श्री वत्स, पुण्डरिक, ध्वज, कलश, चामर, मत्स्ययुग्म, छत्र, शङ्खको संयुक्त रूपलाई (संस्कृत) अष्टमङ्गल (तिब्बती: བཀྲ་ཤིས་རྟགས་བརྒྱད་; चिनियाँ: 吉祥八宝 Jíxiáng bā bǎo) भनिन्छ| हिन्दु, जैन तथा बुद्ध धर्ममा यसको बिषेश स्थान छ| विषेशत: अष्टमङ्गलयुक्त कलशलार्इ पूर्ण कलश भनिन्छ र यसलार्इ शुभ साईत र श्रीसम्वृद्धिको प्रतिक मानिएको छ | परम्परानुसार अष्टमङ्गलका चिन्हहरूमा केही भिन्नता पनि भेटिन्छ । जस्तै नेपालको परम्परामा रहेकाे चामरको स्थानमा तिब्बती पराम्परामा धर्मचक्रको प्रयोग भएको छ । यस्तै हिन्दु र जैन परम्परामा केहि अाठ चिन्ह मध्ये केहिं चिन्हहरू फरक छन् । यी अाठ चिन्हहरूको अा-अाफ्नै प्रतिकात्मक अर्थहरू छन् । यी चिन्हहरू ध्यान साधनामा र शिक्षणमा प्रयोग हुन्छ ।
महायान वज्रयान बाैद्ध परम्परामा अष्टमङ्गल चिन्हहरूको प्रचलन विहारहरू लगायत घरघरमा तथा सार्वजनिक स्थानहरूको कलाकृतिमा समेत देख्न सकिन्छ । भगवान बुद्धले बोधिबृक्ष मुनि बोधिज्ञान लाभ भएको दिन देवलोकवाट देवताहरू अार्इ यी अाठ चिजहरू दान दिएको मानिन्छ । बाैद्ध कलामा अति प्रचलित यी चिन्हहरू अाध्यात्मिक तथा भाैतिक संबृद्धिको समेत कारकको रूपमा मानिन्छ । तसर्थ विहार तथा निजी घरहरूको मूल द्वारहरूमा यी चिन्हहरू चित्रकलामा वा काष्ठकला वा धातुकलामा अंकित गरिएको पाइन्छ । विषेशतः नव विवाहिता दम्पतिकाे, जंको गरेका जेष्ठब्यक्तिको र अन्य गण्यमान्य ब्यक्तिको स्वागत गर्न यी चिन्हहरू अंकित गरी द्वार सजाउने प्रचलन बाैद्धहरूमा प्रचलित छ । नयाँ घर निर्माण सम्पन्न पछि गरिने गृहारम्भ, गृहप्रतिष्ठा पूजा अादि अवसरहरूमा अष्टमङ्गल अंकित माला वनार्इ घरलार्इ घेर्ने परम्परा पनि अद्यापि चलिअाएको छ । नेवार बाैद्ध परम्परामा प्रत्येक शुभ अवसरहरूमा (विवाह, म्हःपूजा, घर छोडेर कतै बाहिर जाँदा अादि) सगुन दिंदा अष्टमङ्गल सम्वन्धी स्तोत्र मंगलाष्तव[३] वाचन गर्ने गरिन्छ । नेपाल वाहेक तिब्बत, भूटान, चीन र मंगोलिया अादि देशहरूमा अष्टमङ्गलको बढी प्रयोग भएको पाइन्छ । तिब्बती परम्परामा यी अाठ मंगल वस्तुहरू धारण गरेका देवी तासी ल्हामोग्याल अर्थात् अष्टमङ्गल देवीको नामले प्रसिद्ध छ ।
अष्टमङ्गलका अाठ चिन्हहरू निम्नानुसार छन् ।
- श्रीवत्स
- पुण्डरिक
- ध्वज
- कलश
- चामर
- मत्स्ययुग्म
- छत्र
- शङ्ख
