Sunday, January 15, 2017

अन्ध सुत्त

अंगुत्तरनिकाय > तिकनिपात > पुग्गलवग्गो  > अन्ध सुत्त (तीन प्रकारका ब्यक्तिहरू - अन्धो, एक अाँखा भएको, दुर्इ अाँखा भएको)

'भिक्षुहरू ! यस लोकमा तीन प्रकारका मानिसहरू छन् । ती कस्ता हुन् त ?
  • अन्धो, 
  • कानो (एउटामात्र अाँखाले देख्ने), 
  • सद्दे (दुबै अाँखा देख्ने)
भिक्षु हो, यी अन्धा मानिस भनेको कस्ता हुन् त ? यस प्रकारको मान्छेमा न धन सम्पत्ति अार्जन र बृद्धि गर्ने ज्ञान रूपी पहिलो अाँखा हुन्छ न त कुशल र अकुशल, प्रशंसनीय र निन्दनीय, उच्चस्तरको र तल्लोस्तरको, उज्यालो र अध्याँरो कुन के हो ? भनी छुट्यार्इ हेर्न सक्ने दोस्रो अाँखा हुन्छ । यस प्रकारको मानिसलार्इ (दुबै अाँखा नदेख्ने) 'अन्धो' भनिन्छ ।  

भिक्षु हो, यी कानो मानिस भनेका कस्ता हुन् त ? कोही मानिसहरूमा धनसम्पत्ति अार्जन र बृद्धि गर्न अावश्यक ज्ञान रूपी पहिलो अाँखा त हुन्छ तर कुशल र अकुशल, प्रशंसनीय र निन्दनीय, उच्चस्तरको र तल्लोस्तरको, उज्यालो र अध्याँरो कुन के हो ? भनी छुट्यार्इ हेर्न सक्ने दोस्रो अाँखा हुँदैन । यस प्रकारको मानिसलार्इ 'कानो' भनिन्छ ।

भिक्षु हो, दुबै अाँखा देख्ने सद्दे मानिस भनेका कस्ता हुन् त ? यस प्रकारका मानिसहरूमा धनसम्पत्ति अार्जन र बृद्धि गर्न अावश्यक ज्ञान रूपी पहिलो अाँखा पनि हुन्छ । यस्तै नै कुशल र अकुशल, प्रशंसनीय र निन्दनीय, उच्चस्तरको र तल्लोस्तरको, उज्यालो र अध्याँरो कुन के हो ? भनी छुट्यार्इ हेर्न सक्ने दोस्रो अाँखा पनि हुन्छ । यस प्रकारको मानिसलार्इ 'दुबै अाँखा देख्ने सद्दे' भनिन्छ ।

यी हुन् तीन प्रकारका मानिसहरूः 
  • धन सम्पत्ति पनि नभएको र कुशल काम पनि गर्न नजान्ने, दुबै किसिमले अभागी, दुबै ज्ञान रूपी अाँखाले देख्न नसक्ने 'अन्धो' ब्यक्ति
  • जो कुशल र अकुशल जे पायो त्यहिं गरेर धनमात्र कमाउन खोज्ने, ठगी र बेइमानी गरी संसारिक सुख र सम्बृद्धि प्राप्त गरी त्यसैमा घमण्ड गरी हिड्ने हुन्छ । जो त्यस्तै अकुशलका कारण दुर्गति तिर गइरहेको हुन्छ । 
  • यी तीन मध्ये सबै भन्दा उत्तम दुबै अाँखा भएका ब्यक्ति हुन् जसले अाफ्नो इमान्दरीता र उचित परिश्रमले पर्याप्त धन कमाएको हुन्छ । सद्चित्तले ढृढ संकल्पी भर्इ त्याग भावना राख्ने हुन्छ । उ राम्रो कुलमा जन्म भएर दुःख नभएको अवस्थामा रहन्छ । 
त्यसैले अन्धो वा कानो हुनु भन्दा दुबै अाँखा देख्ने सद्दे ब्यक्ति बन्नु सर्वोत्तम हो ।  


Anguttaranikaya>Tikkanipata>Puggalavaggo
English Translation of Andha Sutta
Translated in
http://buddhasutra.com/files/puggalavaggo.htm


Monks, there are three persons found existing in the world.
What three? The blind, the one-eyed, and the two-eyed.

And of what sort, monks, is the blind? Herein a certain person has not the eye to acquire wealth unattained, or to make the wealth he has increase. He has not the eye fit to see states that are good and bad, to see states that are blameworthy and praiseworthy states mean and exalted, states resembling light and darkness. This one, monks, is called "the blind."

And of what sort, monks, is the one-eyed? In this case a certain person has the eye to acquire wealth unattained, and or to make the wealth he has increase. But he has not the eye fit to see states that are good and bad, to see states that are blameworthy and praiseworthy states mean and exalted, states resembling light and darkness. This one is called the "one-eyed."

And of what sort, monks, is the two-eyed? In this case a certain person has both the eye to acquire wealth unattained and the eye to make the wealth he has increase, and the eye to see states that are good and bad, to see states that are blameworthy and praiseworthy, states mean and exalted, states resembling light and darkness. This one is called " the two-eyed."

These are the three persons: The blind, of sight bereft, hath no such wealth, No works good deeds, unlucky in both ways. And then again 'tis said the one-eyed man, conjoined with right and wrong, searches for wealth. With tricks and frauds and lies: worldly, purse-proud, and clever to gain wealth is he, and hence departing is afflicted sore in Hell. But best of all's the being with two eyes: His wealth, with right exertion rightly won, he gives away: with best intent, unwavering. In a blessed home he's born, nor sorrows there. So from the blind and one-eyed keep aloof, and join thyself to worthy two-eyed men.'

