार्इ सोध्नु पर्दछ कि - उदारताको अभ्यास गर्दा गर्दै झन् पो अनुदार र स्वार्थी त भइ रहेको छैन ? तसर्थ दान दिँदा जहिले पनि आफूले मनमा के अपेक्षा लिर्इरहेको छ त्यसमा पनि होस राखी रहनु पर्दछ । के तपार्इ धन्यवादको अपेक्षा लिइराख्नु भएको छ ? के तपार्इले दिएको दान तपार्इले चाहे जस्तो कुनै विशेष तवरले प्रयोग होस् भन्ने अपेक्षा लिनु भएको छ? तपार्इको दान कत्तिको सशर्त छ? के तपार्इले दान दिँदा समानताको भाव राखी दान दिन सकिरहेको छ ? दान लिने ब्यक्ति भन्दा आफू ठूलो भएको जस्तो अनुभव त भइरहेको छैन ? यसरी आफैलार्इ प्रश्न गर्दै रहनु पर्दछ । यसरी स्वमूल्यांकन गर्ने क्रममा आफैले चाल पाउने छौ कि यसप्रकारको अभ्यासले विस्तारै विस्तारै मनको आशक्तिको प्रवृति, आधिपत्य जमाउन खोज्ने प्रवृति कमजोर हुँदै जान्छ र आफ्नो दिल दिनानु दिन खुला हुँदै जान्छ। 
  • महादानका केहिं उदाहरणहरू - 
जेल क्राभिन्स्कि (Zell Kravinsky, https://en.wikipedia.org/wiki/Zell_Kravinsky), https://www.youtube.com/watch?v=RvUcbcUMtXw, अमेरिकी प्रोफेसर, घरजग्गा लगानी कर्ता एवं समाजिक सेवक जसले एकै चोटी ४.५ करोड डलर एकै चोटी दान दिएको र कहिल्यै नचिनेको एक गरीव कालो मूलका ब्यक्तिलार्इ आफ्नो एक किड्नी दान दिर्इ चर्चामा आएका थिए । क्राभिन्स्किको यो महादानलार्इ कतिले प्रशंसा गरे त कतिले पागलपन भनी टिप्पणी गरे । ‘क्राभिन्स्किको वारे मेरो जे सुकै टिप्पणी भए पनि म आफैलार्इ यी प्रश्नहरू नसोधी चित्त बुझेन । म यो जीवनमा के दिइरहेको छु त? मैले कति दिन सक्छ वा कति दिनु पर्छ ? म कति उदार छ, म कुन कुन अवस्थाहरूमा उदार छु त?’


स्रोतः 
Marc Lesser, The Practice of Generosity, https://www.huffingtonpost.com/marc-lesser/the-practice-of-generosit_b_407720.html
नारायण प्रसाद रिजाल, २०७३, महायानबाैद्धादर्श, व्योमकुसुमा बुद्ध धर्म संघ, काठमाडाैं


दानको महत्त्ववारे अोशोको प्रवचनको छोटो अंश
























Thursday, October 5, 2017

जीवनको उद्देश्य के हो ? - मास्लो पिरामिड सन्दर्भ

म को हुँ?, मरो क्षमता के हो?, मेरो जीवनको उद्देश्य र लक्ष के हो ? मेरो जीवन सुखी छ की दुखी छु ? अादि प्रश्नहरूको उत्तरको खोज जीवनको एक महत्त्वपूर्ण अावश्यकता हो । यस प्रकारको सोध तथा ज्ञान सहितको जीवनलार्इ कुर्त गोल्स्टेन (Kurt Goldstein) लगायत अब्राहम मास्लोले ' (Self-actualization)' भन्ने शब्द प्रयोग गरेको छ । स्व-प्रत्यक्षीकरण सँग सम्वन्धित यस्ता प्रश्नहरूको उत्तरलार्इ प्राय मानिसहरूले कि त कहिल्यै अावश्यक महशुस नै गर्दैन कि त उमेर गइसकेपछि महशुस गर्छ कि त मृत्यु शैय्यामा रहँदा महशुस गर्दछ । मानिसका शारीरिक अावश्यकता देखि विभिन्न अन्य अावश्यकता र चाहनाहरूको पूर्तिमा नै अधिकांश जीवन ब्यतित भइसकेको हुन्छ । जति जति अावश्यकता र चाहनाहरू पुरा हुँदै जान्छ नयाँ नयाँ अावश्यकताहरू देखापर्न थाल्दछ । अन्तमा ती सबै अावश्यकता र चाहनाहरूको पूर्ति सारहीन रहेको महशुस भएमा बल्ल अाफूलार्इ चिन्ने र अाफ्नो जीवनको उद्देश्यको खोज गर्ने चेष्टा अाउँछ । अधिकांश ब्यक्तिहरूको त यो चेतना नअार्इ नै जीवन चोला सकिन्छ । यस प्रकारको चेष्टाको महत्त्वलार्इ बुझ्न अब्राहम मास्लोको अावश्यकता पदानुक्रम सिद्धान्तमा चिन्तन गर्नु उपयोगी हुन्छ ।  

अब्राहम मास्लो द्वारा प्रतिपादित आवश्यकता पदानुक्रम सिद्धान्त (Maslow's Hierarchy of Need Theory) लार्इ मास्लो पिरामिडको नामले पनि प्रसिद्ध छ । उनले 'अ थिअरी ऑफ ह्यूमन मोटिवेशन' नामक अाफ्नो ग्रन्थमा १९४३ मा पहिलो पटक यो सिद्धान्त प्रस्तुत गरेका थिए । यो सिद्धान्त पछि गएर केवल मनोविज्ञानको क्षेत्रमा मात्र सिमित नरही विज्ञापन, योजना, ब्यवस्थापनका क्षेत्र मा समेत प्रसिद्ध भयो । यसमा मास्लोले मानिसको आवश्यकताहरूका निम्नानुसार ५ स्तरहरू वारे ब्याख्या गरेको छ ।

1 शारीरिक अावश्यकता - Physiological needs
मानिसको अस्तित्व सँग प्रत्यक्ष सम्वन्धित देहिक अावश्यकताहरू जस्तै गाँस, बास, कपास, हावा, पानी, सन्तानोत्पादनका लागि याैन क्रिया अादि मानिसका लागि सबै भन्दा प्राथमिक अावश्यकताहरू हुन् । यी अावश्यकताहरू पुर्ति नभएसम्म मानिस अन्य कुरा गर्न र सोच्न सकिरहको हुँदैन ।

2 सुरक्षा अावश्यकता - Safety needs
अाधारभूत शारीरिक अावश्यकता पुर्तिको केहि हदसम्म  महशुस गरेपछि मानिसले सुरक्षा अावश्यकतालार्इ प्राथमिकता दिन थाल्दछ । अाफ्नो ब्यक्तिगत सुरक्षा, बित्तीय सुरक्षा, स्वास्थ्य सुरक्षा, दुर्घटना वा अन्य प्रतिकूल अवस्थाहरूमा ढुक्क हुनु  अादि दोस्रो स्तरका अावश्यकताहरू हुन् । यसका लागि मानिसले सुरक्षित बासको ब्यवस्था गर्नमा प्राथमिकता दिन थाल्दछ । यस अावश्यकताका लागि जीविकोपार्जनको सुरक्षा, बैंक खाता, बीमा ब्यवस्था, अपाङ्ग मैत्री सुविधा, सुरक्षित अावास (घर) अादि कुराहरूको ब्यवस्थामा ध्यान दिइन्छ । 