यी चिन्हहरूको अर्थ विभिन्न स्रोतहरूमा विभिन्न तरिकाले गरेकाे पाइन्छ । ती मध्ये वढी प्रचलित अर्थबोधहरू निम्नानुसार छन् ।[४]
श्रीवत्स
|
श्रीवत्स |
श्रीवत्स (संस्कृत भाषा) (अंग्रजीः The endless knot, तिब्बती: དཔལ་བེའུ་) डोरीको गाँठो वा ग्रन्थीको स्वरूपमा हुन्छ । शाब्दिक अर्थमा यसको अर्थ 'श्री' ले प्रेम गरेको भन्ने हुन्छ । 'श्री' भनेको लक्ष्मी हो र विष्णुको छातीमा लक्ष्मीको यो चिन्ह हुनुले विष्ण्र र लक्ष्मीको अगाढ प्रेम चित्रित गर्दछ । लक्ष्मी श्रीसम्पति र असल भाग्यका देवी हुनुले यो चिन्ह मंगल चिन्हको सूचीमा पर्न गएको हो । यो चिन्ह कृष्णको छातीमा पनि रहेको मानिन्छ । यस प्रकारको गाँठो वा ग्रन्थीको चिन्ह सिन्धुघाटीको सभ्यतामा भेटिएका माटाका टकहरूमा पनि भेटिएका छन् जसले यस चिन्हको प्रयोगको प्राचीनता सिद्ध गर्दछ ।
बौद्ध परम्परामा यस अनन्त गाँठोको चिन्हलार्इ भाग्यशाली चित्रका रूपमा लिइन्छ । स्वस्तिक झै अनन्त घुमिरहेको भाव यस चिन्हले समेत्ने भएकाले यसलार्इ श्रीवत्स-स्वस्तिकको रूपमा पनि मान्ने गरिन्छ । चीनमा यस चिन्हलार्इ दीर्घायु, निरन्तरता, प्रेम र सामञ्जस्यताको प्रतिकका रूपमा लिइन्छ । बौद्ध परम्परामा यसलार्इ बोधिचित्त, बुद्धको अनन्त प्रज्ञा र करूणाको प्रतिकका रूपमा लिइन्छ । अर्को अर्थमा यसलार्इ बुद्धको शिक्षा मध्येको प्रमुख प्रतित्यसमुत्पाद र अनन्त भवचक्रको रूपमा पनि लिइन्छ । बाैद्ध दर्शनमा यसलार्इ प्रज्ञा र उपायको गाँठो, शुन्यता ज्ञान र प्रतित्यसमुत्पाद ज्ञानको अविभाज्यता, धर्म दर्शन र जीवनको अन्तरसम्वन्धको प्रतिकको रूपमा प्रयोग गरिन्छ।[६] यस वाहेक यस चिन्हले संसारका प्रत्येक तत्वहरूको एक अापसमा हुने अन्तरसम्वन्धको सत्य, कार्य र कारणको सम्वन्ध, अादि र अन्त रहित नहुनु, बुद्धको अनन्त प्रज्ञा, समयसम्वन्धी भ्रमपूर्ण धारणा अादि अवघारणाहरूको समेत प्रतिनिधित्व गर्दछ ।
पुण्डरिका
|
पुण्डरिक (पद्म) |
पुण्डरिका अर्थात् कमलको फूल (संस्कृतमा पद्म; तिब्बती: པད་མ་) काय वाक चित्तको पवित्रताको प्रतिकको रूपमा अष्टमङ्गलको दोस्रो चिन्ह कमलको फूल राखिएको हाे । धमिलो हिलोबाट उत्पत्ति भएर पनि त्यस हिलोको एक थोपा त्यसको पातमा नलाग्ने अर्थमा कलमको फूलले तृष्णा र उपादानबाट मुक्त अवस्थाको प्रतिनिधित्व गर्दछ । यस वाहेक कमल महाभिनिष्क्रमण, कुशलकर्मको संवर्द्धन अादिका पनि प्रतिक हुन् । कुनै पनि देवी देवताहरू कमलको फूल माथि वसाइनुको अर्थ त्यस देवी देवताको पवित्रता, सम्पन्नता, सम्पूर्णता झल्काउनु हो । यसलार्इ अर्को अर्थमा सबै बुद्ध बोधिसत्वहरू भवलोकमा नै उत्पन्न हुन्छन् तर तिनीहरू भवलोकका क्लेशहरू, मनो दुर्बलता र मोह अविद्याबाट टाढा रहेको हुन्छ ।