पालि
‘‘तयोमे, भिक्खवे, पुग्गला सन्तो संविज्‍जमाना लोकस्मिं।
कतमे तयो? 
अन्धो, एकचक्खु, द्विचक्खु। 

कतमो च, भिक्खवे, पुग्गलो अन्धो? इध, भिक्खवे, एकच्‍चस्स पुग्गलस्स तथारूपं चक्खु न होति यथारूपेन चक्खुना अनधिगतं वा भोगं अधिगच्छेय्य अधिगतं वा भोगं फातिं करेय्य [फातिकरेय्य (सी॰)]; तथारूपम्पिस्स चक्खु न होति यथारूपेन चक्खुना कुसलाकुसले धम्मे जानेय्य, सावज्‍जानवज्‍जे धम्मे जानेय्य, हीनप्पणीते धम्मे जानेय्य, कण्हसुक्‍कसप्पटिभागे धम्मे जानेय्य। अयं वुच्‍चति, भिक्खवे, पुग्गलो अन्धो।

‘‘कतमो च, भिक्खवे, पुग्गलो एकचक्खु? इध, भिक्खवे, एकच्‍चस्स पुग्गलस्स तथारूपं चक्खु होति यथारूपेन चक्खुना अनधिगतं वा भोगं अधिगच्छेय्य अधिगतं वा भोगं फातिं करेय्य; तथारूपं पनस्स [तथारूपम्पिस्स (स्या॰ कं॰ पी॰ क॰)] चक्खु न होति यथारूपेन चक्खुना कुसलाकुसले धम्मे जानेय्य, सावज्‍जानवज्‍जे धम्मे जानेय्य, हीनप्पणीते धम्मे जानेय्य, कण्हसुक्‍कसप्पटिभागे धम्मे जानेय्य। अयं वुच्‍चति, भिक्खवे, पुग्गलो एकचक्खु।

‘‘कतमो च, भिक्खवे, पुग्गलो द्विचक्खु? इध, भिक्खवे, एकच्‍चस्स पुग्गलस्स तथारूपं चक्खु होति यथारूपेन चक्खुना अनधिगतं वा भोगं अधिगच्छेय्य, अधिगतं वा भोगं फातिं करेय्य; तथारूपम्पिस्स चक्खु होति यथारूपेन चक्खुना कुसलाकुसले धम्मे जानेय्य; सावज्‍जानवज्‍जे धम्मे जानेय्य, हीनप्पणीते धम्मे जानेय्य, कण्हसुक्‍कसप्पटिभागे धम्मे जानेय्य। अयं वुच्‍चति, भिक्खवे, पुग्गलो द्विचक्खु। ‘इमे खो, भिक्खवे, तयो पुग्गला सन्तो संविज्‍जमाना लोकस्मि’’’न्ति।

‘‘न चेव भोगा तथारूपा, न च पुञ्‍ञानि कुब्बति।
उभयत्थ कलिग्गाहो, अन्धस्स हतचक्खुनो॥
‘‘अथापरायं अक्खातो, एकचक्खु च पुग्गलो।
धम्माधम्मेन सठोसो [संसट्ठो (सी॰ स्या॰ कं॰ पी॰), सठोति (क॰)], भोगानि परियेसति॥
‘‘थेय्येन कूटकम्मेन, मुसावादेन चूभयं।
कुसलो होति सङ्घातुं [संहातुं (स्या॰)], कामभोगी च मानवो।
इतो सो निरयं गन्त्वा, एकचक्खु विहञ्‍ञति॥
‘‘द्विचक्खु पन अक्खातो, सेट्ठो पुरिसपुग्गलो।
धम्मलद्धेहि भोगेहि, उट्ठानाधिगतं धनं॥
‘‘ददाति सेट्ठसङ्कप्पो, अब्यग्गमानसो नरो।
उपेति भद्दकं ठानं, यत्थ गन्त्वा न सोचति॥
‘‘अन्धञ्‍च एकचक्खुञ्‍च, आरका परिवज्‍जये।
द्विचक्खुं पन सेवेथ, सेट्ठं पुरिसपुग्गल’’न्ति॥ नवमं।

Source: http://www.tipitaka.org/deva/

Friday, January 13, 2017

र्इश्वरका बिषयमा बाैद्ध साहित्यमा के छ ?

त्रिपिटक: सूत्रपिटक खुद्दक निकाय, महाबोधी जातक


बुद्धलार्इ इश्वरका वारे प्रश्न सोध्नेलार्इ दिएको उत्तर




उरग जातक

श्रोत :- सूत्रपिटक, अर्थ कथा, खुद्दक निकाय, उरग जातक
https://www.facebook.com/BuddhaRakkhito/posts/1223888957692595
मार्फत भन्ते बुद्धरक्खितोबाट नयाँ संस्करणमा पोष्ट गरिएको


वाराणसीमा ब्रह्मदत्तको शासन हुदा बोधिसत्व एकपल्ट ब्राहमण कुलमा जन्मिए । छोरा, छोरी जहाँन, बुहारी, दासी र आफूसहित गरि ६ जना जहाँन परिवार किसानी कर्म द्वारा जीविका भइरहेको थियो । फेरी सबैले दान गर्नु र शील पालन गर्नुको साथै मरणानुस्मृतिको भावना पनि सधै गर्ने गर्थे ।