3 तादात्मिकता तथा सम्बन्ध - Social belonging
शारीरिक तथा सुरक्षा अावश्यकता पश्चात् मानिसको तेस्रो तहको अावश्यकता तादात्मिकता वा सम्वन्ध हो । यसको अर्थ ब्यक्ति ब्यक्ति बीचमा एक अापसमा हुने मैत्री, तादात्मिकता, बन्धुत्व, अात्मीयताको सम्वन्ध हो । यस अावश्यकता पूर्तिका साधनका रूपमा साथी बनाउने, निकटता वढाउने, परिवार वनाउने, प्रेम सम्वन्ध स्थापित गर्ने  अादि पर्दछन् । यस्तै कुनै क्लब, समूहका ब्यवसाय, धर्म सम्प्रदायमा अावद्धता, ब्यावसायसक संगठनहरूमा सदस्यता, खेलकुदमा सहभागिता अादि माध्यमबाट पनि यो अावश्यकता पूर्ति गर्न सकिन्छ । यस अावश्यकता पूर्ति नभएको अवस्थामा एक्लोपन, चिन्ता, डिप्रेशन जस्ता जटील मानसिक समस्याहरू उत्पन्न हुन सक्छ ।

4 आत्मसम्मान - Esteem
सबै मानिसहरूलार्इ अरूले सम्मान गरेको पन पर्छ । यस भित्र अात्म सम्मान पनि पर्दछ । यसका लागि मानिसले ब्यवसायमा होस् या अाफ्नो रूचिकर क्रियाकलाप मार्फत होस्, अाफ्नो काममा अरूबाट कदर होस्, अरूले चिनोस्, प्रशंसा गरोस् भन्ने चाहन्छ । यस अावश्यकताको पूर्ति पश्चात् मानिसले अाफूले केहि योगदान गरेको महशुस गर्दछ, अाफू महत्वपूर्ण भएको महशुस गर्दछ । यस अावश्यता पूर्ति गर्न असक्षम ठहरिएमा मानिसमा हीनता बोधको, कमजोरी र असहाय मनस्थितिको समस्याहरू विकास हुन सक्छ । मास्लोका अनुसार सम्मानको पनि उच्चस्तर र निम्नस्तर गरी दुर्इ स्तरको हुने बताएका छन् । अरू ब्यक्तिहरूबाट सम्मान खोज्ने चाहनालार्इ निम्नस्तरको भनिएको छ जसका लागि मानिसले अाफ्नो स्टाटस, पहिचान, मान, इज्जत, अाफू प्रतिको ध्यानाकर्षणलार्इ बचार्इ राख्न अनेक प्रयत्न गरिरहेको हुन्छ । अात्मसम्मानको लागि गरिने प्रयत्नलार्इ उच्चस्तरको भनिएको छ । यसका लागि मानिसले अाफ्नो क्षमता अभिवृद्धिका कामहरू गरिरहने, अाफू सबल हुन खोज्ने, सीपमा निपुणता कायम राख्न खोज्ने, स्वतन्त्रता, अात्मनिर्भरता, स्वाभिमान, दृढता विकास गर्ने गर्दछ ।

5 स्व-प्रत्यक्षीकरण - Self-actualization

मानिसको अाफ्नो सिर्जनशीलता, अात्मज्ञानबोध, सामाजिक परिवर्तनका लागि दृढ चाहना, अाफ्नो पूर्ण क्षमताको बोध अादि स्व-प्रत्यक्षीकरणका उदाहरणहरू हुन् । तसर्थ यसलार्इ अध्यात्म-दर्शन (self-exploration, self-reflection, self-discovery, self-realization) भनी पनि बुझ्न सकिन्छ । मास्लोका अनुसार अन्य अावश्यकताहरू पूर्ति भए पश्चात् मानिसले गुणस्तरयुक्त जीवन, जीवनमा जीवन्तता, जीवनको अर्थ खोज्ने चाहना राख्छन् । समाजका प्राय ब्यक्तिहरू यो स्तरसम्म पुग्नै नपाउँदै जीवन सकाउँछन् । अाफ्नो यथार्थ क्षमता र स्वभाव भन्दा भिन्न तरिकाले जीवन यापन गर्ने ब्यक्तिको जीवनमा खुसी कम र निराशा बढी हुने गर्दछ । जीवनको उद्देश्य र लक्षको बारे बोध नहुनाले उसको जीवन चर्या र उद्देश्यको तालमेल नमिलेर अन्ततोगत्वा हातमा लाग्यो शुन्यको अनुभव हुन पुग्छ । साधारण अर्थमा यसलार्इ बुझ्नु पर्दा एक जना मान्छे जसमा महान् कलाकार हुने क्षमता छ तर तर अाधारभूत अावश्यकता पूर्तिका लागि गरिरहेको संधर्षमा नै सम्पूर्ण शक्ति खर्चिदा कस्तो हुन्छ होला? यस्तै अाफ्नो शरीर र मनको क्षमतावारे नबुझेकाले जीवनका हरेक उताढ-चढावको अवस्थालार्इ दुःख र सुखको चक्रमा बगाएर विताएको एक जीवन र शरीर र मनको क्षमतावारे बुझी जीवनका हरेक उताढ-चढावको अवस्थालार्इ उपेक्षा भावमा स्थित रहि सदासुखको अवस्थामा जिएको अर्को जीवनको अन्तरबाट ब्यक्तिमा स्व-प्रत्यक्षीकरणको अावश्यकताबोध महत्त्व झल्काउँछ । म को हुँ?, मरो क्षमता के हो?, मेरो जीवनको उद्देश्य र लक्ष के हो ? मेरो जीवन सुखी छ की दुखी छ ? अादि प्रश्नहरूको उत्तरको खोजी, त्यसको प्राप्ति र त्यस अनुसारको जीवन नै स्व-प्रत्यक्षीकरणको हो ।