|
ध्वज |
ध्वज
ध्वज (संस्कृत), (तिब्बती: རྒྱལ་མཚན་) - ध्वज वा झण्डा युद्धमा प्रयोग गरिने चिन्ह हो तसर्थ यसले युद्ध र विजयको प्रतिकात्मक अर्थ दिन्छ । तिब्वती परम्परामा एघार प्रकारका ध्वजहरू लेख्ने चलन छ यसले एघार प्रकारका क्लेशहरूलार्इ जित्ने ज्ञानलार्इ प्रतिनिधित्व गर्दछ । अप्सराहरूले बुनेको, बहुमूल्य हिरा ज्वाहरातको डांठ भएको, मगमग सुगन्ध भएको विजय ध्वज अज्ञानमाथिको विजय स्वरूप सुमेरू पर्वतमाथि गाडिएको ध्यान गरिन्छ । भगवान बुद्धले चार प्रकारका मारहरू (स्कन्धमार, मृत्युमार, क्लेशमार र देवपुत्र मार) माथिको विजयलार्इ इंकित गर्न पनि यस ध्वजको प्रयोग गरिन्छ ।
[६] अर्को अर्थमा, बुद्ध शिक्षा संसारभरि भएको प्रसारको प्रतिकको रूपमा पनि ध्वजलार्इ लिइन्छ ।
[४]
कलश
|
कलश |
कलश (
तिब्बती: གཏེར་ཆེན་པོའི་བུམ་པ་) स्वस्थ, दीर्धायु, संम्वृद्धि, ज्ञानको प्रतिक हो । जसरी कलशमा भरिपूर्ण अमृत सेवन गरी त्यो ब्यक्ति अमरत्व प्राप्त हुन्छ, त्यसरी नै बुद्ध शिक्षा अभ्यास गरी निर्वाणपद प्राप्त गरेको ब्यक्तिले अमृतपद प्राप्त गर्दछ । यो थेरवादी परम्परामा भिक्खु भिक्खुणीहरूले बोक्ने कुम्भको प्रतिक पनि हो । यस प्रकारको कलश वज्रयानी क्रियाहरूमा अभिषेक वा दिक्षा दिँदा प्रयोग गरिन्छ । सबैजसो संम्वृद्धिका देवताहरू जस्तै जम्वल, वैश्रवण, वसुन्धरा अादिको पादतलमा कलश राखिएको हुन्छ। वसुन्धरादेवीको प्रतिमालक्षणमा अाधा ढल्किएको अनन्त रत्नहरूको धारा पोखिरहेको कलशमाथि उनको पाउ राखिएको हुन्छ । यस कलशमा हुने वैभव जति सुकै झिके पनि नरित्तिने, भरिपूर्ण रइरहने प्रकारको हुन्छ । यस कलशको मुख चिन्तामणि रत्न वा तीन रत्नहरू वा कल्प वृक्षले ढाकिएको हुन्छ। संम्वृद्धि सवैतिर प्रसारण होस् भन्ने उद्देश्यले र त्यस स्थानमा विद्यमान हुने सबैखालका मनुष्य अमनुष्य सत्वलार्इ सन्तुष्टि प्राप्त होस् भन्ने उद्देश्यले घर वा मन्दिरको जग मुनि, भञ्ज्याङ्गहरू, तीर्थस्थलहरू, पानीको मूल, नदी र समुद्र अादि महत्वपूर्ण स्थानहरूमा कलश गाडिने प्रचलन छ।
चामर
|
धर्मचक्र |
|
चामर |