एक दिन बोधिसत्व आफ्नो छोरा संगै खेतमा काम गरिरहेका थिए । छोराले जमिन जोत्दै थियो । खेतमा आगो पनि बालिरखेको थियो । संयोगले खेतको एउटा प्वालमा बसेको सर्पको आखामा धुँवा लाग्यो । तब रिसले चुर भएर विषधारी सर्प प्वालबाट बाहिर निस्केर आउना साथ छोरालाई डस्यो । उ भद्राक्क पल्टियो । फेरी बोधिसत्व दौडिएर आएर हेरुञ्जेल सम्म त छोरा मरी सक्यो । बोधिसत्वले मरिसकेको छोरालाई बोकेर रुख मुनि पल्टाईदिए । एउटा कपडाले छोपिदिए । फेरी संस्कारको अनित्य स्वभाव देखेर मरणानुस्मृतिको भावना गरे । बोधिसत्व न त रुए न त कराए नै । केहि समय पछी एक जना त्यस घटना थाहा नपाएको मानिस आउन साथ, बोधिसत्वले -"आज दुवैलाई भोजन ल्याउनु पर्दैन । फेरी आज दासी मात्र पठाउनु पर्दैन । सबै सेतो वस्त्र लगाएर फूल, धुप बत्तीहरु लिएर आउनु ।" भनि समाचार पठाए ।

उता यो खबर सुन्न साथ ब्राह्मणीले थाहा पाइन् -आफ्नो छोरा मर्यो । ब्राह्मणी सुसंयत चित्त भएकी भएकोले सबैलाई सफा लुगा लगाउन लगाएर फुल धुप र बत्ति लिन लगाएर सबै खेतमा पुगे । तर न कोहि रुए न कोहि कराए । सबैले मरणानुस्मृति भावना गर्दै धैर्य गरिबसे ।

उनीहरुको त्यो अतुल्य धैर्यले शक्रको आशन नै तातियो । शक्र उनीहरुको धैर्यको परिक्षा गर्न आयो । त्यस बेला ब्राह्मण आफ्नो छोराको दाहसंस्कार गरिराखेको थियो । शक्रले सोध्यो - "बाबु यो तिमीले के गरिरहेको छौं ?

-"एउटा मानिस जलाई रहेको छु ।"

-"मेरो विचारमा त तिमीले एउटा मृग पोलिरहेको जस्तै छ नि ?"

-"होइन महाशय, मानिस नै जलाईरहेको छु ।"

-"त्यसो हो भने कोहि शत्रुलाई पोलिराखेको होला, होइन ?"

-"होइन महाशय, मैले आफ्नै छोरालाई जलाई राखेको छु ।"

-"अँ त्यसो भए, त्यो पक्कै पनि मन नपर्ने खराब छोरा होला होइन ?"

-"होइन, मेरो मन परेको छोरा नै हो, प्रिय पुत्र नै हो ।"

-"होइन होला, त्यसो भए तिमि किन नरोएको त ?"

त्यस पछी ब्राह्मणले नरोएको कारण स्पष्ट पार्दै शक्रलाइ भने -

उरगोव तचं. जिण्णं, हित्वा गच्छति संतनुं ।
एवं सरिरे निब्भोगे, पेते कालकते सति ॥
डय्हमानो न जानाती ञातीनं परिदेवीतँ ॥
तस्मा एतं न सोचामि, गतो सो तस्स या गति ॥

जसरि सर्पले आफ्नो काचुली छोडेर जान्छ, त्यसरी नै मनिहरुले शरीर छाडेर जान्छन भने त्यसरी नै भोगहिन शरीर मरेर जानासाथ आगोले पोली राखेको छु । पोली राखिएको मृतक छोराले म रुइरहेको छु भनि थाहा पाउँदैन । त्यसैले मैले शोक गरिन । उसको जुन गति हो उ त्यहाँ गयो ।

शक्र त्यस पछी ब्राह्मणी संग कुराकानी गर्दै केहि प्रश्नहरु सोध्यो। ब्राहमणी ले भनिन्-

अनब्भितो ततो आग, अननुञ्ञा इतो गतो ॥
यथा तथागतो, तत्थ का परिदेवनात ॥
डय्हमानो न जानाति, ञातीनं परिदेवितं ।
तस्मा एतं न सोचामि, गतो सो तस्स या गति ॥

नबोलाइकन उ यहाँ आयो । नसोधी नै यहाँ बाट गयो । जसरि आयो त्यसरी नै गयो । त्यसैले यहाँ रुने कराउने नै किन ? जलाउदै गरेको छोराले मैले रुएको कराएको सुन्दैन । त्यसैले म रुइन । उसको जुन गति हो उ त्यहाँ गयो ।

शक्रले त्यस पछी बहिनी संग पनि सोध्यो । 

उनले जवाफ दिईन्-
सचे रोड़े किसा अस्सं, तस्सा मे किं फलं सिया ।
ञातिमित्ता सुहज्जानं, भियो नो अरती सिया ॥
डय्हमानो न जानाति, ञातीनं परिदेवितं ।
तस्मा एतं न सोचामि, गतो सो तस्स या गति ॥

यदि मैले रोए भने म मात्र दुब्लो हुन्छु । यसले गर्दा ज्ञातिमित्रहरुले मात्र मलाई नै मन नपराउने हुन्छ । जलाउदै गरेको दाजुले म रोएको कराएको सुन्ने नै होइन । त्यसैले मैले उसको शोक गरिन । उसको जुन गति हो उ त्यहाँ गयो ।

शक्रले फेरी बुहारी संग पनि कुराकानी गर्दै सोध्यो - ऊ तिम्रो को हो ?"

"ऊ मेरो लोग्ने हो ।"

"लोग्ने मरेपछि महिलाहरु अनाथ नै हुन्छन् । त्यसो भएता पनि तिमि भन एक छिन पनि रुएनौ नि, किन ?"

