Saturday, July 15, 2017

क्रोध

के हो क्रोध ? कहाँ छ क्रोध ? कसरी क्रोधलार्इ जान्ने ? क्रोधलार्इ जाने पुग्छ अरू केहिं गर्नु  पर्दैन । क्रोधको झन्झटबाट पूर्ण रूपमा मुक्त हुन्छ ।


यस  भिडियोका केहिं उल्लेखनीय कुराहरूः
  • Take ownership of your deed of Anger: Anger is not like going to toilet as if मुझे ट्वाइलेट अागया । जसमा अाफ्नो नियन्त्रण छैन । गर्ने प्रयास पनि गर्नु हुँदैन । It is like a dance जुन अाफ्नो स्वर्इच्छाले गरिने कुरा हो । त्यसैले क्रोधलार्इ नियन्त्रणमा राख्न सकिन्छ । सजिलै सकिन्छ । त्यसैले 'मलार्इ रिस उठ्छ ।' भन्ने वाक्यांश सहि होइन । 'मैले क्रोध गरेँ ।' भन्नु पर्ने हुन्छ । 
  • रोकेर हेर अरू केहिं गर्न पर्दैन - क्रोध कहाँ छ ? कस्तो अाकार प्रकारको छ ? उस सँग लड्न कुन रणभूमिमा भेट्ने ? क्रोध वास्तवमा कहिं पनि छैन । क्रोधको वास्तवमा अस्तित्व नै छैन । यो मात्र मानिसको मानसले वनाउने भूतको अाकृति जस्तै मात्र हो । भूत सँग डर लाग्छ भने त्यो डर भगाउने एउटैमात्र तरिका छ, त्यो हो पछाडि फर्केर हेर्ने । भूत सँग जित्न अरू कुनै ठूलो वल लगाउनु पर्दैन । त्यस्तै नै, क्रोध सँग जित्न अरू केहि गर्नु पर्दैन । एक छिन रोकेर अाफै भित्र हेरे पुग्छ । 
  • Just a Little Gap...: कुनै पनि घटनाको कारणले मनमा एक भावदशा उत्पन्न हुन्छ । त्यस भावदशालार्इ मन पर्ने वा मन नपर्ने भावमा मूल्यांकन हुन्छ र तुरून्तै प्रतिक्रिया गरिदिन्छ । कतिपय अवस्थामा यो प्रतिक्रिया ज्यादै महँगो सावित हुन्छ । रोकी हेर्ने वानी वसाल्ने वित्तिकै दुर्इ चिज हुन्छ । 
    • मनको भावदशा हावी हुन दिँदैन
    • intelligence र awareness हुँदा क्रोध टिक्न सक्दैन । कुनै पनि सचेत मान्छे जानी जानी अाफ्नो हात अागोमा हाल्दैन । 
  • सबै समस्याको कारण अाफू भित्रै छ, तसर्थ समाधान पनि अाफै भित्र छ - [ 32.30 ] दुःखको कारण अाज सम्म बाहिर देखि रहेको, भित्र हेरे पछि थाहा हुन्छ ती कारणहरू बाहिर होइन भित्र रहेछ । मन भित्र यति धेरै विकार पालि राखेको कारणले यी सव समस्या अाएको रहेछ । ती सबै विकार हटी चित्त शुद्ध भए पश्चात् त्यहाँ एक मात्र चिज बाकि हुन्छ त्यो हो जो तिमि साँच्चै नै हाै । त्यो स्वभाव हो - मैत्री, प्रेम ।  

क्रोध पर काबू कैसे करेँ ? 


  • प्रतिकूल परिस्थितिमा क्रोध अाउने हो । 
  • ग्रहण गरेकोले क्रोध अाउने हो, गाली गरेकोले होइन - अाफ्नो तारिफ सबैलार्इ राम्रो लाग्छ । कसैले दुष्ट भन्ने वित्तिकै क्रोध अाउँछ । कसैले दुष्ट भन्दैमा दुष्ट हुने हो र ? कसैले महिलालार्इ पुरूष भन्दैमा पुरूष बन्ने हो र ? तिमि ग्रहण गर्छाै तव तिमिलार्इ क्रोध अाउने हो । कसैले केहि भन्दैमा केहिं हुने वाला होइन । 
  • सम्येक स्वीकार - फूलमा पनि प्यार, काँडामा पनि प्यार
    • बुद्धलार्इ तथागत किन भनिन्छ ? - विपरित परिस्थितिमा पनि सन्तहरूमा केहिं प्रभाव पर्दैन । 
    • कोहि सम्मानबाट प्रभावित हुन्छ भने अपमानमा पनि प्रभावित हुन्छ नै । 
    • प्रसंशा मिठो लाग्यो भने निन्दा नमिठो लाग्छ । 
    • तेरे फूलोँसे प्यार हे तरे काँटों से भि प्यार हे । 
  • म के हुँ भन्ने चिन्ने ? म देह होइन, मन होइन ? 
  • कमलको फूल जस्तै हुने - छाल अाउँद केहिं थोपा पानी लाग्यो नै भने पनि त्यो पानी त्यहाँ नटाँसिकन तल झर्छ । 

Overcome Anger (क्रोध पर काबू कैसे): Osho Siddharth Aulia


  • मे क्रोध बच्चे देखिको बानी, त्यसैले समस्या मेरो अामाबुबा बाटै अाएको हुनु पर्छ । ????
  • जव सम्म नजर अरूमाथि हुन्छ क्रोध समाप्त हुँदैन, नजर अाफैमा अाए पछि क्रोध टिक्न सक्दैन । 
  • दुख सख को कारण अरूकोहि होइन, अरू हो भन्ने ठान्ने मूर्ख हो । अाफ्नो कर्म वन्धनबाट नै दुःखमा पर्ने हो।
    • पतिले यस्तो गर्नु पर्ने
    • बोसले यस्तो गर्नु पर्ने
    • त्यस्तो कोहिं पनि पाउँदैन - जसले अरूको अनुकूल सँधै काम गर्छ । 
  • म को हुँ ? निराकार चैतन्य हुँ
    • जहाँ कुनै अपेक्षा हुँदैन । 
    • गीतामा कृष्ण - विषय, त्यसलार्इ प्राप्त गर्ने कामना, कामना पूर्तिमा वाधा भएमा क्रोध अाउँछ । 
      • कामना त अरूमा हुने हो । 
    • भित्र हेर्यो भने क्रोध कहिं पाउँदैन । 

No matter how angry you get, Restrict the expression of your anger to the incident that provoked it.
Joseph Telushikin
Prager University




Anger, Compassion, and What It Means To Be Strong | Russell Kolts | TEDxOlympia


Dalai Lama: "Anger, hatred, fear, is very bad for our health"