मास्लोका अनुसार स्व-प्रत्यक्षीकरण भएका ब्यक्तिहरूमा निम्नानुसार गुणहरू हुन्छन् ।

  1. सिर्जनशीलता (Creativeness) - साहित्य, भाषण तथा अन्य विभिन्न कला मार्फत अाफ्नो सिर्जनशीलता झल्काइरहन्छ। 
  2. सत्य तथ्यको यथार्थ ज्ञान प्राप्त गर्न अग्रसर हुने, यसैमा स्वीकार भाव राख्ने 
  3. अात्मभाव (Ego) को प्रकृतिको यथार्थ प्रति स्वीकार भाव
  4. पूर्वाग्रह रहितता
  5. समस्या समाधानमा अग्रसरता - ब्यक्तिगत मामला र अहंकारलार्इ महत्व नदिर्इ समस्या समाधानलार्इ प्राथमिकता दिन्छ । 
  6. स्वतःस्फूर्तता, सरलता र प्राकृतिक (spontaneity, simplicity and naturalness)
  7. अनाशक्त भाव हुन्छ र एकान्तमा बसी ध्यान (स्व-मूल्यांकन, अाफ्नो वारे अध्ययन) गर्ने हुन्छ । 
  8. संस्कृति र वातावरणबाट स्वतन्त्रता (Autonomy, independence of culture and environment) - उचित र अनुचितका अाधारमा सही निर्णय लिन्छ, संस्कृति र वातावारणको वन्धनमा फसेर गलत निर्णय गर्दैन ।  
  9. स्वच्छता र प्रशन्नता (Continued freshness or appreciation) - सँधै सामान्य प्राकृतिक कुरा देखि पनि प्रशन्न हुने गर्दछ । उदाहरणका लागि हरेक सूर्याेदय वा सूर्यास्तको सुन्दरताको प्रशंसा गर्ने, सानो भन्दा सानो कृयाकलापबाट पनि अानन्द लिन सक्ने । 
  10. मैत्रीभाव (feeling of togetherness) - समस्त मानव एवं जगत प्रति मैत्रीभाव राख्दछ ।
  11. अन्तरब्यक्ति सम्वन्ध (Interpersonal relations) - जो जससँग सम्वन्ध छ तिनीहरूसँग गहिरो र अर्थपूर्ण सम्वन्ध कायम राख्दछ । 
  12. समानता र समतामा अाधारित ब्यवहार - सबै ब्यक्तिहरूमा केहि न केहि सबल पक्ष र दुर्वल पक्ष हुन्छ, सबै ब्यक्तिहरू मानिसको कोणबाट समान हुन्छन् र सबै ब्यक्तिहरूलार्इ अाफ्नो कुरा राख्ने अधिकार हुन्छ भन्ने विचार राख्दछ । 
  13. नैतिकता - असल र खराब, उचित अनुचितका वारे स्पष्ट ज्ञान राख्दछ र अाफ्नो कुनै कर्मबाट अरूलार्इ हानी हुने काम गर्दैन ।  
  14. दार्शनिकता र हास्य (Philosophical and unhostile sense of humor) - सँधै हाँस्ने र हँसाउने प्रकृतिको हुन्छ । अरूलार्इ चित्त नदुख्ने गरी अर्थ पूर्ण हाँस्यब्यँग गरी जटील र गम्भीर विषय वस्तुलार्इ पनि सुल्झाउने गर्दछ । 
  15. ब्यक्तिको अपूर्णता - कोहिं पनि मानिस सबै कुरामा पूर्ण हुँदैन भन्ने कुरालार्इ स्वीकार गर्दछ । अरूको कमजोरी प्रति अहंकार भाव राख्दैन । अाफू सदैव नयाँ कुरा सिक्नमा खुला हुन्छ । 
उनको भनार्इ अनुसार मानिसको अभिप्रेरणा यहिं क्रममा गति लिन्छ । अर्थात् मूलभूत आवश्यकताहरूको पूरा भए पछि नै मानिसले  माथिल्लो अथवा उच्चस्तरीय आवश्यकताहरू पुर्ति गर्न अघि सर्दछ । सबै अावश्यकताहरूको पूर्ति पश्चात् मात्र स्व-प्रत्यक्षीकरणको अावश्यकता बोध हुन्छ भन्ने मास्लो कथन जस्तो अनिवार्य होइन । यस सिद्धान्त अनुसार स्व-प्रत्यक्षीकरणको अावश्यकता बोधका लागि सबै अावश्यकता पूर्ति हुनु कुरिरहने हो भने धरै जसो मानिसले यो माैका जीवनमा कहिल्यै प्राप्त गर्दैन । तसर्थ अन्य अावश्यकता पूर्ति गर्ने प्रयत्नका साथसाथै स्व-प्रत्यक्षीकरणको अावश्यकताबोध गरी यसको पूर्तिको प्रयत्नमा पनि लाग्नु पर्छ ।


सन्दर्भ सूची -
http://www.selfcounseling.com/help/personalsuccess/selfactualization.html




Twelve Characteristics of Self actualized Persons




A New Hierarchy of Needs | Kennard Kim 



To find work you love, don't follow your passion | Benjamin Todd | TEDxYouth@Tallinn



The social responsibility of business | Alex Edmans | TEDxLondonBusinessSchool






How to know your life purpose in 5 minutes | Adam Leipzig






Friday, September 29, 2017

दशैं विशेषः काली माँ काे यथार्थ ज्ञान

महाकालीको वर्णन


(हिन्दि)

(अंग्रेजी)
माथिको भिडियोमा काली माँ को प्रतिमा वारे रहेको पाैराणिक निम्नानुसार कथनहरूलार्इ देखाइएको छ । 
  • विनाशको प्रतिक
  • स्त्री शक्ति
  • कालो वर्ण, खप्परको माला लाएकी, काटिएका हातहरूको माला बनार्इ कम्मरमा बाँधेकी
  • अाफ्नै पति भगवान शिवको छातिमाथि खुट्टाले कुल्चेकी
  • रक्त बीज जस्ता महाशक्तिशाली राक्षसलार्इ बध गरेको । रक्त बीज यस्तो राक्षस हो कि जसले ब्रम्हाबाट एक वरदान पाएका थिए । उनको शरीरबाट निस्केका प्रत्येक थोपा रगत भुर्इमा झर्ने वित्तिकै त्यस रगतको थोपाबाट अर्को राक्षस उत्पत्ति हुने वरदान उनले पाएका थिए । 
  • यो कुरा थाहा पाउने वित्तिकै काली माँले उनको एक थाेपा पनि रगत भुँर्इमा झर्न नदिर्इ सबै अाफैले पिइदियो र रक्तबीजले पुनर्जिवन पाउन सकेन र रक्तबीजको अन्त्य भयो । 
  • यस पश्चात् देवीलार्इ रगत पिउने बानी वस्यो र निर्दोषहरूको पनि रगत पिउन थाल्यो । यो विनाशको अन्त गर्न कोहि पनि समर्थ भए पछि शिव स्वयम् उनलार्इ रोक्न अघि सरे । अन्य लाशहरूका बीचमा अाफू सुतिदिए । रगतको नशामा परेका क्रोधित काली देवीको खुट्टा भगवान शिवको छातिमा पर्यो । तत्पश्चात् मात्र उनी झस्किइ र क्रोध भाव शान्त भयो । उनले लाजले जिब्रो निकाले । 

कालीको प्रतिमा किन यति भयानक ? 


यस भिडियोमा जय लखानीजीले काली माँको मुर्तिको प्रतिमालक्षणका वारे निम्नानुसार केहि प्रष्ट्याएको छ ।

  • दुर्गा वा काली माँ भयानक राैद्र रूपको छ ।  सिंहलार्इ अाशन गरेकी, हातहतियारले सुसज्जित छिन्। यस प्रकारको प्रतिमा प्रतिकात्मक छन् । यसमा अाध्यात्मिक ज्ञानलार्इ प्रतिमालक्षणमा ढालेको हो । 
  • 'काली' काल भन्ने शब्दबाट ब्युत्पन्न भएको हो । 'काल' को अर्थ समय हो भने 'काल' अर्थ मृत्यु पनि हो । 
  • काली माँ को प्रतिमाको तात्पर्य जीवनको सत्यलार्इ बुझाउनु रहेको छ । जीवनलार्इ बुझ्न मृत्युलार्इ समेत सँग सँगै बुझ्न अत्यन्त जरूरी हुन्छ । सबै जगत, वस्तु या ब्यक्तिको उत्पत्तिको क्षण देखि नै प्राकृतिक रूपमा नै विनाश वा मृत्यु तिर दाैडिरहेको हुन्छ ।
  • जीवनलार्इ बुझ्ने एउटा दृष्टिकोण हाे कालीको प्रतिमा लक्षण ।
  • सत्य सँधै नाँगो हुन्छ। त्यसकारण काली माँको प्रतिमामा सर्वाङ्ग नाङ्गो स्त्रीको चित्रण गरिएको छ। कालीको प्रतिमा जगतको एक अन्तिम सत्यको प्रत्यक्ष प्रतिनिधित्व गर्दछ । 