जवाफमा बुहारीले भनिन-
यथापि दारकोचन्दं, गच्छान्तं अनुरोदति ।
एवं सम्पद मे वेतं, योपेट मनुसोचति ॥
डय्हमानो न जानाति, ञातीनं परिदेवितं ।
तस्मा एतं न सोचामि, गतो सो तस्स या गति ॥

जसरि बच्चा उदाईरहेको चन्द्रमा देखेर त्यसको लागि रुन्छ, त्यसरी नै मुर्खले मात्र मरेर गइसकेको लागि रुन्छ । जलाउदै गरेको लोग्ने म रोएको कराएको सुन्ने होइन । त्यसैले मैले उसको लागि शोक नगरेकी हुँ । उसको जुन गति हो उ त्यहाँ गयो ।

शक्रले पछी उसको दासी संग सोध्यो पक्का पनि उसले तिमीलाई कामले दु:ख दिन्थ्यो होला । गाली पनि गर्थ्यो होला । त्यसैले तिमीले त विचार गर्यौ हौली, उ मर्यो आराम भयो भनेर । त्यसैले नरोएकी होइन ?"

दासीले भनिन् - मेरो मालिक क्षमा, मैत्री र करुणाले युक्त हुनुहुन्थ्यो । यसरी भनेर आफु नरोएको कारण दासीले शक्रलाई बताइन -
यथापि उदककुम्भो, भिन्नो अप्पटिसन्धि यो ।
एवं सम्पदमेवेतं, यो पेतुमनुसोचति ॥
डय्हमानो न जानाति, ञातीनं परिदेवितं ।
तस्मा एतं न सोचामि, गतो सो तस्स या गति ॥

जसरी फुटेको माटोको गाग्रो फेरी जोड्न हुँदैन, त्यसरी नै मरिसकेको व्यक्ति फर्किएर आउँदैन । माटोको गाग्रो जोड्नको लागि रुनुमा जसरी अर्थ छैन त्यसरी नै मरिसकेको व्यक्तिको लागि रुनुको पनि केहि अर्थ छैन । जलाउदै गरिएको मेरो मालिकले मैले रोएको कराएको सुन्नु हुन्न । त्यसैले म उहाँको लागि शोक नगरेकी हुँ । उहाँको जुन गति हो त्यहि जानु भयो ।

उनीहरुको जवाफ सुनेर शक्र प्रसन्न भयो । फेरी उनीहरु लाई दान शील धर्म पालन गर्न सहयोग दिएर प्रेरणा दिएर फर्कियो ।

===================================

अन्त्यमा शाक्य मुनि बुद्धले यस जातक संग्रह गर्नुहुदै भन्नु भयो 

त्यस बेला को दासी बुद्ध कालमा खुज्जुत्त्रा भएर जन्मनु भयो

छोरी = उपलवण्ण भएर जन्म भयो

छोरा = राहुल भएर जन्मिए

आमा = खेमा

आफु ब्राह्मण चाहिं बुद्ध भएर जन्मनु भयो


काँचुली (स्रोत : उरगजातक) 
यसै जातकका सन्देशलार्इ समेटी भिक्षु सम्येक प्राणपुत्रले रचना गर्नु भएको गीत
(जोसुकै मरेपनि रुनुहुन्न भनी बुझाइएको गीत)

किन शोक गरुं मृतकप्रति ? किन रोउँ मृतकलाई सम्झी ?
जो जान्दैन दु:ख हाम्रो, न सुन्छ ऊ हाम्रो रोदन ।।

न बोलाएर कोही जन्मिन्छ, न सोधेर कोही नै मर्छ ।
सर्पले कांचुली फेरेझैं, जसरी आयो त्यसरी नै जान्छ ।।

फूटेको गाग्रो नजोडिएझैं, परलोक जाने फेरि फर्किन्न ।
चन्द्रमा नपाई रुने बालकजस्तै, मूर्ख रुन्छ मृतक सम्झेर ।।

चिन्ताले रोग बढाउंछ, विलापले पीडा जगाउँछ ।।
रुनाले कुरूप बनाउँछ, यसले हाम्रो के लाभ गर्छ ?

भवतु सब्ब मंगलम् ।

Thursday, December 29, 2016

बुद्ध पूजा सम्येक पाठ (नेपाल भाषा अनुवाद सहित)

पञ्चांग दण्डवत व याचना, 
आ झी त्रिरत्न शरण वना, पञ्चशील कया बुद्ध पूजा याये । न्हापां सकलेँ धर्म पासापिं पुलिं चुया पञ्चांग दण्डवत याये ।
बुद्धं नमामि, धम्मं नमामि, संघं नमामि ।  

ओकास द्वारत्तयेन कतं सब्बं अपराधं खमथ मे भन्ते । 
भन्ते, जिगु थ्व स्वँगू द्वारं छुंनं अपराध जुगू जुसा क्षमा याना विज्यायेमाल ।

अहं भन्ते तिसरणेन सहपञ्चशीलं धम्मं याचामि, 
अनुग्गहं कत्वा शीलं देथ मे भन्ते । 
दुतियम्पि .......
ततियम्पि .......
भन्ते जि त्रिशरण व न्यागूशील सहितगु
धर्म शिक्षा फ्वना च्वना,
कृपा तया शील शिक्षा विया विज्याहुँ ।

त्रिशरणगमन
नमो तस्स भगवतो अरहतो सम्मासम्बुद्धस्स । – ३
नमस्कार वसपोल भगवान अर्हत् सम्येकसम्बुद्धयात ।

बुद्धं शरणं गच्छामि - बुद्धया शरण वने जि
धम्मं शरणं गच्छामि - धर्मया शरण वने जि
संघं शरणं गच्छामि - संघया शरण वने जि


