विसुद्धिमग्गको गाथाको संक्षिप्त अनुवाद, महासी सयादो द्वारा लिखित ब्रम्हविहार धर्म पुस्तकबाट उद्धरित -
- शत्रुले शरीरमा मात्र चोट पुर्याउन सक्छ मनमा सक्दैन - यदि कोहिं शत्रु तिमीलार्इ दुःख वा चोट दिन खोजिरहेको छ भने उसले तिम्रो भाैतिक शरीरलार्इ मात्र प्रभाव पार्न सक्छ । मनलार्इ केहिं पनि गर्न सक्दैन । त्यस शत्रुले अाफैले गर्नै नसक्ने कुरा तिमी अाफै गरेर कि उसको चाहना पुरा गर्ने तिर लागिरहेका छाै । तिमीले अाफ्नो मनलार्इ विचलित वनाउनु भनेको तिमीले उसलार्इ सहयोग गरे सरह हुन जान्छ ।
- क्रोध फाइदाजनक छैन, यो विध्वंसात्वक हुन्छ - क्रोधले कुनै पनि फाइदाजनक परिणाम दिंदैन, वरू यसले विध्वंसात्वक प्रभाव मात्र ल्याउँदछ । यसो भए पनि तिमी किन क्रोधलार्इ छोड्न वा अस्वीकार गर्न सक्दैनाै । अाफूलार्इ सहयोग गर्ने, फाइदा गर्ने सबै वन्धुवान्धवहरूलार्इ छोडेर यसरी गेरू वस्त्र धारण गरेर भिक्षु जीवनमा अाइसक्दा पनि तिमी क्रोध गरिरहेका छाै ।
- नैतिकतालार्इ नष्ट गर्छ - तिमी किन त्यस बिषालु क्रोधलार्इ प्रशय दिन्छाै जसले अाधारभूत नैतिकता जस्तै डर, लाज, धैर्य, मैत्री, करूणा अादि सबैलार्इ चटक्क बिर्साइदिन्छ । तिमी जस्ता महामूर्ख कहाँ भेट्टिन्छ होला जसले अाफ्नो नैतिकता जरै देखि उखेलेर नष्ट पार्ने क्रोधलार्इ प्रशय दिन्छ ।
- तिमी र उ बीच के फरक रह्यो त? - तिमीलार्इ दुर्ब्यवहार गर्ने ब्यक्ति सँग तिमी रिस गरिरहेका छाै । वदलाको भावले उसले गरे जस्तै दुर्ब्यवहार उसमाथि पनि गर्न तिमी षडयन्त्र बुनिरहेका छाै । तिमी र उ बीच के फरक रह्यो त?
- किन शत्रुको इच्छा पुरा गरिदिने ? - तिमी माथि कसैले दुर्ब्यवहार गर्नुको उद्देश्य भनेको प्रायजसो तिम्रो क्रोधलार्इ उक्साउनु वा तिमीलार्इ क्रोधित बनाउनु हुन्छ । त्यसको प्रतिक्रियामा यदि तिमी रिसायाै भने तिम्रो शत्रुको इच्छा पुरा गरिदिएको सरह भएन र ?
- अाफैले अाफूलार्इ दुःख दिन्छाै ?- तिमी जस प्रति क्रोधित भइरहेका छाै, उसलार्इ तिमी हानी गर्न सक्छाै कि सक्दैनाै त्यो कुरा निश्चित छैन । तर तिमी क्रोधित भएर निश्चित रूपमा तिमी अाफूले अाफैलार्इ दुर्ब्यवहार गरिरहेका छाै, अाफ्नै दुःखको कारण वनिरहेका छाै ।
- शत्रुले लिएको कुकर्मको बाटो तिमी किन लिन्छाै - तिम्रा शत्रुहरू मूर्ख भइ कुकर्मको बाटो लिइरहेको छ जुन निरर्थक र लाभहीन छ । तिनै मूर्खहरूले लिएको बाटो तिमी पनि अंगालेर तिमी अाफूलार्इ कसरी ठीक गरिरहेका छाै भनी प्रमाणित गर्न सक्छाै ।
- जो धृणाको पात्र नै होइन त्यो सँग किन रिस गर्ने - यदि कुनै शत्रुले क्रोधको वसमा परी तिमी प्रति दुर्ब्यवहार वा अनुचित कार्य गर्यो भने तिमीले त्यस्ता क्रोध लार्इ जित्न सक्नु पर्छ । तिमी किन क्रोधित भएर अाफूलार्इ तनावमा पार्छाै जवकि त्यस ब्यक्ति धृणा र तिरस्कारको पात्र नै होइन । उ त क्रोधको वसमा परी क्रोधको दास भर्इ दुर्ब्यवहार गरिरहेको छ । त्यसैले उसप्रति गरिने क्रोध निरर्थक छ ।
- अनित्य स्वभावको नाम र रूप सँग कति वेर रिसाउछाै - नाम (चित्त) र रूप (शरीर) यति अनित्य स्वभावको छ कि त्यो एक क्षणका लागि मात्र रहन्छ र तुरून्तै विनाश हुन्छ । यस्तो नामरूप जसले तिमीलार्इ दुर्ब्यवहार गरे जस्तो लाग्छ त्यो त उतिखेर नै हावामा धुलिसकेको हुन्छ । त्यस नाम र रूप त्यहाँ लामो समय त्यहाँ रहँदैन । ती हराइसकेका हुन्छन् । के तिमीले तिमी रिसाउनु पर्ने नाम रूपलार्इ अाैल्याउन सक्छाै ? नयाँ उत्पन्न भएका नाम र रूपले तिमीलार्इ केहिं विगार गरेको छैन । जुन नामरूपले तिमीलार्इ हानी गरेको थियो त्यो त उहिल्यै हराइसकेको छ । त्यसले ती नामरूप सँग रिसाइरहनु निरर्थक छ ।
- दुःखको उत्त्पतिमा दुबै भागिदार - जव कसैले कुनै कर्म द्वारा कसैलार्इ दुःख दिन्छ । त्यस घटनामा दुःख दिने र दुःख पाउने दुबैको उत्तिकै हात हुन्छ । त्यस दुुःख उत्पन्न हुनुमा तिम्रो अाफ्नो भूमिकालार्इ नकार्न मिल्दैन भने किन तिमी खाली कर्ता सँगमात्र रिस गरी वस्छाै ।
No comments:
Post a Comment