चामर चमर (याक)को पुच्छरलार्इ धातुको डांठमा जडान गरी राजाहरू वा देवीदेवताको पुजामा हम्कन प्रयोग गरिन्छ । यस प्रकारको चामर रोगग्रस्त मानिसको रोग निको पार्न वैद्यहरूले प्रयोग गरिन्छ । जसरी चामर हम्किंदा शितलता प्राप्त हुन्छ र थाकेका यात्रुहरूले केहि पाउँछ त्यसरी नै संसाररूपी अनन्त यात्रामा रहेका प्राणीहरूलार्इ बुद्ध शिक्षा अभ्यासले त्यस अनन्त यात्राबाट वाहिर निकालिदिन्छ ।
तिब्वती परम्परामा अष्टमङ्गल चिन्हहरूको समूहमा चामर प्रयोग नभर्इ धर्मचक्र प्रयोग गरिन्छ । धर्मचक्र (संस्कृत) (
तिब्बती: ཆོས་ཀྱི་འཁོར་ལོ་) गाैतम बुद्धको सार धर्म र प्रथम पटक उपदेश देशना गरको महान घटनाको प्रतिकको रूपमा प्रयोग गरिन्छ ।
मत्स्ययुग्म
|
मत्स्ययुग्म |
मत्स्ययुग्म (संस्कृत), (
तिब्बती: གསེར་ཉ་
[७]) गंगा जमुनाको प्रतिकको स्वरूप प्रयोग गरिन्छ । यस वाहेक यस चिन्हले चीनी परम्परामा यिङ्ग याङ्गले जस्तै दुर्इ तत्वको सन्तुलित जोडबाट प्राप्त हुने पूर्णता जनाउँछ । उदाहरणका लागि चन्द्र र सूर्य नाडी, महिला र पुरूष, दिन र रात अादि जुन एकअर्काको परिपूरक हुन्छन् । माछा अति छिटो वढ्ने प्रजाति हुनाले यसलार्इ संवृद्धिको प्रतिकका रूपमा लिइन्छ । तसर्थ यस चिन्हले उत्पादनशीलता र उर्वरता जनाउँछ । बाैद्धपरम्परामा समुद्रले प्रतिकात्मकरूपमा संसारलार्इ जनाउँछ । जसरी माछा पानीमा अानन्दपूर्वक, स्वतन्त्रपूर्वक, निर्भिकतापूर्वक तैरिन्छ वा खेल्छ, त्यसरी नै मुक्त ब्यक्तिहरू प्रशन्न र स्वच्छन्द भर्इ संसारमा बाँच्छ । यस प्रकारले यस जोडी माछाले मुक्त ब्यक्तिको महत्वपूर्ण गुणलार्इ जनाउँदछ ।
छत्र
|
छत्र |
छत्र (संस्कृत) (
तिब्बती: རིན་ཆེན་གདུགས་
[१]), अर्थात् छाता सुरक्षा र प्रतिष्ठाको प्रतिकको रूपमा प्रयोग हुन्छ । जसरी छाताको प्रयोगले माैसम (घामको ताप, पानी) को प्रतिकूल प्रभाव रोक्छ त्यसरी नै सद्धर्म धारणले हानिकारक शक्तिहरू र रोगहरू बाट रक्षा गर्दछ । सद्धर्म ज्ञान उत्पन्न भए पछि यसले क्लेशको तापलार्इ रोकी शीतलता प्रदान गर्छ । सीतातपत्र देवी (सेतो छत्र) यो चिन्ह सँग सम्वन्धित देवी हुन जसलार्इ भयबाट रक्षा गर्ने देवीका रूपमा पूजिन्छ ।
छत्रको दोस्रो अर्थ सम्मान प्रतिष्ठा हो । उच्च अोहदाका ब्यक्तिहरूलार्इ अोहदानुसारको छत्र अोढाइन्छ । तसर्थ छत्रले त्यसको मुनि वस्ने ब्यक्तिको महत्व र अोहदा जनाउँछ ।