पञ्चशील पाठ
पाणातिपाता वेरमणी सिख्खापदं समादियामि - प्राणि स्यायेगु ज्या मयायेगु शिक्षापद पालन याये
अदिन्नादाना वेरमणी सिख्खापदं समादियामि - खुया कायेगु ज्या मयायेगु शिक्षापद पालन याये
कामेसुमिथ्याचारा वेरमणी  सिख्खापदं समादियामि - ब्यभिचार ज्या मयायेगु शिक्षापद पालन याये
मुसावादा वेरमणी सिख्खापदं समादियामि - मखुखँ ल्हायेगु, ज्या मयायेगु शिक्षापद पालन याये
सुरामेरयमज्जपमादट्ठाना वेरमणी सिख्खापदं समादियामि - बेहोसय् लाइगु अय्ला आदि सेवन मयायेगु शिक्षापद पालन याये


बुद्ध बन्दना
नमो तस्स भगवतो अरहतो सम्मासम्बुद्धस्स

इति पि सो भगवा अरहं सम्मा सम्बुद्धो विज्जाचरण सम्पन्नो सुगतो लोकविदू अनुत्तरो पुरिसदम्मसारथी सत्था देव मनुस्सानं बुद्धो भगवा ति । 

राग, द्वेष मोह त्याका, जुम्ह सम्येकसम्बुद्ध,
विद्याचरणं युक्त जुम्ह, सुगतिस न्ह्याँविज्याम्ह,
लोक स्युम्ह, पुरुष पिंत दमन यायेत सामर्थ्यम्ह,
मनुष्य व द्यो समेतया, गुरु जुया विज्याकम्ह,
बोध जुम्ह, मेपिन्त नं बोध याये फुम्ह बुद्ध

नमो तस्स सम्मासम्बुद्धस्स - नमस्कार उम्ह सम्येकसम्बुद्धयात

ये च बुद्धा अतीता च, ये च बुद्धा अनागता 
पच्चुपन्ना च ये बुद्धा, अहं वन्दामि सब्बदा ।।
नत्थि मे सरणं अञ्ञं, बुद्धो मे सरणं वरं
एतेन सच्च वज्जेन, होतु मे जयमंगलं
उत्तमंङ्गेन वन्देहं, पादपंसु वरुत्तमं
बुद्धे यो खलितो दोसो बुद्धो खमतु तं ममं
बुद्धं जिवितपरियन्तं सरणं गच्छामि

न्हापायापिं बुद्धपिं सकलेँ, लिपा वइपिं सहितनं
आ दुपिं गुलिनं सकलें, बुद्ध पिंत जिगु वन्दना
बुद्ध सिवे मदु मेपिं, बुद्ध हे उत्तम शरण
थुगु सत्य वचन प्रभावं, जुइमा जिगु जयमंगल
वन्दना याये बुद्धया जिं, तुतिया धु नं उत्तम भापिया
क्षमा जुइमा जिगु छुनं, अज्ञानं द्वंगु दुसा
शरण वने बुद्धया जि जीवन थ्व  जिगु ल्यंतले

धर्म वन्दना
स्वाक्खातो भगवता धम्मो सन्दिट्ठिको अकालिको एहिपस्सिको ओपनेय्यिको पच्चतं वेदितब्बो विञ्ञूही ति । 
कना तःगु  बाँलाक्क, खंके फूगु थनया थन
पिइ म्वाःगु पलख धका नं, क्यने ज्यूगु सो वा धका
निर्वाण पाखे तप्यँगु विज्ञपिंस थ थहे नं
विचार यासा थुइके फूगु, थुलि जुल धर्म गुण

नमो तस्स निय्यानिकस्स धम्मस्स - नमस्कार निर्वाण थ्यंका विइगु व धर्मयात

ये च धम्मा अतीता च, ये च धम्मा अनागता
पच्चुपन्ना च ये धम्मा, अहं वन्दामि सब्बदा ।।
नत्थि मे सरणं अञ्ञं, धम्मो मे सरणं वरं
एतेन सच्च वज्जेन, होतु मे जयमंगलं
उत्तमंङ्गेन वन्देहं, धम्मञ्च दुविधं वरं 
धम्मे यो खलितो दोसो धम्मो खमतु तं ममं
धम्मं जिवितपरियन्तं सरणं गच्छामि

न्हापास्यँगु धर्म फुक्कं, लिपा स्यनिगु सहितनं
स्यनाच्वँगु गुलिनं सकतां, धर्मयात जिगु वन्दना
धर्म सिवे मदु मेगु, धर्म हे उत्तम शरण
थुुगु सत्य वचन प्रभावं, जुइमा जिगु जयमंगल
वन्दना याय् जिं निथी कथंगु (लोकोत्तर व लौकिक), धर्म जिं उत्तम भापिया
क्षमा जुइमा जिगु छुनं अज्ञानं द्वंगु दुसा
शरण वने धर्मया जि जीवन थ्व  जिगु ल्यंतले

संघ वन्दना
सुपटिपन्नो भगवतो सावकसंघो, उजुपटिपन्नो भगवतो सावकसंघो
ञायपटिपन्नोे भगवतो सावकसंघो, सामीचिपटिपन्नो भगवतो सावकसंघो, यदिदं चत्तारि पुरिसयुगानि अठ्ठपुरिेस पुग्गला, एस भगवतो सावकसंघो, आहुनेय्यो, पाहुनेय्यो, दक्खिणेय्यो, अञ्जलिकरणीय, अनुत्तरं पुञ्ञक्खेत्तं लोकस्सा ति । 