काली माँ को हुन् - अोशो 



काली माँ मृत्युको प्रतिक हो । एकै देवी माँ पनि अनि मृत्यु पनि । यसको तादात्म्यता बुझ्न प्रायलार्इ कठिनाइ हुन सक्छ । हामी सबै माँ बाट उत्पत्ति भएका हुन् । तर माँले हामीलार्इ जन्म मात्र दिएका होइनन् । जन्म सँग मृत्यु पनि साथै दिएको हुन्छ । मृत्यु त जीवन सँगै जोडिएको हुन्छ । जीवन र मृत्यु त सिक्काको दुर्इ पाटा हुन । तसर्थ मृत्युलार्इ जानेर सम्झेर जीउने जीवन पद्धतिलार्इ नै सन्यासी भनिएको हो । कुनै वस्त्र धारण गर्दैमा, घर छोडी जंगलमा जाँदैमा कोहिं सन्यासी हुँदैन । एक छिन पनि मृत्युलार्इ नविर्सिकन जागेर जीवन जिउनु नै उच्चतम अादर्श जीवन हो । जागे पछि मानिसले मृत्यु भन्दा वाहेक अरू कुनै पनि कुरा देख्दैन । तसर्थ काली माँ यस प्रकारको जगत र जीवनको अन्तिम सत्यको बोध गराउन तत्कालीन कलाकार तथा सिद्ध ब्यक्तिहरूले सिर्जना गरेको प्रतिमा लक्षण हो ।  

माँ काली क्योँ खतरनाक है । 


मुक्त भएकाहरूमा कुनै दुःखको अनुभव हुँदैन । बाहिरी तवरले दुखद घटनाहरू घटेको देखिन्छ तर भित्र त्यस घटनाले प्रभाव पारेको हुँदैन । यसका लागि अोशोले रामकृष्ण परमहँसजीको प्रसँगमा अघि सारेका छन् । रामकृष्ण परमहंसलार्इ घाँटीको क्यान्सर भएको थियो । उनका अन्तिम दिनहरूमा त पानी सम्म पनि पिउन नसक्ने गरी पीडाहरू थाले । उनका शिष्य विवेकानन्दले अाफ्ना गुरूको दुःख हेर्न नसकी गुरूलार्इ अाग्रह गर्दछ । तपार्इं काली माँ सँग किन अाफ्नो दुःख हटाउन प्रार्थना गर्नु हुन्न । रामकृष्ण मुस्कुराउँथे मात्र। धेरै पटक भने पछि रामकृष्णले विवेकानन्दलार्इ बोध गराउने युक्ति गरे । उनले अाँखा चिम्लेर काली माँ सँग कुरा गरे जस्तो गरे र एक छिन पछि विवेकानन्दलार्इ भने । "मैले काली माँ सँग तिमीले भने जस्तै मागेको त साह्रै सँग गाली पो खानु पर्यो । यस्तो बुझिसकेको मानिसले पनि यस्तो कुरा माग्ने हो ? तिम्रो घाँटी विग्रेर के भयो त, अरूको धाँटी त छँदै छ नि । अव तिमी उनीहरूको गलाबाट पानी पिउनु ।" त्यस पछि उनले विवेकानन्दलार्इ भने - विवेकानन्द अव म तिम्रो गला मार्फत पानी पिउँछु । जव जव मलार्इ तिर्खा लाग्छ, तव तिमी पानी खाइदिनु । यो सव विवेकानन्दलार्इ बुझाउन उनैको भाषामा बोलेको मात्र थिए । उनलार्इ दुःख नै थिएन । दुःख त विवेकानन्द र रामकृष्णको बीचमा थियो । रामकृष्ण पूर्ण रूपमा साक्षीभावमा वसेका थिए । काली माँ सँग न उनले कुरा गरेका थिए न काली माँ त्यसरी उपलब्ध थिए । 

काली माँ त प्रतिकका रूपमा हुन । एक खेलाैना हुन । नासमझहरूका लागि बुझाउन प्रयोग गरिएका साधन मात्र हुन् । जस्तो शुरूका दिनहरूमा बच्चाहरूलार्इ 'क' बाट कछुवा, ख - खरायो, ग बाट गधा भनी सिकाउँछ । पछि भए पछि क ख ग मात्र याद राख्न लगाइन्छ, कछुवा, खरायो र गधा भुल्नु पर्छ । यसरी भुल्न नसके सम्म त्यस विद्यार्थीले कखरा सिकेको मान्न सकिन्न । त्यसरी नै कालीमाँको मूर्ति पनि ज्ञानको प्रतिक स्वरूप वनार्इ देखाइएका हुन । ज्ञानलार्इ बिर्सी वा ज्ञानलार्इ वास्ता नगरी मूर्तिलार्इ नै मात्र समातेर वस्दा उसको जीवन निरर्थक हुन्छ । 

काली माँ मृत्युको प्रतिक हो । ज्ञानको उदय भए पछि ममत्व हराउँदछ । तव सबै अात्म रूप देख्न थाल्दछ । ममत्वले सँधै विपत्तिमात्र ल्याउँछ । यस्तो विपत्तिबाट निस्कने साँचो सानो र सरल छ । त्यो हो जाग्नु । शरीरका अंगहरू हात खुट्टा चल्दा शरीरमात्र चलेको हेर्ने । म मात्र साक्षीको रूपमा स्थापित गर्ने । यसरी साक्षी भावमा स्थित भएर कर्ता भाव समाप्त गर्न सकेमा शरीर र मनबाट छुटकारा पाउँदछ ।  

