भिक्षु सम्यकसम्वोधि प्राणपुत्रको फेसबुक पोष्ट (2016.12.28) बाट उद्धरित
साधु को अर्थ – १. अशल, गुणी, पवित्रशुद्ध । Good. Virtuous. Pious. Holy । २. लाभदायी, पुण्यदायक, गुणकारी, प्रवीण, पारंगत, पोख्त, कुशल, निपुण, दक्ष । Profitable. Proficient. Meritorious ।
धम्मपद ३५ अनुसार
चित्तस्स दमथो साधु, चित्तं दन्तं सुखावहं,
चित्त दमन गर्नु उत्तम, दान्त चित्त हुन्छ सुखकारी ।
'साधु' शब्द को प्रयाेग–
बौद्ध परम्परामा प्रायस गरी अशल कुराको जानकारी आउंदा – राम्रो, यस्तै हुनुपर्छ – भन्ने शुभ अभिव्यक्तिको रूपमा छोटकरीमा साधु भन्ने चलन । साथै कुनै काम सुरु गर्ने संकेतको रूपमा र समाप्त भएको संकेतको रूपमा साधु साधु साधु भन्ने चलन छ ।
साधुकाे विराेधी शब्द इर्ष्या–
साधारण मानिसमा ईर्ष्या हुंदा अरूको प्रगति भएको हेर्न सक्दैन ईर्ष्या वृद्धि गर्छ । यो एक अकुशल मानसिक कर्म हो । मनमनै अरूप्रति डाह गरेर आफै अशान्त हुन्छ । राजनीति देखि धर्म लगायत अन्य जति पनि विषय छन्, जहां विवाद, विद्रोह, शत्रुता विकसित भएका छन् त्यसको मूल कारण अरूको प्रगति देख्दा साधु भनेर खुसी प्रकट गर्न नसकेको र उल्टा ईर्ष्या, डाह उत्पन्न गरेर नै हो । जहां ईर्ष्या डाह भयो त्यसको विनास गर्न खोज्नु स्वभावविक नै हुन जान्छ ।
भारतले नेपालको विकासमा ईर्ष्या गर्छ, वैदिकहरू बुद्धको इज्जतमा ईर्ष्या गर्छ । यसैले भारतले नेपाललाइ दमन गर्न खोज्छ, वैदिक बुद्धको अपमान र बौद्धहरूलाइ दमन गर्न खोज्छ । एक राजनैतिक दल अर्कर्ाे दलको अशल कामको प्रशंसा गर्न सक्दैन, भ्याएसम्म पाहा पछारेजस्तै गरी पछार्न चाहन्छ र चुनावमा निर्मूल गर्न खोच्छ । यो सबै ईर्ष्याको परिमाण हो ।
साधु को महत्व, साधु भन्नु दश कुशल कर्ममध्ये एक–
यसैले यसको समाधान को लागि बुद्धशिक्षा अनुसार दश कुशल कर्ममध्ये पर प्रगतिमा खुसी हुनु एक कुशल कर्म छ । अरूको प्रगति थाहा पाउदा – राम्रो भएछ, होस आदि – भनी प्रशंसा गर्न साधु भन्नु पर्छ । यसरी भन्दा ईर्ष्या विकसित हुन पाउँदैन र मन कुशल भएर बस्छ । यो पनि एक मानसिक कर्म मात्र हो ।
तर यसरी साधु भन्न सकिएमा कुशल कर्म वा प्रगति गर्नेको जुन पुण्य वा कुशल भाव छ, त्यो कर्म नगरिकन नै साधु भन्दा प्राप्त हुने बताइएको छ । यसैले साधु भन्ने बानीले मनमा अरूप्रति प्रसन्नता विकास गर्ने हुनाले अरू प्रति क्रोध, विनाश वा हानि गर्ने सम्भावना नै हुदैन । हेर्दा साधारण भए तापनि समाजमा बस्ने मानिसहरूमा मैत्री भाव राख्न यो एक वचन अति महत्वपूर्ण भूमिका खेल्छ ।
No comments:
Post a Comment