धर्मया लँय् न्ह्याँवँपिं, बुद्धया संघ श्रावक
तप्यँगु लँय् न्ह्याँवँपिं, हेतु निर्वाण मतोतुपिं,
आदर गौरव तयेल्वपिँ, उत्तमपिं च्याम्ह पुद्गल
आवाहान, सत्कार, याना दक्षिणा बिल्वपिं,
ज्वजलपा यायेल्वपिं, पुण्यया बुँ समानपिं

नमो तस्स अठ्ठारिय पुग्गल महासंघस्स 
नमस्कार वसपोलपि च्याम्ह पुद्गल महासंघपिं

ये च संघा अतीता च, ये च संघा अनागता
पच्चुपन्ना च ये संघा, अहं वन्दामि सब्बदा ।।
नत्थि मे सरणं अञ्ञं, संघो मे सरणं वरं
एतेन सच्च वज्जेन, होतु मे जयमंगलं
उत्तामंङ्गेन वन्देहं, संघञ्च तिविधुत्तामं  
संघे यो खलितो दोसो संघो खमतु तं ममं
संघं जिवितपरियन्तं सरणं गच्छामि

न्हापायापिं संघपिं सकलेँ, लिपा वइपिं सहितनं
आ दुपिं गुलिनं सकलें, संघ पिंत जिगु वन्दना
संघ सिवे मदु मेपिं, संघ हे उत्तम शरण
थुगु सत्य वचन प्रभावं, जुइमा जिगु जयमंगल
वन्दना याय् स्वंगू कथंया (शील, समाधि व प्रज्ञा) संघ जिं उत्तम भापिया
क्षमा जुइमा जिगु छुनं, अज्ञानं द्वंगु दुसा
शरण वने संघया जि जीवन थ्व  जिगु ल्यंतले

जल–पूजा
अधिवासेतु नो भन्ते, पानीयं उपनामितं ।
अनुकम्पं उपादाय, पटिगण्हातु उत्तमं ।।१।
भो भन्ते, छलपोलयात, दोहलपा जुल त्वनेगु लः
जिमिगु उपरय् अनुकम्पां, ग्रहण याना विज्याये माल ।

खाद्य–पूजा
अधिवासेतु नो भन्ते, खज्जकं उपनामितं ।
अनुकम्पं उपादाय, पटिगण्हातु उत्तमं ।।२।।
भो भन्ते, छलपोलयात, दोहलपा जुल नसाज्वलँ
जिमिगु उपरय् अनुकम्पां, ग्रहण याना विज्याये माल ।

फलफूल–पूजा
अधिवासेतु नो भन्ते, फलानि उपनामितं ।
अनुकम्पं उपादाय, पटिगण्हातु उत्तमं ।।३।।
भो भन्ते, छलपोलयात, दोहलपा जुल फलफूल
जिमिगु उपरय् अनुकम्पां, ग्रहण याना विज्याये माल ।

भोजन–पूजा
अधिवासेतु नो भन्ते, भोजनं उपनामितं ।
अनुकम्पं उपादाय, पटिगण्हातु उत्तमं ।।४।।
भो भन्ते, छलपोलयात, दोहलपा जुल भोजन
जिमिगु उपरय् अनुकम्पां, ग्रहण याना विज्याये माल ।

व्यञ्जन–पूजा
अधिवासेतु नो भन्ते, ब्यञ्जनं उपनामितं ।
अनुकम्पं उपादाय, पटिगण्हातु उत्तमं ।।५।।
भो भन्ते, छलपोलयात, दोहलपा जुल ब्यञ्जन
जिमगु उपरय् अनुकम्पां, ग्रहण याना विज्याये माल ।

प्रदीप–पूजा
घनसारप्पदित्तेन, दीपेन तमधंंसिना ।
तिलोकदीपं सम्बुद्धं, पूजयामि तमोनुदं ।।६।।
स्वँगूलोकय् जः जुया विज्याम्ह सम्बुद्ध खः ।
अन्धकार नाश याइगु दीपं पूजा याना च्वना ।

पुष्प–पूजा
वण्ण–गन्ध–गुणोपेतं, एतं कुसुमसन्ततिं ।
पूजयामि मुनिन्दस्स, सिरीपाद–सरोरुहे ।।७।।

पूजेमि बुद्धं कुसुमेने नेन, पुञ्ञेन मेतेन च होतु माेक्खं । 
पुप्फं मिलायाति यथा इदं मे, कायो तथा याति विनासभावं ।।८।।

नस्वाःगु नाना रँग, बाँलागु स्वाँ ज्वना
पूजायाना चरणस, भगवान मुनिन्द्रयात
स्वाँ नं पूजा याये बुद्धयात, थुगु पुण्यं मोक्ष लायेमा,
गथे स्वाँफ्व सुकुचिंथेँ, गना वनी शरीरनं,
भालपिये सदाँ जिंनं, विनाश जुइगु स्वभावत

धूप–पूजा
गन्ध–सम्भार–युत्तेन, धूपेनाहं सुगन्धिना ।

पूजये पूजनेय्यन्तं, पूजा भाजनमुत्तमं ।।९।।
योग्यजुम्ह पूजायायेत, उत्तम पात्र जुया
नस्वाःगु धूपज्वना पूजायाये बुद्धयात ।

बुद्धोपदेश सार 
सब्ब पापस्स अकरणं कुसलस्स उपसम्पदा
सचितं परियोदपनं एत्तं बुद्धानंसासनं
याये मते छुनं - पापया ज्या, कुशल ज्या - बढे यायेगु
चित्त शुद्ध - या याँ वनेगु, थ्व हे शिक्षा - बुद्धपिनिगु ।