Friday, July 14, 2017

धाःबाजाया बोल

गुइतः त्वाः स थाइगु धाःबाजाया बोल

जति ताल

द्यो ल्हाय्गु

घ्यें त त घ्येंत घ्येंत घ्ये घ्ये दिघ्येंत घ्ये घ्ये दिघ्येंत – २
तघ्येंत दिघ्येंत घ्येंत घ्यें ताघ्यें ताघ्यें घ्येँ त ।


छातँ 

तीनिता घ्येनिता खतीताघ्ये नातिखता दि धाँ धाँ दीधाँ घ्येँत घ्यँेत ख त
नाखर्दिताखती ताखघ्येदिधाँ घ्येन्द्रघ्येंतखति तिनित ख – २
नाखर्दिताखती ताखघ्येदि धाँ घ्येन्द्रघ्येत खति तिनित खति धाँ ।
तीनिता घ्येनिता खतीताघ्येनातिखता दि धाँ धाँ दीधाँ घ्येँत घ्येँत ख त

न्ह्या - १ 

घ्येंदित घ्येँत दिघ्येँत ख तः
घ्येँदित घ्येँत दिघ्येँत दिर्गीत ताखर्दिताखती ताख् धाँदि धाँदि धाँदि धाँधाँ
ताखर्दिताखता घ्येत दिघ्येतः ख त ।
ख दिर्गीत खद्रिखताखतीताख् धाँदि धाँदि धाँदि धाँ धाँ घ्येँदित घ्येँत दिघ्येँतः ख त ।। २ ।।

चल्ती - १ 

त खतित तखति ताख्धुली । (माक्व काय्गु)

त्वाल्हायेगु 

घ्ये धाँ घ्येघ्ये धाँ, घ्ये धाँ घ्येतीतग् रीगीत रीगीदीगी त ।। ४ ।। (माक्व काय्गु)

न्ह्या - २

ताख् घ्ये धाँ ख तः
ताख् घ्येधाँ घ्ये त त खतीत
दिख्घ्येधाँ घ्ये त त खतीत
घ्येताख् घ्येताख् घ्येताख् घ्येताख् घ्येँत ख त – २

चल्ती - २ 

ताख् ध्येँधाँ ताख् ध्येँ ध्येँ धा
ताख् ध्येँधाँ ध्येँ ति ति त । (माक्व काय्गु)

त्वाल्हायगु - २ 

घ्ये धाँ घ्येघ्ये धाँ, घ्ये धाँ घ्येतीतग् रीगीत रीगीदीगी त ।। ४ ।। (माक्व काय्गु)

न्ह्या - ३

घ्येंदिता घ्येंदिता घ्येंदिताघ्यें नातीखता,
घ्येंदिता घ्येंदिता घ्येंदिताघ्यें नातीखता घ्येँत,
घ्ये त त घ्येँत दिघ्येत खद्रिगीत खद्रिगीत खद्रिगीतत
त त त ध्येँतदिध्येँत । ख त – २
घ्येतित त खर्दिगी त खर्दिगी त त
त त त घ्येत दिघ्येत ख त ।। २ ।।

चल्ती - ३ 

ताखघ्येत खति दिख्ध्येँत खति धाँ (माक्व काय्गु)
त्वाल्हायगु ३ ः—
घ्ये धाँ घ्येघ्ये धाँ घ्ये धाँ घ्येतीतग रीगीत रीगीदीगी त ।। ४ ।। (माक्व काय्गु)

न्ह्या - ४ 

तखर्दितखती दिखर्दिता खतादिर्गीत ख त ,
तखर्दितखती दिखर्दिता खतादिर्गीत खघ्येत दिखघ्ये ताख घ्ये त खघ्येत, त त दीर्गीत,
त खघ्येत दी खघ्येताख् घ्येँत, ख त – २
त खघ्येत दिखघ्ये ताख घ्ये त खघ्येत, त त दीर्गीत, त खघ्येत दी खघ्येताख् घ्येँत, ख त–२

चल्ती - ४ 

 ध्येतित ध्येतितित, खतित खतितित। (माक्व काय्गु)

त्वाल्हायगु - ४ 

घ्ये धाँ घ्येघ्ये धाँ घ्ये धाँ घ्येतीतग रीगीत रीगीदीगी त ।। ४ ।। (माक्व काय्गु)

गौ काय्गु 

तिनि ताख्धाँ ख त, तिनि ताख्धाँ तिनित ताख्धाँ , तिनि ताख्धाँ तिनित ताखधाँ
तिनिता घ्येनिता खतिताघ्ये नातीखता दी धाँ धाँ दीधाँ घ्येत घ्येत ख त ।।२।।

कोछीगु 

घ्येदीखतग घ्येदीखतग धाँ ।। ४ ।।
तघ्येत दिघ्येत घ्येतघ्ये ताघ्ये ताघ्ये घ्ये त ।


चो ताल

छातँ

रीती धाँ रीती खत खतग घ्येंत घ्येंत घ्यें दिघ्येंत ख ।
घ्येतिताख् घ्येतिताघ्यें दिघ्येंत ख ।
घ्यें दिघ्येंत घ्यें दिघ्येत ।
रीती धाँ रीती खत खतग घ्येंत घ्येंत । 

न्ह्या १

तखर्दिगि ताखर्दिगी तखर्दिगी ताखर्दिगी त खत घ्येंत ख त - २
घ्येंत घ्येंत घ्येंत घ्येंत धाँ दिगी त त ख त - २
घ्येताघ्येंत घ्येताघ्येंत घ्येंत रीगीत रीगीत - २ 
ताख्घ्येंतखतिधाँ दीख्घ्येंतखतिधाँ घ्येंत रीगीत रीगीत - २ 
त त त घ्येंत दिग् त त घ्येंत घ्येंत रीगीत रीगीत - २ 

चल्ती १
तखती ताख्धुली । (माक्वकाय्गु) 

त्वाल्हायगु - १
घ्येंधाँ घ्येंदिधाँ, घ्येंतत खतीताख् घ्येधाँ घ्येंदीघ्येंत
तखर्दिताखतिताख् दिताखती त त त त त घ्येंत दीघ्येंत - ४ 

 न्ह्या २
धाँघ्यें ताखघ्ये धाँघ्ये ताखघ्ये धाँघ्ये ताखघ्ये 
ताखर्दिताखतिताख्धाँघ्ये ताखघ्ये धाँघ्ये ताखघ्ये धाँघ्ये ताखघ्ये 
ताखर्दिताखतिताख् दिखर्दिता खतादिगी त खघ्यें दिखघ्येंत ।
त खघ्यें दिख्घ्ये त खघ्यें दिख्घ्यें त खघ्यें दिख्घ्यें त त दिर्गीतत खघ्यें दिखघ्येंत - २ 