Thursday, September 14, 2017

उपेक्षा

नेपाली भाषाको साधारण प्रयोगमा उपेक्षाको अर्थ हेला गर्नु, त्याग्नु अादि हुन अाउँछ । तर बुद्ध शिक्षामा प्रयोग हुने उपेक्षाको अर्थ यो भन्दा फरक छ । 'उपेक्षा'को विभिन्न दृष्टिकोणहरूबाट निम्नानुसार तवरले परिभाषित गर्न खोजिएको छ । 
  • अर्थः सांसारिक घटनाहरू तथा कुनै पनि विषयवस्तुहरूका बीच स्थिरतामा रहनु, समता भावमा रहनु, कुनै तत्वले चलाउन नसक्ने खालको चित्तको स्वतन्त्रता, भित्री समसुख नै उपेक्षा भाव हो । अाफू उपर दुःख कष्ट दिने प्रति पनि प्रतिकारको भाव तथा द्वेषभाव नराख्नु एवं मन मलिन नगर्नु साथै अाफू प्रति हित उपकार गर्ने प्रति पनि अासक्त नभर्इ मध्यस्थ रूपमा वस्नु, ततस्थ हुनु वा समता भावमा उभिनु नै उपेक्षाको लक्षण, स्वभाव र अर्थ हुन अाँउछ । 
  • चार ब्रम्हविहारः उपेक्षा चार ब्रम्हविहार मध्ये एक हो र उत्कर्ष हो । मैत्री, करूणा, मुदिता भाव स्थापित गरिकन उपेक्षा भाव स्थापित गरिनु पर्दछ । माथिका ती ब्रम्हविहार विना उपेक्षाको कल्पना मिथ्थ्यादृष्टि मात्र हुन पुग्छ ।  
  • चित्त संतुलनको अाधारः प्रज्ञा ज्ञान अर्थात् अनित्य, दुःख, अनात्मा लगायत शुन्यता ज्ञान नै चित्त् सन्तुलनको अाधार हो । 
  • क्लेश क्षय गर्नेः  उपेक्षा धर्म राग, द्वेष र मोह जस्ता क्लेशको विपरित धर्म हो । यो ४० प्रकारको ध्यान विधि (कर्मस्थान) हरू मध्ये पनि एक हो । 
  • लोक धर्मबाट अविचलित हुनः अष्टलोक धर्म (लाभ-अलाभ, यश - अपयश, प्रसंशा - निन्दा, दुःख - सुख) को अवस्थामा अकम्पित अविचलित भइ तटस्थ रहन सक्ने स्वभाव नै उपेक्षा हो । 
  • नजिकको शत्रु र टाढाको शत्रुः उपेक्षाको टाढाको शत्रु लोभ, अाशक्ति, विरोधाभास, रोष हो । यस्तै उपेक्षाको नजिकको शत्रु वेवास्ता, वेमतलव, वेहोसी हुन खोज्नु हो । वेवास्ता र उपेक्षालार्इ छुट्याएर बुझ्न खोज्दा प्रायशः अलमलमा पर्ने सम्भावना छ । क्रोधित हुन वा अाशक्तिमा पर्नु दुबै दुःख हो, अज्ञानको उपज हो र कुनै किसिमले पनि तर्कयुक्त छैन भनी बुझेर शान्त रहनु उपेक्षा ब्रम्हविहार हो  भने अवस्थाबाट डराएर, करूणा रहित भर्इ घटनालार्इ थाहा नपाए जस्तो गरी वेमतलव गर्नु बेवास्ता हो । उपेक्षा ब्रम्हविहार ज्ञानबाट उत्पन्न हुन्छ भने वेवास्ता अज्ञान वा बेहोसीबाट उत्पन्न हुन्छ ।  
  • ध्यानको प्राप्तीः ध्यान भावनामा विकास हुँदै गए पछि तृतीय र चतुर्थ ध्यानमा प्राप्त हुने गुण उपेक्षा हो । 
  • बोधिको अंगः  सप्तबोध्यंग धर्म (स्मृति, धर्मविचय, वीर्य, प्रीति, प्रश्रब्धि, समाधि र उपेक्षा) मध्ये एक प्रमुख बोध्यंग उपेक्षा हो । 
  • पारमिताः  थेरवाद परम्परामा उपैक्षा बोधिसत्वको दशाैं पारमिता हो ।   
  • मैत्रीको अर्को रूपः अाफूलार्इ दुःख दिन अाउने ब्यक्ति वा तत्व प्रति समेत मैत्री भाव राखी त्यस ब्यक्तिको कृत्यहरू माथि प्रतिक्रिया नगरी शान्त, अविचलित र क्रोध रहित भर्इ रहन सक्नु उपेक्षा भाव हो । शुरूका अभ्यासका दिनहरूमा यो ज्यादै कठीन लाग्ला । तर विचलित हुनु, असन्तुलित हुन, क्रोधित हुन, घृणा भाव राख्नु निरर्थक छ, ठीक होइन, अशोभनीय र असभ्य हो भनी स्पष्ट रूपमा बुझेर त्यस अवस्था वा ब्यक्ति प्रति मैत्री भाव कायम राख्न सकेमा उपेक्षा ब्रम्हविहारको पुनरूध्घाटन हुन थाल्दछ । अभ्यस्त भएकाहरूलार्इ यो उनीहरूको स्वभाव वन्दछ । विना प्रयत्न उपेक्षा भावमा स्थित हुन सक्ने अवस्था बन्दछ ।    'WALK EVENLY OVER THE UNEVEN' (S.I,4)