दश अकुशल (झिता पाप) पाठ  
अभिज्झा ब्यापाद मिच्छादिट्ठी मुसावादा 
पिसुनवाचा फरुसवाचा सम्फप्पलापवाचा
पाणातिपाता अदिन्नादाना कामेसु मिच्छाचारा 
वेरमणी सिक्खापदं समादियामि
लोभ, क्रोध, मिथ्यादृष्टि मनं याइगु स्वता थ्व ज्याः
मखुगु खँ ल्हायेगु, चुक्लि यायेगु, छाक्क ल्हायेगु खँ हानं,
खँ ल्हायेगु ज्या ख्यले मदुगु, वचनं याइगु प्यता थ्व ज्याः
प्राणि स्यायेगु, खुया कायेगु, काममिथ्याचार ज्याः
शरीरं याइगु स्वता ज्या नं, जुल मुक्कं झिता थुलि
पालन याये जिं, थ्व शिक्षापद मयायेगु दशाकुशल

दश पुण्यक्रिया (झिता पुण्यया ज्या) पाठ 
दानं शीलञ्च भावना पत्तिपत्तानुमोदन
वैय्यावच्च अपचायञ्च देसना सुति दिट्ठिउजु

दान, शील, भावना नं, कामना याये परमंगल,
लय् लय् तायेगु परया पुण्यय्, परसेवा सत्कार नं,
स्युगु धर्म खँ कनेगु, धर्म न्यनेत न्ह्यब्वायेगु,
धारणा शुद्ध याना तयेगु थुलि झिगू पुण्य क्रिया ।

चैत्य वन्दना
वन्दामि चेतियं सब्वं सब्बठानेसु पतिट्ठितं
सारीरिक धातु महाबोधिं बुद्ध रुपं सकलं सदा
वन्दना याये दक्व चैत्य, स्वना तःगु थासं थासय्
शारीरिक धातु, बोधि वृक्ष, दक्व बुद्ध रुपयातं

क्षमा याचना
कायेन वाचा चित्तेन, पमादेन मया कतं
अच्चयं खम मे भन्ते, भूरिपञ्ञो तथागत
काय वाक चित्त द्वारा, प्रमादया वसे लाना
जूगु दःसा द्वंगु छुँनं, क्षमा ब्यू द (गम्भीरातिगम्भीर प्रज्ञावान्म्ह) तथागतं

आशिका
इमाय बुद्ध पूजाय, कताय सुद्ध चेतसा
चिरं तिठ्ठतु सद्धम्मो, लोको होतु सुखी सदा
शुद्ध चित्तं यानागु जिं, बुद्ध पुजायागु फलं
सदां ल्यनेमा सद्धर्म, लोक जुइमा सुखी सदां


इमाय बुद्ध पूजाय, यं पुञ्ञं पसुतं मया 
सब्बं तं अनुमोदित्वा, सब्बेपि तुठ्ठ मानसा
गुलिनं पुण्य प्राप्ती बुद्ध पुजायागु फलं
अनुमोदन याना सकस्याँ मन जुइमा सन्तुष्ट नं ।

पूरेत्वा दानसीलादि, सब्बापि दसपारमी
पत्वा यथिच्छितं बोधिं, फुसन्तु अमतं पदं
दक्व पारमिता नापं, दानशीलादि पुरेयाना
इच्छा याःगु बोधि दयेका प्राप्त जुइमा निर्वाण नं

पटिपत्ति पूजा

इमाय धम्मानुधम्म पटिपत्तिया बुद्धं पूजेमि
इमाय धम्मानुधम्म पटिपत्तिया धम्मं पूजेमि
इमाय धम्मानुधम्म पटिपत्तिया सघं पूजेमि
अद्धा इमाय पटिपत्तिया जाति जरा ब्याधि मरणम्हा परिमुच्चिस्सामि

थुकथं धर्मानुकुल धर्माचरणं पूजा याना बुद्धया
थुकथं धर्मानुकुल धर्माचरणं पूजा याना धर्मया
थुकथं धर्मानुकुल धर्माचरणं पूजा याना संघया
थुगु धर्माचरण या याँ, जन्म जरा रोग मरण
मुक्त जुया वनी अवश्य ।

कामना
इमिना पुञ्ञ कम्मेन, मा मे बाल समागमो
सतं समागमो होतु, याव निब्बान पत्तिाया
इदम्मे पुञ्ञं आसवक्खया वहं होतु । 
इदम्मे पुञ्ञं निब्बानस्स पच्चयो होतु । 
इदम्मे पुञ्ञं सब्बे सत्ता सुखिता भवन्तु । 
जिगु थुगु पुण्य फलं, मजुइमा मूर्ख संगत
संगत जुइमा भिंपिं न्ह्यावलेँ मलातले निर्वाणपद
जिगु थुगु पुण्य फलं, मनया खिति चुइके फयेमा
जिगु थुगु पुण्य फलं, निर्वाणपद प्राप्त जुइमा
जिगु थुगु पुण्य फलं, दक्व प्राणि सुखी जुइमा


पत्तिदान (परमंगल कामना)
इदं नो ञातिनं होतु सुखिता होन्तु ञातयो – ३
थ्व झिसं यानागु पुण्य प्राप्त जुइमा ज्ञातिपिन्त

एत्तावत्ता च अम्हेहि सम्भतं पुञ्ञ सम्पदं
सब्वे देवा अनुमोदन्तु सब्ब सम्पत्ति सिद्धिया
आतक झिसं प्राप्त यानागु पुण्य फल सम्पत्ति
दक्व देवं यायेमा अनुमोदन, दक्व सम्पत्ति सिद्ध जुइमा ।