बाैद्ध परम्परामा छत्रको डाँठ गाडिक्एरको विन्दुलार्इ ब्रह्माण्डको केन्द्र विन्दु मानिन्छ र छत्रको फिजिएको माथिल्लो भागले ब्यापकता जनाउँछ । बुद्ध शिक्षाले पाएको ब्यापकता, जनजनको मन जित्न सफल भएको बुद्धको शिक्षा भएकोले बुद्धलार्इ चक्रवर्ति पदबाट पनि पूजिन्छ । तसर्थ बुद्धको चक्रवर्ति पदको प्रतिक स्वरूप पनि छत्रलार्इ लिइन्छ । चैत्य/स्तुपको गुम्वजको माथि चतुकोणाकार हर्मिका हुन्छ र त्यस माथि राखिने त्रयोदश भुवन भनिने १३ चक्का वृतहरू यहि छत्र हुन् ।
दक्षिणावर्त शंख
|
शंख |
दाहिने धुमेको शंख (संस्कृत) (तिब्बती: དུང་དཀར་གཡས་འཁྱིལ་) ले सुमधुर, गहिरार्इ सम्म पुग्न सक्ने धर्मको ध्वनीको प्रतिक जुन ध्वनीले गहिरो अज्ञानको अवस्थाबाट ब्युँझार्इ दिन्छ। वास्तवमा शंखनाद (शंख बजाउनु) पूर्वकालहरूमा महत्त्वपूर्ण सभाहरू बोलाउनका लागि र युद्धमा अाफ्नो शक्ति र सत्ताको प्रदर्शन गर्न प्रयोग गरिन्थ्यो । यस बाहेक शंखनादले अमङ्गललार्इ हटाउने, खराव अात्माहरूको प्रभावलार्इ रोक्ने, प्राकृतिक प्रकोप हुन नदिने र हानिकारक प्राणिहरूलार्इ तर्साउँछ भन्ने मान्यता रहेको छ ।
[८] बाैद्ध परम्परामा शंखलार्इ धर्मको उद्धोषणाको प्रतिकको रूपमा प्रयोग गरिन्छ । धर्म उद्धोषणा रूपी शंखनादको स्वर अपाय नरक लोक सम्म पुग्छ र नरकवासीहरूलार्इ समेत मुक्ति पदमा अाउन उत्प्रेरित गर्ने भन्ने मान्यता छ ।
[९] हिन्दुमान्यतानुसार शंख भगवान विष्णुको एक हातमा धारण गर्ने वस्तु हो ।
पाद टिप्पणी[
सम्पादन गर्ने]
- Sarat Chandra Das (1902). Tibetan-English Dictionary with Sanskrit Synonyms. Calcutta, India: mainly used in buddhismBengal Secretariat Book Depot, p.69
- Source: bkra-shis-rtags brgyad.
- मंगलास्तव, अनुच्छेद ९ श्रीवस्त पुण्डरिक ध्वजवर कलश चामर मत्स्य युग्म त्वंछत्र हेमदण्ड रविशशी उभयो दक्षिणावर्त शंख
- Shakya, M.B., 2000. Sacred Art of Nepal: Nepalese Paubha Paintings: Past and Present. Handicraft Association of Nepal, Kathmandu.
- Source: Dpal be'u
- Beer, R. 2003. The Handbook of Tibetan Buddhist Symbols. Serindia Publications, Inc. USA
- Source: gser nya
- http://www.buddhismgifts.com/articles-on-buddhism/meaning-buddhist-symbols/
- http://windhorseart.com/about-ashtamangala-info-text
No comments:
Post a Comment