त त तग् घ्येंत ख । 
 त त तग् घ्यें ताघ्ये ताघ्ये घ्यें त त घ्येंत - २ 
धाँ घ्येंदि त घ्यें दिताखती धाँ - २ 
त घ्यें दीताघ्यें त घ्ये दीताघ्यें त घ्ये दीताघ्यें त त दिर्गीत 
त त त घ्येंत -२ 
घ्येंद्रिग घ्ये धाँ घ्ये ताघ्ये दिघ्येंत ताघ्ये दिता घ्येंद्र घ्येत घ्ये तितित - ३ 

चल्ती २
घ्ये तितित । (माक्वकाय्गु)

त्वाल्हायगु
घ्येंधाँ घ्येंदिधाँ, घ्येंतत खतीताख् घ्येधाँ घ्येंदीघ्येंत
तखर्दिताखतिताख दिताखती त त त त त घ्येंत दीघ्येंत - ४

न्ह्या ३
तखति दिताखती तखति दिताखती त त त घ्येंत
तख घ्येदिधाँ, घ्येतत खतीताख् दीख घ्येदिधाँ, घ्येतत खतीताख्
घ्येताख घ्येताख घ्येंत, घ्येताख घ्येताख घ्येताख घ्येताख घ्येंतघ्येताख घ्येताख घ्येत - २

चल्ती ३
ताख् घ्ये घ्ये धाँ ताख् घ्ये घ्ये धाँ ताख घ्ये घ्ये धाँ घ्ये तितित । (माक्वकाय्गु)

त्वाल्हायगु
घ्येंधाँ घ्येंदिधाँ, घ्येंतत खतीताख् घ्येधाँ घ्येंदीघ्येंत
तखर्दिताखतिताख दिताखती त त त त त घ्येंत दीघ्येंत - ४

न्ह्या ४
धाँ रीगीदिगी त रीगीदिगी त रीगीदिगी त – २
ताघ्येघ्ये दिगधाँ दिघ्ये तखधाँ ताघ्येघ्ये दिगघ्ये त दी दी त – २
घ्यें घ्येंत घ्यें घ्येंत घ्यें घ्येंत घ्येत द्रिगीधाँ रीगीदिगी त – २
ताघ्येघ्ये दिगधाँ दिघ्ये तखधाँ ताघ्येघ्ये दिगघ्ये त दी दी त – २
धाँ रीगीदिगी त रीगीदिगी त रीगीदिगी त – २
घ्ये त त घ्ये त त घ्ये त त घ्येत द्रिगीधाँ रीगीदिगी त – २
ताघ्येघ्ये दिगधाँ दिघ्ये तखधाँ ताघ्येघ्ये दिगघ्ये त दी दी त – २
धाँ रीगीदिगी त रीगीदिगी त रीगीदिगी त – २
घ्ये त त घ्ये त त घ्ये त त घ्ये, घ्ये त त घ्ये त त घ्ये – २
तीनिता तीनिता तीनिता तीनिता तीनि घ्ये त त घ्ये त त घ्ये – २
धाँ रीगीदिगीत रीगीदिगीत रीगीदिगीत – २
ताघ्येघ्ये दिगधाँ दिघ्ये तखधाँ ताघ्येघ्ये दिगघ्ये त दी दी त – २ 

चल्ती ४
ताखघ्येंतखतीधाँ दिखघ्येंतखतीधाँ । (माक्वकाय्गु)

त्वाल्हायगु
घ्येंधाँ घ्येंदिधाँ, घ्येंतत खतीताख् घ्येधाँ घ्येंदीघ्येंत
तखर्दिताखतिताख दिताखती त त त त त घ्येंत दीघ्येंत - ४ 

गौ कायगु
ताघ्येंत खतीत ख त
ताघ्येत खतीत दिघ्येत घ्ये दिघ्येत खतीत ताघ्येत घ्ये
त घ्ये दिताखती दि घ्ये दिताखती धाँ दिधाँ, दिधाँ, घ्येत खती धाँ - २ 

कोछीगु
घ्येदीखतग धाँ - ४ 
तघ्ये त दिघ्ये त घ्येंत घ्येताघ्ये ताघ्ये ताघ्ये घ्यें त ।

Wednesday, June 28, 2017

Love प्रेम

एक प्रेम कारागार, एक प्रेम मन्दिर जस्तो । के प्रेम र प्रेममा पनि भेद हुन सक्छ र ?



प्रेम मन्दिर - प्रेम शुद्धतम रूपमा प्रकट भयो भने मन्दिर हो जुन अकारण हुन्छ, बेशर्त हुन्छ । मन्दिरको द्वार सँधै खुला हुन्छ, जसरी भित्र गयो त्यसरी नै बाहिर निस्कने कुनै वन्धन हुँदैन । पूर्ण अाजादि हुन्छ । यसले अाफूलार्इ माथि माथि लाने गर्दछ । 

प्रेम कारागार -यदि प्रेम अशुद्धरूपमा हुन्छ भने कारागार हो जुन वासना, शोषण, हिंसा, इर्ष्या, द्वेष, अाधिपत्य possession का रूपमा प्रकट हुन्छ । कारागार वन्धन हो जहाँ तिमी त्यस बार बाट उम्किन तड्पिरहेका हुन्छाै तर तिमी निस्कने बाटो सबै वन्द पाउँछाै । 

अशुद्ध प्रेम मार्फत शुद्ध प्रेमको यात्रा गर्न सकिन्छ ।- प्रारम्भमा प्रेम अशुद्धताबाटै शुरू भए पनि जव जव गहिराइमा प्रेम पुग्छ विस्तारै शुद्धता अाउन थाल्छ । शारीरिक तहमा नै शुरू भएको प्रेमलार्इ पनि पछि मन मन बीचको प्रेममा विकसित गर्न सकिन्छ । मानिस पशु पनि हो र मानिस परमात्मा पनि हो । यी दुइ तहका विन्दुलार्इ जाेड्ने सिंडि प्रेम हो । यहिं प्रेमको माध्यमवाछ परमात्मा प्राप्त गर्न सकिन्छ भने यहिं प्रेमका कारण पशुत्वमा पुग्न सक्छ । प्रेमले नै नरकमा पुर्याउन सक्छ । त्यसैले धर्म ग्रन्थहरमा प्रेमलार्इ भयको रूपमा प्रस्तुत गरेको छ र प्राय मान्छे प्रेमबाट भाग्न खोज्छ । जो मान्छे भाग्छ उसले केहिं पनि पाउँदैन । यदि कोहिं ब्यक्ति तलतिर अोर्लेर तल पुग्छ भने के त्यो सिडिको दोष हुन्छ ? त्यसैले यदि प्रेम नरक वा परमात्मा सम्म पुग्ने एउटै सिढिहो भने सिढिलार्इ छोडेर हाइन हिड्ने दिशा वदल्नु पर्दछ । कसरी दिशा वदल्ने त ? 