उपेक्षा भावनाका विधिहरू 

  1. लाेक धर्मको ध्यानः सारका घटनाहरूलार्इ नियाल्ने र अाफ्नो चित्तलार्इ नियाल्दा चित्तको अवस्था के भइरहेको छ त्यस प्रति सजग हुने र थाहा पाउने  अभ्यास गर्ने । दुर्इ विपरित अवस्थाहरूमा कसरी घटनाहरू र त्यस सँग अाफ्नो चित्त संक्रमण हुन्छ । कहिले सफलता त कहिले असफलता, कहिले लाभ त कहिले हानी, कहिले मान त कहिले अपमान, कहिले प्रगति त कहिले दुर्गति । यी अवस्थाहरूमा हाम्रो मनले प्रतिक्रिया गरिरहेको हुन्छ । कहिले दुःख त कहिले सुख अनुभव गरेको हुन्छ । कहिले खुसी त कहिले असन्तोष, कहिले अाशा त कहिले निराशा, कहिले ढुक्क हुन्छ त कहिले डर । यी अवस्थाहरूले हामीलार्इ कहिले शान्त रहन दिँदैन । एक छिन अाराम जस्तो के अनुभव हुन्छ तुरून्तै नयाँ खालको भाव तरङ्गले पछारि हाल्दछ । ती छालहरूले कहिले निकै माथि उचाइमा पुर्याइदिन्छ त कहिले तल खाडलमा दबाइ दिन्छ । हामी कसरी यी छालहरूका बीचमा शान्त रहन सकिन्छ त । कसरी उर्लिरहेको समुद्र माथि अाफ्नो घर वनाउन सकिन्छ । शान्त रहन त्यस समुद्र बीचमा एक टापू वनाउनु पर्दछ । त्यो टापू  उपेक्षा भाव हो । 
  2. उपेक्षाको अर्को विकल्प छैनः यो संसारमा थोरै सुख पाउनका लागि धेरै दुःख, निराशा वा हारहरू खेप्नु पर्दछ । रोग, वियोग, मृत्यु जस्ता भयानक अवस्थाहरूका बीच केहि रमाइलोपन कनिका सरी छरिएको पाउँछाैं । यो यस्तो संसार हो जहाँ एक छिन अगाडि प्रेमले गाँसिएका हाम्रा प्रिय जनहरू एक छिन पछि करूणाका पात्रहरू हुनेछ । प्राय जसो अवस्थामा हाम्रा हातहरू निरिह हुन्छ । यस्तो संसारमा उपेक्षा भाव अनिवार्य हुन पुग्दछ ।  
  3. सम्येक स्मृतिः सम्येक स्मृतिको अाधारमा राखिएको समता भाव मात्र उपेक्षा ब्रम्ह विहार हुन्छ । अज्ञानता र बेहोशीको वसमा परी गरिने वेवास्ता ब्रम्ह विहार कदापि हुन सक्दैन । यो भाव अथक प्रयास, प्रयत्न र सहि तालिमबाट प्राप्त भएको हुनु पर्दछ न कि अस्थिर मनोवृत्तिको उपज । यस्तै पटक पटक प्रयत्न गरी उपेक्षा भाव उत्पन्न गरि रहनु पर्दा खेरीको अवस्थालार्इ पनि ब्रम्ह विहार भन्न योग्य हुँदैन । यस अवस्थामा प्रयत्न गर्दा गर्दा अन्ततोगत्वा एक न एक लोक धर्मको अधि थकित भर्इ त्यो मनले घुँडा टेक्छ । तसर्थ साच्चैको उपेक्षा ब्रम्हविहार कठीनतम परिस्थितिहरूको परीक्षामा समेत चित्तको स्वभावतः रहेको भित्री शक्तिको अाधारमा उत्पन्न भएको हुनु पर्दछ । यदि प्रज्ञाको अाधार बलियो छ भने मात्र जति सुकै विषम परिस्थितिलार्इ पनि सहज रूपमा सामना गर्न सकिन्छ र पनि थकानको महसुस पटक्क हुँदैन ।
  4. अनात्मा ज्ञानः अात्माभावको मिथ्थ्यादृष्टिले नै सबै प्रकारको दुःख उत्पन्न हुने हुन् र समता भङ्ग पार्ने हुन् । यदि कसैले मलार्इ निन्दा गर्यो भने 'मलार्इ निन्दा गर्यो' भन्ने भाव उत्पन्न गर्दछु र मेरो मन अशान्त र विचलित हुन्छ । यदि असफल भइयो भने 'मेरो काम असफल भयो' भन्दै समता भाव भङ्ग गरिन्छ । यसरी नै कुनै प्रिय ब्यक्ति वा वस्तुको विनाश वा मृत्यु भयो भने 'मेरो गयो' भन्दै चित्तको सन्तुलनलार्इ कम्पित पार्दछ । तसर्थ अविचलित चित्तावस्था स्थापित गर्नका लागि विस्तारै अभ्यास गर्दै सबैभन्दा पहिले मेरो भन्ने अाधिपत्यभावलार्इ त्यानु पर्दछ । यसरी अात्मा भन्ने तत्व छैन, तसर्थ म वा मेरो भन्ने कुरा कल्पना मात्रै हुन् भन्ने ज्ञान जति जति स्थापित हुँदै जान्छ त्यति त्यति उपेक्षा भाव प्रगाढ हुँदै अाउँछ । 
  5. कर्म सम्वन्धी ज्ञानः प्रज्ञाले यहाँ कसरी काम गर्छ त ? स्मृति पूर्वक प्रत्येवेक्षण गरे वापत उत्पन्न प्रज्ञा ज्ञानले  लोक धर्म कसरी उत्पन्न हुन्छ ? ती लोक धर्महरूका स्वभाव के हुन् ? तिनीहरूका यथार्य सत्य के हो ? भन्ने कुराको थाहा दिन्छ । हामी जे जसो अनुभव गर्छाै, ती सवै हाम्रा कर्मका उपजहरू हुन् । यस जन्म वा पूर्व जन्ममा काय, वाक् र चित्त द्वारा गरिएका कर्महरूका परिणाम हामी अहिले अनुभव गरिरहेका छाैं ।
    • कम्मयोनीः कर्म त्यो गर्भ (कर्म योनी) हो जहाँबाट हामी उत्पन्न भएको छ । 
    • कम्मसकाः चाहनु वा नचाहनु हामी अाफ्ना कर्मका मालिक (कम्मसका) हाैं जुन अपनत्व कसैसँग बाँड्न सकिन्न । 
    • कम्मदायादः हामी कुनै पनि कर्म गरिसकेपछि त्यो कर्म हाम्रो अधीनबाट छुट्छ र हाम्रो पुर्ख्याैली सम्पत्ति समान त्यसले हामीलार्इ फल दिइ नै रहन्छ । 
कुनै पनि मनोभाव वा अवस्था बाहिरी संसारबाट अथवा अरूबाट अाउने वा बन्ने होइन बरू अाफ्नै चित्त र कर्मको उपजका रूपमा उत्पन्न हुने हुन् । यो ज्ञान उपेक्षा भावनाका लागी महत्वपूर्ण अाधार हो । यसबाट हामी भित्रको डर हटाइदिन्छ । किन डर मान्नु पर्यो ? भन्ने भाव उत्पन्न गराइ दिन्छ । 
    • कम्म पतिसरणाः यदि डर र त्रास छ भने सबै भन्दा भरपर्दो शरण पनि कर्म नै हो । पूर्व दिनहरूमा गरेका राम्रा कर्महरूका कारण ती कर्मको शरण  लिएमा हामीमा अाँट र साहस अाउँछ, दृढता अाउँदछ । थप अरू राम्रा कर्महरू गर्न हाैसला मिल्दछ । यस क्षणमा जति सुकै विषम परिस्थितिहरू झेल्नु परे पनि अकुशलकर्म तिर नलागी कुशलकर्म गर्न तिर हाैसला मिल्छ । यस प्रकारले गरिने कुशल कर्महरू, निस्वार्थ पूर्ण कर्महरू विषम दशाहरूमा रक्षकको काम गर्दछ । कुशल कर्म गर्न कहिले पनि विलम्व गर्दैन र ढिलो भएछ भनेर पश्चातापमा पनि रहँदैन । यसरी अकुशल कर्म छोडी कुशल कर्ममा स्थापित हुनुलार्इ कम्म पतिशरणा भनिएको हो । 
    • कम्मवन्धुः यी कुशल कर्महरू नै भविष्यमा हाम्रा सहयोगी मित्रहरू (कर्म बन्धु) हुन पुग्छन् । एवं प्रकारले हाम्रो जीवनका सबै घटनाहरू हाम्रो कर्मकै कारण भएको हो भन्ने बोध भए पछि ती सबै कर्म हाम्रा मित्र हुन पुग्दछन् । चाहे त्यो दुःख दिने खालका हुन वा सुख दिने खालका हुन्, सबै प्रति मैत्री भाव जाग्दछ । कतिपय कर्मफलहरू कुन कर्मका परिणाम हुन् भन्ने पनि चिन्न नसकिएला । प्रायजसो परिणामहरू हाम्रो अपेक्षा भन्दा भिन्न पर्दछन् । कुनै अप्रत्यासित अाउँदछ । हाम्रो नियन्त्रणमा रहँदैन । हाम्रा मनोभावहरू हाम्रै सुसुप्त रूपमा संग्रह गरिएका मनोवृतिहरूको उपज हुन् । यसबाट हामी भित्र के कस्ता क्लेशहरू लुकेको रहेछ त भन्ने कुराका वारे ज्ञान हुन जान्छ । यस हिसावले हामीलार्इ अाइ पर्ने दुःखहरू वा हाम्रो दुःखानुभव पनि हाम्रा मित्रहरू लाग्न थाल्दछ । ती दुखद अवस्थाहरू यस्ता सद्मित्रहरू हुन् नै यिनीहरूले हामीले सबै भन्दा बुझ्रन गाह्रो विषय सिकाइ दिन्छ । अाफ्नो बारे ज्ञान दिलाइ दिन्छ । अज्ञानता वस चालिने पाइलहरूले पुर्याउने अनन्त गहिराइ भएका खाडलहरूका वारे सचेत गराइ दिन्छ । यसरी दुखद अवस्थालार्इ हाम्रा गुरू वा मित्रका रूपमा हेर्ने दृष्टि प्राप्त भएमा हाम्रो उपेक्षा भावलार्इ बलियो बनाउन मद्दत पुग्दछ । 

सन्दर्भ सूची

http://www.buddhanet.net/ss06.htm

परम उपेक्षाका केहिं उदाहरणहरूः

थिच क्वाङ्ग डुक (Thích Quảng Đức 1897—11 June 1963), भियतनामी महायनी बाैद्ध भिक्षु हुन् जसले सियागोन सडकको चाैबाटोको बीचमा सन् १९६३ मा देशमा धार्मिक विभेदको चरमोत्कर्णलार्इ छेदन गर्ने र जनतामा र भावी पीढीमा समानता र लोकतन्त्रको ब्यवस्था स्थापित गर्न अाफूलार्इ जिउँदै बालेर अात्माहुति दिएका थिए । यो घटनाको प्रत्यक्ष फोटो विश्व भर प्रचारप्रसार भयाे जसको कारण तत्कालीन सैनिक शासक गो दिन डियम् (Ngô Đình Diệm) माथि अन्तर्राष्ट्रिय दवाव बढ्यो र अन्ततोगत्त्वा डियम् सरकारले सत्ता छोड्न बाध्य भयो ।  
थप जानकारीका लागि पढ्नुस् - Thích Quảng Đức सम्वन्धी Wikipedia मा लेख


Wednesday, September 13, 2017

लत बाट कसरी मुक्त हुन सकिन्छ ?


