Sunday, June 17, 2012

भुँडि घटाउ अभियान


विगत २ महिना देखि म एक होडमा चलिरहेको छु । प्रकृति प्रेमी समूहले आयोजना गरेको लेले–लामीडाँडा–गोडावरी पदयात्रामा भाग लिए देखि त्यहिं समूहको अभियानबाट उत्प्रेरित भइ म पनि भुँडि घटाउ अभियानमा लागेको छु । आफ्नो स्वास्थ्य आफ्नै हातमा भन्ने मूल मन्त्र लिएर उचित आहार विहार र विचारको साधनामा लाग्दा यो छोटो समयमा निकै प्रभावकारी परिणाम आएकोले आफ्नो अनुभव साट्न यो पोष्ट लेख्दैछु ।
समस्या मेरो के थियो होला भन्दा बुँदागत रुपमा पस्किनु पर्दा ती यस प्रकार छन् ।


अत्याधिक तौल
अत्याधिक तौललाई हेर्दा धेरैलाई समस्या नलाग्न सक्छ । कत्तिले त साँस्कृतिक रुपमै यो धारणा बोकेको हुन्छ की मोटो घाटो मान्छे स्वस्थ र फुर्तिलो हुन्छ । त्यस कारण १७५ से.मी उचाइ भएको ब्यक्तिको तौल ८६ के.जी. हुनु कसै कसैलाई कुनै अस्वाभाविक र समस्या नलाग्न सक्छ । मोटोपन, पेटमा विकार रहनु, शरिरको जोर्नी, नशाहरु नियमित रुपमा नचलाइनु आदि कुराहरु प्राय सवै रोगका कारण हुन सक्छ । ब्लड प्रेशर, सुगर, मुटु रोगलाई औषधोपचार बाट निर्मूल पार्ने कुरा प्राय असम्भव प्राय मानिसकेको छ । यी रोगहरु यीनै अत्याधिक तौल भएका, आहार विहारमा सन्तुलन नभएकालाई लाग्ने सम्भावना वढी रहेको कुरा थाहा पाए पछि मेरो भुँडि घटाउ अभियानमा होमिएको हुँ ।

(बाँकी अंश .....)