[8:40] दुइ प्रकारका प्रेम - प्रेम कसैलार्इ पनि गर्न सकिन्छ, पत्नी वा पति, छोराछोरी, अामावुवा, अाफन्त, मित्र जो सुकैलार्इ गरे पनि प्रेमको गुण दुइ प्रकारको हुन सक्छ । 
  1. अाधिपत्यता - एक प्रकारको प्रेममा अाधिपत्यताको भाव हुन्छ, अरूलार्इ गुलाम वनाएर अाफू मालिक हुन चाहने खालको हुन्छ । यो यस्तो वन्धन हो कि तिमीले बाँधेको वन्धनले तिमीलार्इ पनि बाँध्छ । यस्तो सम्वन्धको भित्री तहमा सदैव प्रतिसोधको भाव हुन्छ, छुद्र कुराहरूमा विशाल कलहको प्रादुर्भाव हुन्छ । अाधिपत्य भावले प्रेमको हत्या गर्छ । यसले इर्ष्या जन्माउँछ । अाफ्नो पत्नीले कसै सँग हाँसेर बोलेको देखे भने रिस उठ्छ । 
  2. मुक्ति - अर्को प्रकारको प्रेम मुक्तिको बाटो हो । कारागारमा प्रेमको जन्म हुन सक्दैन । एक स्त्रीलार्इ प्रेम गर्छ भने उसले सबै स्त्रीहरूलार्इ प्रेम गरेको वरावर हो । साैन्दर्य त सबैको एउटै हुन्छ । त्यहाँ ब्यक्तिसँग त्यति सम्वन्ध राख्न पर्दैनथ्यो । यो प्रेम वेशर्त हुन्छ । Unconditional Love मा प्रेमीलार्इ सुधार गर्न खोजिंदैन । "I love you the way you are." 
प्रेममा शुद्धता ल्याउन जरूरी छ यदि प्रेमको सिढीबाट माथि तिर लाग्ने हो भने । 
अपेक्षा रहितता - साँचो प्रेममा प्रेमीलार्इ सुधार गर्ने चेष्टा रहँदैन । प्रेमीमा जे छ त्यहिं रूपमा प्रेम गर्ने गर्दछ । त्यसैले त्यो प्रेम वेशर्त हो । प्रेमीले अर्को प्रेमीबाट अपेक्षा राख्न थाल्यो कि प्रेमको हत्या हुन्छ । 

[30:10] उपमा - प्रेम विवाहको केहि समयमा नै पति पत्नी बीच झगडा शुरू हुन्छ । झगडाको बिउ चुरोट पान थियो । सबै परिवार त्याग गरेर भागी विवाह गरेका यी दम्पति एउटा चुरोटका लागि प्रेम नै परित्याग गरे । पत्नी प्रेमलार्इ छोड्न तयार तर चुरोटको गन्धलार्इ सहन तयार भएन भने पति पनि पत्नीलार्इ छोड्न तयार तर चुरोट छोड्न तयार भएन । यति छुद्र कुरा पनि सहन नसक्नेहरूले भोली बिरामी भयो भने, लँगडा, बुढा, कमजोर अादि भयो भने कस्तो ब्यवहार गर्ला  । त्यसैले वेशर्त प्रेममा सुधारको अपेक्षा लिइँदैन । यदि शतप्रतिशत प्रेम दिन सकेमा सुधार अाफै हुन पुग्छ ।यदि पत्नीले पूर्ण प्रेम गरेको भए के थाहा पतिले अाफै चुरोट छोडिदिन्थ्यो कि ।

What is love? Five theories on the greatest emotion of all

A reading on The Guardian Magazine (Web version)
https://www.theguardian.com/commentisfree/2012/dec/13/what-is-love-five-theories

Tenzin Palmo Jetsunma - The difference between Genuine Love and Attachment



Attachment vs Love _ Sadhguru 



What is Love?


What is true Love?


3 Signs of True Love



बचके रहना इश्कसे अो सबकुछ मिटादेगा
तु तो चिज क्या हे, तेरा राख तक जला देगा । 

प्रेम = परम भन्ने शब्द बाट वनेको, सबै भन्दा अन्तिम, परमार्थ, highest, supremen

  • Observe - contemplate
    • हतारमा हामीले केहि पनि सत्य देख्न र बुझ्न सकिन्न ।

१. तु हि तु । तु नहिं तु मे कहाँ,
  • उपमा - Full moon light > reflection > light > light = darkness

          Light + moon = appears
  • प्रकाश करोडा कि.मी. यात्रा गर्छ तर प्रकाश देखिंदैन । त्यसैले प्रकाश नै अन्धकार हो । "लाखै बर्ष म भतकिरको थिए तिम्रो अगाडि अाए पछि मात्र मलार्इ म प्रकाश हुँ भन्ने थाहा भयो । तिमी नभए म कहाँ हुन्थेँ । रोशनीको जिन्दगिमा अन्ध्यारै अँन्ध्यारो छ ।"
  • चन्द्रमा (जसमा एक थाेपा प्रकाश छैन) मा त्यस प्रकाश ठोक्किए पछि मात्र त्यस प्रकाश देखिन थाल्छ । त्यसैले प्रकाश अाफैमा अस्तित्त्व छैन त्यसैले प्रकाश देखिनुको पूर्ण श्रय चन्द्रमामा जान्छ ।
 २. मे हि मे
  • उपमा - Rainbow - देखिनु, हेर्दै रहेमा अझ साँच्चैको देखिन थाल्छ ।> प्रकाश हो > 
    • Right view - नत्र धोखा मात्र ।

दोस्ति र प्यार प्यारमा के फरक छ । 
  • दोस्ती - राम्रो tunning भएको अवस्था, Commitment is not love
    • Bounded = possession (तिमी मेरो हो, मात्र मेरो हो । म तिमी सँग मात्र बस्छु । ....) > टट्टु प्यार
    • नाटक शुरू हुन्छ, cheating शुरू हुन्छ । 
    • Leads to confusion, conflict, jealousy, anger.
  • जसलार्इ सहि दृष्टि छ । हेर्न जानेको छ ।
    • उपमा - सुगा र एेना - एक जना सुगालार्इ एेना अगाडि राखी दियो भने अाफ्नै छाँयालार्इ अर्को भन्थानी ठुँगिरहेको हुन्छ । जसले हेर्न जानेको हुन्छ, उसले यसो कदापि गर्दैन ।  
      • प्रेम - हेर्ने र देखिने एउटै हो भन्ने बोध
    • उपमा - जिब्रो टोक्नु - यदि अाफैले अाफ्नो जिब्रो टोक्यो भने के हामी दाँतलार्इ बदला लिन्छाैं ? पाठ सिकाउँछाैं ? - दाँत पनि म नै हुँ, जिब्रो पनि म नै हुँ । 
    • उपमा - जोडिनुमात्र होइन छुट्टिनु पनि प्रेम - अाफ्नै हात काट्नु पर्यो भने प्रेम पूर्वक हात काटिन्छ । त्यसैले कहिले काहिं छुट्टिनु पर्यो भने पनि प्रेम हुन सक्छ ।
मे हि मे हुँ - यो अहंकार होइन । मे तुझ से अलग - यो अहंकार हो । तर प्रेम  - अाफूलार्इ जान्नु, म जे हो तिमी पनि त्यहिं हुँ । 
  • उपमा - दुइ क्यामेरा - दुइ क्यामेरा एक को अगाडि अर्को राखिदिएको । हेैर्दा एक क्यामेराले अर्को क्यामेरालार्इ हेरि रहेको जस्तो हुन्छ तर सत्यमा दुबै क्यामेराबाट हेर्ने ब्यक्ति त एउटै रहेछ । 