  • चित्त नै मन्त्र
  • कुनै चिज लार्इ पुनरूक्ति - शक्तिमा परिणत
  • अाचरण हुन जान्छ
  • जीवनमा प्रकट हुन शुरू हुन्छ । 
  • तिमि जे अाज छाै, त्यो कुनै विचारको पुनर्उक्ति कै परिणाम हुन् । 
  • सम्मोहन - सुत्र विचारलार्इ वस्तुमा रूपान्तर गर्नु छ भने त्यसलार्इ दोहराउनु

    • रेलको लिक वनाउनु पर्ने
    • इमार्इ कुवे - लाखाैं विरामीलार्इ मन्त्रबाट उपचार - म स्वस्थ छु भन्ने विचारलार्इ दोहराउनु, अाैषधीको भूमिका २० प्रतिशत मात्र होला, बाकि पुनरूक्ति, प्लेसेवोको काम, वजारमा विज्ञापनले काम गर्ने । 
    • सिगरेट मन्त्र बनिसकेकोले छोड्न नसकेको, अचानक छोड्न नसकिने, विपरित मन्त्रले काम गर्छ । 
  • व्रत लिएर तोड्नु झन् खतरा - व्रत तोड्ने पनि वानी पर्ने । 
  • गलतलार्इ तोड्नु तिर नलाग्नु, नकारात्मक नहुनु । 
  • ध्यान सिक्नु, सहिलार्इ पकड्नु, गलतलार्इ छोड्न सजिलो हुन्छ । 

  • अरू लार्इ वदल्न खोज्नु - त्यसमा राजनीति छ । उसमाथि अाधिपत्य जमाउन खोज्छ । नीच देखाउन 
  • प्रेमको सम्वन्धमा अरूलार्इ वदल्न खोज्नु प्रेममा वाधा हुन पुग्छ । पुरूष प्रधान समाजमा महिला हरेक हिसावले दवाएको हुन्छ । पत्नी ले तमाखु छोड्न
  • पत्नी 
  • स्त्री धन, पत्नीलार्इ पित्दा कानून नलाग्ने
  • हिटलर - सवै तरिकाले सद्चरित थिए । 
  • कारण ( तनावका कारण
  • प्रेम पाएर तनाव कम हुन्छ अाफै छुट्ला । 
  • तमाखु त्यस्तो ठूलो कुरा होइन  - 
  • छोड भन्नु झन् तनाव थप्नु हुन्छ । 
  • अरूको जीवनमा हस्तक्षेप नगर्नु । अाफै बुझ्न देउ । 
  • स्वयम् बोध होस् । 
  • चोरी गरे पछि दुःख हुने होइन - चोरी नै दुःख हो । 
  • असत्य अाफै दुःख हो । 
  • स्वर्ग र नर्क कुनै भाैगोलिक अवस्था होइन । प्रतिक्षण स्वर्ग र नर्कमा पुगिरहेको हुन्छ । 
  • भागो मत जागो । 
    • अफिसमा रिश्वत, परिवारमा सराव - कहि भागेर पनि छुटकारा पाउँदैन । 
    • कुनै पनि चिज मजबुरी होइन, तिमिले चाहेर गरेको हो वा नगरेको हो। अरूलार्इ दोषारोपन गरेर केहिं हुँदैन ।  
  • विस्तारै वट्टा निकाल्नु, विस्तारै खानुस् , जागेर गर्नुस् । 






Wednesday, August 30, 2017

करूणा

- दुःख समस्यामा परेका ब्यक्तिलार्इ त्यस दुःखबाट मुक्त होस् भन्ने कामना

- दुक्खापनयनाकारप्पवत्तिलक्खणा - दुःख हरण गर्ने गुणले युक्त - बिशुद्धिमार्ग

- परदुक्खे सति साधूनं हदयकम्पनं करोतीति - अरूको दुःख देखेर हृदयमा कम्पन हुने

- परदुक्खं हिंसति विनासेतीति - अरूको दुःख हटाउन उत्सुक हुनु

कोहिं ब्यक्ति यदि रोगले ग्रस्त भइ वसेको छ भने अनायासै त्यस ब्यक्ति छिटो भन्दा छिटो रोग निको भइ त्यस दुःख बाट उम्कियोस् भन्ने मनमा अाँउछ । यदि अाैषधि मूलो गर्ने ज्ञान नभए मनोकामना मात्र भए पनि यसरी राखिन्छ । यो करूणा भाव हो जुन स्वतःस्फूर्त रूपमा मानिसमा अाँउछ । त्यसकारण करूणा भाव सद्दे मान्छेको स्वभाव हो ।

- अरूको दुःख हटाउन अाफ्नो भाैतिक सुख त्यागिदिन्छ । अाफ्नो निन्द्रा, खाना समेत त्यागिदिन्छ ।

बोधिसत्वहरूको करूणा

- दिपंकर बुद्धका पालामा सुमेध ब्राम्हण भइ जन्मेका बोधिसत्वले दिपंकर बुद्ध जस्तै सम्येकसम्बुद्ध हुने संकल्प गरेको र उनै बोधिसत्व पछि शाक्यमुनी बुद्ध हुने भएको ।

करूणा, अहिंसा, दया र प्रेमको सहि मतलव बुझाैं । 



Friday, August 11, 2017

मैत्री भावना (खस भाषा)

