मैत्री भाव - जीवन जगतको तीन तह - वाहिरी जगत, कर्म र संवेदना प्रति कस्तो भाव राख्ने
हामी अाफ्नो जगत तीन तहमा अनुभव गर्न सक्छाैं । ती तीनै तहमा कसरी ब्यवहार गर्ने त ?
वाहिरी जगत - जति पनि सजिव निर्जिव बाहिरी जगत प्रति पूर्ण मैत्री भाव राख्ने । वैरभाव, दुर्भावना, हिंसा, वैमनस्यको विपरित भाव जुन प्रेमले भरिएको हुन्छ । मैत्री भाव सरल र सजह हुन्छ जवकि धृणा भावमा वढी बल पुर्याउनु पर्दछ । "It cost nothing to be kind." भने झै प्रेम फैलाउन केहिं खर्च गर्नु पर्दैन ।
उपमा [6:55] गुरूले शिष्यलार्इ लिएको अन्तिम परीक्षा - एक गुरूकुलमा पढाइ सिद्ध्याएर घर जान लागेका विद्यार्थीहरूलार्इ गुरूले भनेका थिए - म तिमीहरूलार्इ एक अन्तिम परीक्षा लिन्छु । तर अन्तिम दिन अार्इ सक्दा पनि कुनै परीक्षाको कुरा नउठाएकाले गुरूले बिर्से होलान् भनी शिष्यहरू कसैले त्यस कुरालार्इ उठाइ विदावारी भए । बाटोमा हिंड्दै जाँदा एक ठाउँमा बीच बाटोमा काँडै काँडा विछ्याएको पाए । पहिलो विद्यार्थी उफ्रेर गए, दोस्रोले अाफू पन्छिएर बाटो लागे । तेस्रोले भने यस काँडाले अरूलार्इ दुःख दिन्छ भन्ने मनमा राखी काँडा जम्मै उठाइ छेउमा फाल्न थाले । त्यहिं काँडाको झार भित्र उनका गुरू वसिरहेका थिए । अगाडि गएका दुबै जनालार्इ वोलाएर तिनीहरूको पढाइ सकेको छैन भनी केहि समय गुरूकुल मै रोक्न भने ।
उपमा [9ः10] फूल रोप्ने महिला - एक जना महिला बाटोमा हिँड्दा जहिले नै एक झोला बोकेर हिँड्थे । जहाँ अलि उर्वर माटो देख्छ त्यहाँ झोलाबाट केहि निकालेर छर्थ्यो । एक जना मानिसले त्यो के गरेको भनी सोध्दा उनले भने । यो फूलको वीज छरेको हो। म एक फूल देख्दा कति अानन्दित हुन्छु । यसरी नै मानिसहरू मैले छरेको फूल देखि धेरै प्रशन्न हुन् ।
यसरी मैत्री भाव प्रतिध्वनित गर्न सकेमा यो अन्य मानिसहरूमा पनि प्रभाव पर्न जान्छ ।
कर्म - काम गर्दा फलाशक्ति नराख्ने । जति जति फलाशक्ति राख्यो त्यति अानन्द कम हुन्छ । कर्मबाट दुइ तरिकाले अानन्द लिन सकिन्छ । एक कर्मको फल अार्इसकेपछि त्यस फलको उपभोग गरी अानन्द अनुभव गर्ने र अर्काे कर्म अाफैमा नै अानन्द लिने । एक कलाकारले चित्र वनाएर वनेको चित्र बेचिसकेपछि अाएको पैसाबाट अानन्द लिन्छ । अर्कोले चित्र बनाउनमा नै अानन्द लिन्छ । हामीलार्इ प्राय अाफ्नो काममा अानन्द लाग्दैन र फलमा मात्र अानन्दको अाशा लिएको हुन्छ । सानो सानो कामहरू जस्तै खानु, वस्नु, उठ्नु अादिलार्इ हामी कर्म नै मान्दैनाै । यस्तो साना साना कुरामा अानन्द लिन नजान्नेले कुनै बेलामा पनि अानन्द लिन सक्दैन । जुन सुकै कामहरू गर्दा नि होसियार भएर ती कार्यहरू प्रिती पुर्वक, प्रेम पुर्वक गर्न जान्यो भने काम नै अानन्दको रूपमा अनुभव गर्न सकिन्छ । त्यस पछि उसले कुनै फल र त्यस फलबाट प्राप्त हुने अानन्दको अाकांक्षामा रूमलिन छोड्छ ।
उपमा [16:15] - भाइबोक्ने दिदि - एक जना फकिर यात्रामा जाँदै थिए । उसले भारी पनि बोकेको थियो । बाटोमा एक बालिका अाफ्नो सानो भार्इलार्इ सकि नसकि बोकेर हिंडिरहेका थिए । फकिरलार्इ दया लागेर बालिका भन्छ । घाम चर्को छ, बोझ गर्हाै छ, तिमीलार्इ गाह्रो भइरहेको होला । बालिकाले जवाफ दिन्छ - भारी त तपार्इ बोकिरहेको छ, म त मेरो भाइ बोकिरहेको छु । फकिरले पहिलो पटक महशुश गरे कि सानो भाइमा वजन नहुँदो रै छ। तराजुमा त वजन देखाउला तर प्रेमले वजनलार्इ काट्दछ । प्रेमले वजन महशुस गराउँदैन ।
संवेदना [21:00] - शरीरमा जुन सुकै संवदना प्रकट भए पनि समता भावमा वस्ने । शरीरमा हर क्षण संवेदना उत्पन्न भइरहन्छ । कि त सुख, कि त दुःख नभए अदुःख असुख। जव सुखद संवेदना अाउँद त्यसमा भुल्ने ब्यक्तिलार्इ सँधै त्यो सुख सिद्धिएला कि भनेर डर लागि रहेको हुन्छ। सुखलार्इ पक्रेर राख्ने र दुःखलार्इ हटाउने चेष्टा गर्दा दुबै अवस्थामा चित्तमा उत्तेजना हुन्छ । यो उत्तेजनाको अवस्था दुःख हो । जुन अवस्थामा पनि अनुत्तेजित हुन सक्नु मुक्ति हो । यस्तो अवस्था कसरी प्राप्त गर्न सकिन्छ त ? दुःखद संवेदना हटाउने चेष्टा वा सुखद संवेदना पक्रेर राख्ने चेष्टा गर्नुको सट्टा ती दुबै संवेदनाहरूलार्इ साक्षी भावले स्वीकार गर्ने अभ्यास गरेमा समता भावको विकास हुँदै जान्छ । यहिं नै तपस्या हो । तपस्यामा सुख र दुःख दुवैमा उत्तेजना नलिने कलाको विकास गर्न विविध विधि उपयोग गरिन्छ । त्यसैले राजा पनि तपस्वी हुन सक्छ यसो गरेन भने संन्यासीको भेषमा रहेका ब्यक्ति पनि तपस्वी भन्न मिल्दैन ।
No comments:
Post a Comment