३. न मे न तु - सबै भन्दा माथिल्लो तहको बोध
  • उपमा - दुर्इ पानीको छाल - देखिन्छ कि, ती छालहरू एक अर्का सँग मिल्न खोजिरहेको छ । 
    • जे अाफ्नो पूर्व सूचना (मान्यता, शिक्षा, घरपरिवार समाज अादि) छ त्यसैको अाधारमा अगाडि देखिएको चिजलार्इ प्रिय वा अाफ्नो ठान्न थाल्छन् । जव त्यो MATCH हुन्छ एक्कासी एक झिल्का उठ्छ । यी छालहरू सबै सपना समान हुन् । सपना देख्नु प्रेम होइन । प्रेम त - सपना टुट्नु हो । सपना नै टुट्न को लागि हो । सपना टुटे पछि दुःख हुन्छ ।
    • दुबै छालको अाफ्नो अस्तित्त्व छैन । दुबै पानी हो । यी छालहरू कहिले competition गर्छ, कहिले झगडा गर्छ । त्यो छालको तहमा मात्र हो । 
    • Past कहिं पनि छैन । जे छ त्यो Present मात्र हो । 
      • छालमा past होला, पहिला म यत्रो थिएँ । पहिला म यहाँ थिएँ । 
      • तर पानीमा कहाँ past ?, memory ?
    • यदि यो बोध ल्याउने हो भने धेरै छाल चाहिंदैन - एक नै काफि हुन्छ । 

What is Love and what is not ? Yogi Vikashananda


What is True Love? By Sandeep Maheshwari I Hindi



प्रेम के हो ? अोशो शैलेन्द्र


  • प्रेमको परिभाषा दिन सकिन्न किन कि यो विराट छ । प्रेम के हो भनेर सोध्नु भन्दा प्रेमपुर्वक जिउनु अाफै प्रेम के हो भन्ने बोध हुन थाल्दछ । जुन सुकै परिभाषा पनि अपूर्ण र भ्रामक हुनेछ । 
  • विज्ञानमा पहिला जान्ने काम गर्दछ अनि मात्र प्रयोगमा जान्छ । तर अध्यात्ममा पहिला गर्ने हो अनि अाफै जान्दै अाउँदछ । 
  • भूलचुक होला, त्यसैबाट हामी सिक्छाैं र  सिक्न थाल्छाै । 
  • प्रेमको गन्तब्य के हो ? - 

प्रेम पूर्वक होनेके सरलतम उपाय क्या है ? 


  • प्रेमपुर्वक जिउनु अत्यन्त कठिन, तर सबै भन्दा सजिलो पनि
  • उपाय
    • अहो भाव
    • दिने भाव
  • प्रेमका तीन रूप
    • काम - ९०% लिने र १०% दिने भाव
    • सम्वन्ध - ५० - ५०
    • प्रेम - ९०%दिने  र १०%  लिने भाव
  • उपमा - Isomorphous series - Manganese Trungstrate, Iron Trungstrate, if 50-50 it is called Ultramite. 
  • 10 step ladder of human Qualities - Gratritude at top; and complaining attitude at the bottom
  • अहो भाव - नजर त्यसमा जे अाफूसँग छ । 
    • यशु - जो सँग छ, त्यसलार्इ थपिदिन्छु, जो सँग छैन उसको सबै छिन्छु । 
    • पात्रताका भाव
    • जे छ त्यसमा नजर, संसारी मान्छे जे छैन त्यसमा मात्र नजर लगाउँछ । 
    • गाैत्तम बुद्ध - 
मनहि सुख दुखका मूल अहो
जो हे उसका न करता मान
जो नहि मिलातो परेसान
यो ध्रुवानी परित्यज्य
अ ध्रुवानी नसेवते
ध्रुवानी तस्य नस्यन्ते
अधुवनी नस्य मेवन्ति

जे छ त्यसलार्इ पनि नस्त गर्छ ।

  • अहो भाव यस्तो उर्वर भूमि हो - दिने भावको वीच फस्ताउँछ, प्रेम फस्ताउँछ । 
  • जीवन को दुर्इ भाग - सद्गुरूको अगाडी र सद्गुरूको पछि
  • उदाहरण - अोशोको तस्वीरमा हेरी धन्यवाद दिइरहको हुन्छु । 




Tuesday, June 20, 2017

मैत्री भाव - जीवन जगतको तीन तह - वाहिरी जगत, कर्म र संवेदना प्रति कस्तो भाव राख्ने