अहं अवेरो होमि - ममा वैरभाव नहोउन् । 
अब्यापज्जो होमि -ममा मानसिक दुःख नहोउन् । 
अनीघो होमि - ममा शारीरिक दुःख नहोउन् । 
सुखी अत्तानं परिहरामि -  म अाफ्नो रक्षा सुखपुर्वक अाफै गर्न सकुन् । 
मम माता पितरो आचरिया च - मेरा अामा बुवा आचार्यहरू 
ञातिमित्ता च सब्रह्मचारिनो च - अाफन्त तथा सहब्रह्मचारीहरूमा
अवेरा होन्तु अब्यापज्जा होन्तु अनीघा होन्तु - वैरभाव नहोउन्, मानसिक दुःख नहोउन्, शारीरिक दुःख नहोउन्,
सुखी अत्तानं परिहरन्तु -  सबैले अाफ्नो रक्षा सुखपुर्वक अाफै गर्न सकुन्। 
इमस्मिं आरामे सब्बे योगिनो यहाँ विहारमा रहेका सबै योगीहरू 
अवेरा होन्तुअब्यापज्जा होन्तुअनीघा होन्तु - वैरभाव नहोउन्, मानसिक दुःख नहोउन्, शारीरिक दुःख नहोउन्,
सुखी अत्तानं परिहरन्तु - सबैले अाफ्नो रक्षा सुखपुर्वक अाफै गर्न सकुन् ।  
इमस्मिं आरामे सब्बे भिक्खू सामणेरा च उपासका उपासिकायो च-यहाँ रहेका सबै भिक्षु, श्रामणेर, उपासक तथा उपासिकाहरू 
अवेरा होन्तु अब्यापज्जा होन्तु अनीघा होन्तु  - वैरभाव नहोउन्, मानसिक दुःख नहोउन्, शारीरिक दुःख नहोउन्,
सुखी अत्तानं परिहरन्तु - सबैले अाफ्नो रक्षा सुखपुर्वक अाफै गर्न सकुन्। 
अम्हाकं चतुपच्चयदायका - चीवरभोजन, अाैषधी र विहार दानगर्ने चतुप्रत्यय दायकहरू
अवेरा होन्तुअब्यापज्जा होन्तुअनीघा होन्तु  - वैरभाव नहोउन्, मानसिक दुःख नहोउन्, शारीरिक दुःख नहोउन्,
सुखी अत्तानं परिहरन्तु - सबैले अाफ्नो रक्षा सुखपुर्वक अाफै गर्न सकुन्। 
अम्हाकं आरक्खादेवता इमस्मिं विहारे इमस्मिं आवासे -  यहाँ विहारमा रहेका, यहाँ घरमा रहेका आरक्षा देवताहरू
इमस्मिं आरामे आरक्खादेवता -यहाँ अाराममा रहेका आरक्षा देवताहरू
अवेरा होन्तुअब्यापज्जा होन्तुअनीघा होन्तु - वैरभाव नहोउन्, मानसिक दुःख नहोउन्, शारीरिक दुःख नहोउन्,
सुखी अत्तानं परिहरन्तु - सबैले अाफ्नो रक्षा सुखपुर्वक अाफै गर्न सकुन्। 
सब्बे सत्ता सब्बे पाणा सब्बे भूता - सबै सत्त्व, सबै प्राणि, सबै जीवहरू
सब्बे पुग्गला सब्बे अत्तभावपरियापन्ना - सबै पुद्गलहरू, सबै ब्यक्तित्वहरू (नाम व रूप सबै )
सब्बा इत्थियो सब्बे पुरिसा सब्बे अरिया - सबै महिलाहरू, सबै पुरूषहरू, सबै अार्यहरू
सब्बे अनरिया सब्बे देवा सब्बे मनुस्सा सब्बे विनिपातिका -  सबै अनार्यहरू, सबै देवताहरू, सबै मनुष्यहरू, सबै विनिपातिक प्राणिहरू (चार नरकमा रहेका)
अवेरा होन्तुअब्यापज्जा होन्तुअनीघा होन्तु - वैरभाव नहोउन्, मानसिक दुःख नहोउन्, शारीरिक दुःख नहोउन्, 
सुखी अत्तानं परिहरन्तु - सबैले अाफ्नो रक्षा सुखपुर्वक अाफै गर्न सकुन्। 
दुक्खा मुच्चन्तु यथा लद्धसम्पत्तितो माविगच्छन्तु सबै दुःख अन्त होस्, जति पनि प्राप्त भएका सम्पति नगुमोस् । 
कम्मस्सका - सबै अा-अाफ्नो कर्मका मालिक हुन् । 
पुरत्थिमाय दिसाय पच्छिमाय दिसाय पूर्व दिशामा, पश्चिम दिशामा
उत्तराय दिसाय दक्खिणाय दिसाय उत्तर दिशामा, दक्षिण दिशामा 
पुरत्थिमाय अनुदिसाय पच्छिमाय अनुदिसाय दक्षिण पूर्व अनुदिशामा, उत्तर पश्चिम अनुदिशामा
उत्तराय अनुदिसाय दक्खिणाय अनुदिसाय उत्तर पूर्व अनुदिशामा, दक्षिण पश्चिम अनुदिशामा
हेट्ठिमाय दिसाय उपरिमाय दिसाय तलको दिशा, माथिको दिशामा रहेका
सब्बे सत्ता सब्बे पाणा सब्बे भूता - सबै सत्त्व, सबै प्राणि, सबै जीवहरू 
सब्बे पुग्गला सब्बे अत्तभाव परियापन्ना सबै पुद्गलहरू, सबै ब्यक्तित्वहरू (नाम व रूप सबै )
सब्बा इत्थियो सब्बे पुरिसा सब्बे अरिया - सबै महिलाहरू, सबै पुरूषहरू, सबै अार्यहरू
सब्बे अनरिया सब्बे देवा सब्बे मनुस्सा सब्बे विनिपातिका -  सबै अनार्यहरू, सबै देवताहरू, सबै मनुष्यहरू, सबै विनिपातिक प्राणिहरू (चार नरकमा रहेका)
अवेरा होन्तु अब्यापज्जा होन्तु अनीघा होन्तु - वैरभाव नहोउन्, मानसिक दुःख नहोउन्, शारीरिक दुःख नहोउन्, 
सुखी अत्तानं परिहरन्तु - सबैले अाफ्नो रक्षा सुखपुर्वक अाफै गर्न सकुन्। 
दुक्खा मुच्चन्तु यथा लद्धसम्पत्तितो माविगच्छन्तु - सबै दुःख अन्त होस्, जति पनि प्राप्त भएका सम्पति नगुमोस् । 
कम्मस्सका - सबै अा-अाफ्नो कर्मका मालिक हुन् । 
उद्धं याव भवग्गा च अधो याव अवीचितो -  माथि तिरका जति पनि भुवनहरू छन्,  तलतिरका जति पनि अवीचिहरू छन् । 
समन्ता चक्कवालेसु ये सत्ता पथविचरा - सम्पूर्ण चक्रवालमा, यहाँ पृथ्वी (जमिन) मा वस्ने जति पनि प्राणिहरू
अब्यापज्जा निवेरा च निद्दुक्खा चानुपद्दवा - सबै मानसिक दुःख र वैरभावबाट मुक्त होस् । 
उद्धं याव भवग्गा च अधो याव अवीचितो - माथि तिरका जति पनि भुवनहरू छन्,  तलतिरका जति पनि अवीचिहरू छन् । 
समन्ता चक्कवालेसु ये सत्ता उदकेचरा - सम्पूर्ण चक्रवालमा, यहाँ पानीमा वस्ने जति पनि प्राणिहरू 
अब्यापज्जा निवेरा च निद्दुक्खा चानुपद्दवा - सबै मानसिक दुःख र वैरभावबाट मुक्त होस् । 
उद्धं याव भवग्गा च अधो याव अवीचितो माथि तिरका जति पनि भुवनहरू छन्,  तलतिरका जति पनि अवीचिहरू छन् । 
समन्ता चक्कवालेसु ये सत्ता आकासेचरा सम्पूर्ण चक्रवालमा, यहाँ अाकासमा वस्ने जति पनि प्राणिहरू 
अब्यापज्जा निवेरा च निद्दुक्खा चानुपद्दवा - सबै मानसिक दुःख र वैरभावबाट मुक्त होस् । 
साधु ! साधु ! साधु !