हामी अाफ्नो जगत तीन तहमा अनुभव गर्न सक्छाैं । ती तीनै तहमा कसरी ब्यवहार गर्ने त ?
  1. वाहिरी जगत - जति पनि सजिव निर्जिव बाहिरी जगत प्रति पूर्ण मैत्री भाव राख्ने । वैरभाव, दुर्भावना, हिंसा, वैमनस्यको विपरित भाव जुन प्रेमले भरिएको हुन्छ । मैत्री भाव सरल र सजह हुन्छ जवकि धृणा भावमा वढी बल पुर्याउनु पर्दछ । "It cost nothing to be kind." भने झै प्रेम फैलाउन केहिं खर्च गर्नु पर्दैन । 
    • उपमा [6:55] गुरूले शिष्यलार्इ लिएको अन्तिम परीक्षा - एक गुरूकुलमा पढाइ सिद्ध्याएर घर जान लागेका विद्यार्थीहरूलार्इ गुरूले भनेका थिए  - म तिमीहरूलार्इ एक अन्तिम परीक्षा लिन्छु । तर अन्तिम दिन अार्इ सक्दा पनि कुनै परीक्षाको कुरा नउठाएकाले गुरूले बिर्से होलान् भनी शिष्यहरू कसैले त्यस कुरालार्इ उठाइ विदावारी भए । बाटोमा हिंड्दै जाँदा एक ठाउँमा बीच बाटोमा काँडै काँडा विछ्याएको पाए । पहिलो विद्यार्थी उफ्रेर गए, दोस्रोले अाफू पन्छिएर बाटो लागे । तेस्रोले भने यस काँडाले अरूलार्इ दुःख दिन्छ भन्ने मनमा राखी काँडा जम्मै उठाइ छेउमा फाल्न थाले । त्यहिं काँडाको झार भित्र उनका गुरू वसिरहेका थिए । अगाडि गएका दुबै जनालार्इ वोलाएर तिनीहरूको पढाइ सकेको छैन भनी केहि समय गुरूकुल मै रोक्न भने । 
    • उपमा [9ः10] फूल रोप्ने महिला - एक जना महिला बाटोमा हिँड्दा जहिले नै एक झोला बोकेर हिँड्थे । जहाँ अलि उर्वर माटो देख्छ त्यहाँ झोलाबाट केहि निकालेर छर्थ्यो । एक जना मानिसले त्यो के गरेको भनी सोध्दा उनले भने । यो फूलको वीज छरेको हो। म एक फूल देख्दा कति अानन्दित हुन्छु । यसरी नै मानिसहरू मैले छरेको फूल देखि धेरै प्रशन्न हुन् । 
यसरी मैत्री भाव प्रतिध्वनित गर्न सकेमा यो अन्य मानिसहरूमा पनि प्रभाव पर्न जान्छ । 
  1. कर्म - काम गर्दा फलाशक्ति नराख्ने । जति जति फलाशक्ति राख्यो त्यति अानन्द कम हुन्छ । कर्मबाट दुइ तरिकाले अानन्द लिन सकिन्छ । एक कर्मको फल अार्इसकेपछि त्यस फलको उपभोग गरी अानन्द अनुभव गर्ने र अर्काे कर्म अाफैमा नै अानन्द लिने । एक कलाकारले चित्र वनाएर वनेको चित्र बेचिसकेपछि अाएको पैसाबाट अानन्द लिन्छ । अर्कोले चित्र बनाउनमा नै अानन्द लिन्छ । हामीलार्इ प्राय अाफ्नो काममा अानन्द लाग्दैन र फलमा मात्र अानन्दको अाशा लिएको हुन्छ । सानो सानो कामहरू जस्तै खानु, वस्नु, उठ्नु अादिलार्इ हामी कर्म नै मान्दैनाै । यस्तो साना साना कुरामा अानन्द लिन नजान्नेले कुनै बेलामा पनि अानन्द लिन सक्दैन । जुन सुकै कामहरू गर्दा नि होसियार भएर ती कार्यहरू प्रिती पुर्वक, प्रेम पुर्वक गर्न जान्यो भने काम नै अानन्दको रूपमा अनुभव गर्न सकिन्छ । त्यस पछि उसले कुनै फल र त्यस फलबाट प्राप्त हुने अानन्दको अाकांक्षामा  रूमलिन छोड्छ  । 
    • उपमा [16:15] - भाइबोक्ने दिदि - एक जना फकिर यात्रामा जाँदै थिए । उसले भारी पनि बोकेको थियो । बाटोमा एक बालिका अाफ्नो सानो भार्इलार्इ सकि नसकि बोकेर हिंडिरहेका थिए । फकिरलार्इ दया लागेर बालिका भन्छ । घाम चर्को छ, बोझ गर्हाै छ, तिमीलार्इ गाह्रो भइरहेको होला । बालिकाले जवाफ दिन्छ - भारी त तपार्इ बोकिरहेको  छ, म त मेरो भाइ बोकिरहेको छु । फकिरले पहिलो पटक महशुश गरे कि सानो भाइमा वजन नहुँदो रै छ। तराजुमा त वजन देखाउला तर प्रेमले वजनलार्इ काट्दछ । प्रेमले वजन महशुस गराउँदैन । 
  2. संवेदना [21:00] - शरीरमा जुन सुकै संवदना प्रकट भए पनि समता भावमा वस्ने  । शरीरमा हर क्षण संवेदना उत्पन्न भइरहन्छ । कि त सुख, कि त दुःख नभए अदुःख असुख। जव सुखद संवेदना अाउँद त्यसमा भुल्ने ब्यक्तिलार्इ सँधै त्यो सुख सिद्धिएला कि भनेर डर लागि रहेको हुन्छ।  सुखलार्इ पक्रेर राख्ने र दुःखलार्इ हटाउने चेष्टा गर्दा दुबै अवस्थामा चित्तमा उत्तेजना हुन्छ । यो उत्तेजनाको अवस्था दुःख हो । जुन अवस्थामा पनि अनुत्तेजित हुन सक्नु मुक्ति हो । यस्तो अवस्था कसरी प्राप्त गर्न सकिन्छ त ? दुःखद संवेदना हटाउने चेष्टा वा सुखद संवेदना पक्रेर राख्ने चेष्टा गर्नुको सट्टा ती दुबै संवेदनाहरूलार्इ साक्षी भावले स्वीकार गर्ने अभ्यास गरेमा समता भावको विकास हुँदै जान्छ । यहिं नै तपस्या हो । तपस्यामा सुख र दुःख दुवैमा उत्तेजना नलिने कलाको विकास गर्न विविध विधि उपयोग गरिन्छ । त्यसैले राजा पनि तपस्वी हुन सक्छ यसो गरेन भने संन्यासीको भेषमा रहेका ब्यक्ति पनि तपस्वी भन्न मिल्दैन ।  


Monday, June 19, 2017

मैत्री भावना (Loving Kindness) (नेपाल भाषा)

अहं अवेरो होमि - जि वैरभावं मुक्त जुइमा
अब्यापज्जो होमि - मानसिक दुःख मदयेमा
अनीघो होमि - शारीरिक दुःख मदयेमा
सुखी अत्तानं परिहरामि - जिं थम्हं थःत रक्षा सुखीपुर्वक याना च्वने फयेमा
मम माता पितरो आचरिया च - जिमि माँअबु आचार्यपिं 
ञातिमित्ता च सब्रह्मचारिनो च - थःथिति पासापिं, धर्म पासापिं
अवेरा होन्तु अब्यापज्जा होन्तु अनीघा होन्तु - सकसिकें वैरभाव मदयेमा, मानसिक दुःख मदयेमा, शारीरिक दुःख मदयेमा
सुखी अत्तानं परिहरन्तु - सकस्यां थःथम्ह थःगु रक्षा सुखपुर्वकयाना च्वने फयेमा
इमस्मिं आरामे सब्बे योगिनो - थन दुपिं सकले योगीपिं
अवेरा होन्तु, अब्यापज्जा होन्तु, अनीघा होन्तु - सकसिकें वैरभाव मदयेमा, मानसिक दुःख मदयेमा, शारीरिक दुःख मदयेमा
सुखी अत्तानं परिहरन्तु - सकस्यां थःथम्ह थःगु रक्षा सुखपुर्वकयाना च्वने फयेमा
इमस्मिं आरामे सब्बे भिक्खू सामणेरा च उपासका उपासिकायो च-थन दुपिं सकलेँ भिक्षुपिं व श्रामणेरपिं, उपासक उपासिकापिं
अवेरा होन्तु अब्यापज्जा होन्तु अनीघा होन्तु  - सकसिकें वैरभाव मदयेमामानसिक दुःख मदयेमाशारीरिक दुःख मदयेमा
सुखी अत्तानं परिहरन्तु - सकस्यां थःथम्ह थःगु रक्षा सुखपुर्वकयाना च्वने फयेमा
अम्हाकं चतुपच्चयदायका - चीवर, भोजन, वासः व विहार दानयापिं चतुप्रत्यय दायकपिं
अवेरा होन्तु, अब्यापज्जा होन्तु, अनीघा होन्तु  - सकसिकें वैरभाव मदयेमा, मानसिक दुःख मदयेमा, शारीरिक दुःख मदयेमा
सुखी अत्तानं परिहरन्तु - सकस्यां थःथम्ह थःगु रक्षा सुखपुर्वकयाना च्वने फयेमा
अम्हाकं आरक्खादेवता इमस्मिं विहारे इमस्मिं आवासे - थन विहारय् थन छेँ दुपिं आरक्षा देवतापिं
इमस्मिं आरामे आरक्खादेवता - थन रामय् दुपिं आरक्षा देवतापिं
अवेरा होन्तु, अब्यापज्जा होन्तु, अनीघा होन्तु - सकसिकें वैरभाव मदयेमा, मानसिक दुःख मदयेमा, शारीरिक दुःख मदयेमा
सुखी अत्तानं परिहरन्तु - सकस्यां थःथम्ह थःगु रक्षा सुखपुर्वकयाना च्वने फयेमा
सब्बे सत्ता सब्बे पाणा सब्बे भूता - दक्व सत्त्वपिं, दक्व प्राणिपिं, दक्व जीवपिं
सब्बे पुग्गला सब्बे अत्तभावपरियापन्ना - दक्व पुद्गलपिं, दक्व ब्यक्तित्वपिं (नाम व रूप धारी दक्व)
सब्बा इत्थियो सब्बे पुरिसा सब्बे अरिया - सकलेँ मिसापिं, सकलेँ मिजँपिं, दक्व र्यपिं
सब्बे अनरिया सब्बे देवा सब्बे मनुस्सा सब्बे विनिपातिका -  दक्व अनार्यपिं, दक्व देवतापिं, दक्व मनुत दक्व विनिपातिक प्राणिपिं (प्यँगु नरकय् लाना च्वँपिं)
अवेरा होन्तु, अब्यापज्जा होन्तु, अनीघा होन्तु - सकसिकें वैरभाव मदयेमा, मानसिक दुःख मदयेमा, शारीरिक दुःख मदयेमा
सुखी अत्तानं परिहरन्तु - सकस्यां थःथम्ह थःगु रक्षा सुखपुर्वकयाना च्वने फयेमा
दुक्खा मुच्चन्तु यथा लद्धसम्पत्तितो माविगच्छन्तु - सकस्याँ दुःखया अन्त जुइमा, गुलिंनं प्राप्तियाःगु मतनेमा
कम्मस्सका - सकलेँ थ थःगु कर्मया मालिक खः ।
पुरत्थिमाय दिसाय पच्छिमाय दिसाय - पूर्व दिशाय्, पश्चिम दिशाय्
उत्तराय दिसाय दक्खिणाय दिसाय - उत्तर दिशाय्, दक्षिण दिशाय् 
पुरत्थिमाय अनुदिसाय पच्छिमाय अनुदिसाय - दक्षिण पूर्व अनुदिशाय्, उत्तर पश्चिम अनुदिशाय्
उत्तराय अनुदिसाय दक्खिणाय अनुदिसाय - उत्तर पूर्व अनुदिशाय्, दक्षिण पश्चिम अनुदिशाय्
हेट्ठिमाय दिसाय उपरिमाय दिसाय - क्वय् यागु दिशा, च्वय् यागु दिशाय् 
सब्बे सत्ता सब्बे पाणा सब्बे भूता - दक्व सत्त्वपिं, दक्व प्राणिपिं, दक्व जीवपिं 
सब्बे पुग्गला सब्बे अत्तभाव परियापन्ना दक्व पुद्गलपिं, दक्व ब्यक्तित्वपिं (नाम व रूप धारी दक्व)
सब्बा इत्थियो सब्बे पुरिसा सब्बे अरिया - सकलेँ मिसापिं, सकलेँ मिजँपिं, दक्व र्यपिं
सब्बे अनरिया सब्बे देवा सब्बे मनुस्सा सब्बे विनिपातिका -  दक्व अनार्यपिं, दक्व देवतापिं, दक्व मनुत दक्व विनिपातिक प्राणिपिं (प्यँगु नरकय् लाना च्वँपिं)
अवेरा होन्तु अब्यापज्जा होन्तु अनीघा होन्तु - सकसिकें वैरभाव मदयेमा, मानसिक दुःख मदयेमा, शारीरिक दुःख मदयेमा
सुखी अत्तानं परिहरन्तु - सकस्यां थःथम्ह थःगु रक्षा सुखपुर्वकयाना च्वने फयेमा
दुक्खा मुच्चन्तु यथा लद्धसम्पत्तितो माविगच्छन्तु - सकस्याँ दुःखया अन्त जुइमा, गुलिंनं प्राप्तियाःगु मतनेमा
कम्मस्सका - सकलेँ थ थःगु कर्मया मालिक खः ।
उद्धं याव भवग्गा च अधो याव अवीचितो - च्वय् पाखे गुलिनं भुवन त दु, क्वय् पाखे गुलिनं अवीचित दु । 
समन्ता चक्कवालेसु ये सत्ता पथविचरा - सम्पूर्ण चक्रवालय् थन पृथ्वीस गुलिनं जुया च्वँपिं प्राणिपिं
अब्यापज्जा निवेरा च निद्दुक्खा चानुपद्दवा - सकलेँ मानसिक दुःख व वैरभावं मुक्त जुइमा
उद्धं याव भवग्गा च अधो याव अवीचितो - च्वय् पाखे गुलिनं भुवन त दु, क्वय् पाखे गुलिनं अवीचित दु ।
समन्ता चक्कवालेसु ये सत्ता उदकेचरा - सम्पूर्ण चक्रवालय् थन लखय् च्वनिपिं गुलिनं प्राणिपिं
अब्यापज्जा निवेरा च निद्दुक्खा चानुपद्दवा - सकलेँ मानसिक दुःख व वैरभावं मुक्त जुइमा
उद्धं याव भवग्गा च अधो याव अवीचितो - च्वय् पाखे गुलिनं भुवन त दु, क्वय् पाखे गुलिनं नरकत दु ।
समन्ता चक्कवालेसु ये सत्ता आकासेचरा - सम्पूर्ण चक्रवालय् थन काशय् च्वनिपिं गुलिनं प्राणिपिं
अब्यापज्जा निवेरा च निद्दुक्खा चानुपद्दवा - सकलेँ मानसिक दुःख व वैरभावं मुक्त जुइमा
साधु ! साधु ! साधु !


Monday, June 12, 2017

क्रोधलार्इ वसमा लिने १० उपाय गाथाहरू

विसुद्धिमग्गको गाथाको संक्षिप्त अनुवाद, महासी सयादो द्वारा लिखित ब्रम्हविहार धर्म पुस्तकबाट उद्धरित -

  1. शत्रुले शरीरमा मात्र चोट पुर्याउन सक्छ मनमा सक्दैन - यदि कोहिं शत्रु तिमीलार्इ दुःख वा चोट दिन खोजिरहेको छ भने उसले तिम्रो भाैतिक शरीरलार्इ मात्र प्रभाव पार्न सक्छ । मनलार्इ केहिं पनि गर्न सक्दैन । त्यस शत्रुले अाफैले गर्नै नसक्ने कुरा तिमी अाफै गरेर कि उसको चाहना पुरा गर्ने तिर लागिरहेका छाै । तिमीले अाफ्नो मनलार्इ विचलित वनाउनु भनेको तिमीले उसलार्इ सहयोग गरे सरह हुन जान्छ ।
  2. क्रोध फाइदाजनक छैन, यो विध्वंसात्वक हुन्छ - क्रोधले कुनै पनि फाइदाजनक परिणाम दिंदैन, वरू यसले विध्वंसात्वक प्रभाव मात्र ल्याउँदछ । यसो भए पनि तिमी किन क्रोधलार्इ छोड्न वा अस्वीकार गर्न सक्दैनाै । अाफूलार्इ सहयोग गर्ने, फाइदा गर्ने सबै वन्धुवान्धवहरूलार्इ छोडेर यसरी गेरू वस्त्र धारण गरेर भिक्षु जीवनमा अाइसक्दा पनि तिमी क्रोध गरिरहेका छाै । 
  3. नैतिकतालार्इ नष्ट गर्छ - तिमी किन त्यस बिषालु क्रोधलार्इ प्रशय दिन्छाै जसले अाधारभूत नैतिकता जस्तै डर, लाज, धैर्य, मैत्री, करूणा अादि सबैलार्इ चटक्क बिर्साइदिन्छ । तिमी जस्ता महामूर्ख कहाँ भेट्टिन्छ होला जसले अाफ्नो नैतिकता जरै देखि उखेलेर नष्ट पार्ने क्रोधलार्इ प्रशय दिन्छ । 
  4. तिमी र उ बीच के फरक रह्यो त? - तिमीलार्इ दुर्ब्यवहार गर्ने ब्यक्ति सँग तिमी रिस गरिरहेका छाै । वदलाको भावले उसले गरे जस्तै दुर्ब्यवहार उसमाथि  पनि गर्न तिमी षडयन्त्र बुनिरहेका छाै । तिमी र उ बीच के फरक रह्यो त?
  5. किन शत्रुको इच्छा पुरा गरिदिने ? - तिमी माथि कसैले दुर्ब्यवहार गर्नुको उद्देश्य भनेको प्रायजसो तिम्रो क्रोधलार्इ उक्साउनु वा तिमीलार्इ क्रोधित बनाउनु हुन्छ । त्यसको प्रतिक्रियामा यदि तिमी  रिसायाै भने तिम्रो शत्रुको इच्छा पुरा गरिदिएको सरह भएन र ?
  6. अाफैले अाफूलार्इ दुःख दिन्छाै ?- तिमी जस प्रति क्रोधित भइरहेका छाै, उसलार्इ तिमी हानी गर्न सक्छाै कि सक्दैनाै त्यो कुरा निश्चित छैन । तर तिमी क्रोधित भएर निश्चित रूपमा तिमी अाफूले अाफैलार्इ दुर्ब्यवहार गरिरहेका छाै, अाफ्नै दुःखको कारण वनिरहेका छाै । 
  7. शत्रुले लिएको कुकर्मको बाटो तिमी किन लिन्छाै - तिम्रा शत्रुहरू मूर्ख भइ कुकर्मको बाटो लिइरहेको छ जुन निरर्थक र लाभहीन छ । तिनै मूर्खहरूले  लिएको बाटो तिमी पनि अंगालेर तिमी अाफूलार्इ कसरी ठीक गरिरहेका छाै भनी प्रमाणित गर्न सक्छाै । 
  8. जो धृणाको पात्र नै होइन त्यो सँग किन रिस गर्ने - यदि कुनै शत्रुले क्रोधको वसमा परी तिमी प्रति दुर्ब्यवहार वा अनुचित कार्य गर्यो भने तिमीले त्यस्ता क्रोध लार्इ जित्न सक्नु पर्छ । तिमी किन क्रोधित भएर अाफूलार्इ तनावमा पार्छाै जवकि त्यस ब्यक्ति धृणा र तिरस्कारको पात्र नै होइन । उ त क्रोधको वसमा परी क्रोधको दास भर्इ दुर्ब्यवहार गरिरहेको छ । त्यसैले उसप्रति गरिने क्रोध निरर्थक छ । 
  9. अनित्य स्वभावको नाम र रूप सँग कति वेर रिसाउछाै - नाम (चित्त) र रूप (शरीर) यति अनित्य स्वभावको छ कि त्यो एक क्षणका लागि मात्र रहन्छ र तुरून्तै विनाश हुन्छ । यस्तो नामरूप जसले तिमीलार्इ दुर्ब्यवहार गरे जस्तो लाग्छ त्यो त उतिखेर नै हावामा धुलिसकेको हुन्छ । त्यस नाम र रूप त्यहाँ लामो समय त्यहाँ रहँदैन । ती हराइसकेका हुन्छन् । के तिमीले तिमी रिसाउनु पर्ने नाम रूपलार्इ अाैल्याउन सक्छाै ? नयाँ उत्पन्न भएका नाम र रूपले तिमीलार्इ केहिं विगार गरेको छैन । जुन नामरूपले तिमीलार्इ हानी गरेको थियो त्यो त उहिल्यै हराइसकेको छ । त्यसले ती नामरूप सँग रिसाइरहनु निरर्थक छ ।   
  10. दुःखको उत्त्पतिमा दुबै भागिदार - जव कसैले कुनै कर्म द्वारा कसैलार्इ दुःख दिन्छ । त्यस घटनामा  दुःख दिने र दुःख पाउने दुबैको उत्तिकै हात हुन्छ । त्यस दुुःख उत्पन्न हुनुमा तिम्रो अाफ्नो भूमिकालार्इ नकार्न मिल्दैन भने किन तिमी खाली कर्ता सँगमात्र रिस गरी वस्छाै । 



Friday, June 9, 2017

Parables on Buddha's Teachings

1 Set a boundary for your Practice: Snake and a Monk