एत्तावत्ता च अम्हेहि सम्भतं पुञ्ञ सम्पदं
सब्वे सत्ता अनुमोदन्तु सब्ब सम्पत्ति सिद्धिया
आतक झिसं प्राप्त यानागु पुण्य फल सम्पत्ति
दक्व सत्वं यायेमा अनुमोदन, दक्व सम्पत्ति सिद्ध जुइमा ।

एत्तावत्ता च अम्हेहि सम्भतं पुञ्ञ सम्पदं
सब्वे भूता अनुमोदन्तु सब्ब सम्पत्ति सिद्धिया
आतक झिसं प्राप्त यानागु पुण्य फल सम्पत्ति
दक्व प्राणीं यायेमा अनुमोदन, दक्व सम्पत्ति सिद्ध जुइमा ।

साधु साधु साधु


















Wednesday, December 28, 2016

बाैद्ध परम्परामा अष्टमङ्गल

 तासी ल्हामोग्याल अर्थात् अष्टमङ्गल देवी


पूर्ण कलशः अाठैवटा मंगल चिन्हहरूले
सजाइएको कलश
श्री वत्स, पुण्डरिक, ध्वज, कलश, चामर, मत्स्ययुग्म, छत्र, शङ्खको संयुक्त रूपलाई (संस्कृत) अष्टमङ्गल (तिब्बती: བཀྲ་ཤིས་རྟགས་བརྒྱད་; चिनियाँ: 吉祥八宝 Jíxiáng bā bǎo) भनिन्छ| हिन्दु, जैन तथा बुद्ध धर्ममा यसको बिषेश स्थान छ| विषेशत: अष्टमङ्गलयुक्त कलशलार्इ पूर्ण कलश भनिन्छ र यसलार्इ शुभ साईत र श्रीसम्वृद्धिको प्रतिक मानिएको छ | परम्परानुसार अष्टमङ्गलका चिन्हहरूमा केही भिन्नता पनि भेटिन्छ । जस्तै नेपालको परम्परामा रहेकाे चामरको स्थानमा तिब्बती पराम्परामा धर्मचक्रको प्रयोग भएको छ । यस्तै हिन्दु र जैन परम्परामा केहि अाठ चिन्ह मध्ये केहिं चिन्हहरू फरक छन् । यी अाठ चिन्हहरूको अा-अाफ्नै प्रतिकात्मक अर्थहरू छन् । यी चिन्हहरू ध्यान साधनामा र शिक्षणमा प्रयोग हुन्छ ।

बाैद्ध परम्परामा अष्टमङ्गल
महायान वज्रयान बाैद्ध परम्परामा अष्टमङ्गल चिन्हहरूको प्रचलन विहारहरू लगायत घरघरमा तथा सार्वजनिक स्थानहरूको कलाकृतिमा समेत देख्न सकिन्छ । भगवान बुद्धले बोधिबृक्ष मुनि बोधिज्ञान लाभ भएको दिन देवलोकवाट देवताहरू अार्इ यी अाठ चिजहरू दान दिएको मानिन्छ । बाैद्ध कलामा अति प्रचलित यी चिन्हहरू अाध्यात्मिक तथा भाैतिक संबृद्धिको समेत कारकको रूपमा मानिन्छ । तसर्थ विहार तथा निजी घरहरूको मूल द्वारहरूमा यी चिन्हहरू चित्रकलामा वा काष्ठकला वा धातुकलामा अंकित गरिएको पाइन्छ । विषेशतः नव विवाहिता दम्पतिकाे, जंको गरेका जेष्ठब्यक्तिको र अन्य गण्यमान्य ब्यक्तिको स्वागत गर्न यी चिन्हहरू अंकित गरी द्वार सजाउने प्रचलन बाैद्धहरूमा प्रचलित छ । नयाँ घर निर्माण सम्पन्न पछि गरिने गृहारम्भ, गृहप्रतिष्ठा पूजा अादि अवसरहरूमा अष्टमङ्गल अंकित माला वनार्इ घरलार्इ घेर्ने परम्परा पनि अद्यापि चलिअाएको छ । नेवार बाैद्ध परम्परामा प्रत्येक शुभ अवसरहरूमा (विवाह, म्हःपूजा, घर छोडेर कतै बाहिर जाँदा अादि) सगुन दिंदा अष्टमङ्गल सम्वन्धी स्तोत्र मंगलाष्तव[३] वाचन गर्ने गरिन्छ । नेपाल वाहेक तिब्बत, भूटान, चीन र मंगोलिया अादि देशहरूमा अष्टमङ्गलको बढी प्रयोग भएको पाइन्छ । तिब्बती परम्परामा यी अाठ मंगल वस्तुहरू धारण गरेका देवी तासी ल्हामोग्याल अर्थात् अष्टमङ्गल देवीको नामले प्रसिद्ध छ ।

अष्टमङ्गलका अाठ चिन्हहरू निम्नानुसार छन् ।

  1. श्रीवत्स
  2. पुण्डरिक
  3. ध्वज
  4. कलश
  5. चामर
  6. मत्स्ययुग्म
  7. छत्र
  8. शङ्ख

यी चिन्हहरूको अर्थ विभिन्न स्रोतहरूमा विभिन्न तरिकाले गरेकाे पाइन्छ । ती मध्ये वढी प्रचलित अर्थबोधहरू निम्नानुसार छन् ।[४]
श्रीवत्स
श्रीवत्स
श्रीवत्स (संस्कृत भाषा) (अंग्रजीः The endless knot, तिब्बती: དཔལ་བེའུ་) डोरीको गाँठो वा ग्रन्थीको स्वरूपमा हुन्छ । शाब्दिक अर्थमा यसको अर्थ 'श्री' ले प्रेम गरेको भन्ने हुन्छ । 'श्री' भनेको लक्ष्मी हो र विष्णुको छातीमा लक्ष्मीको यो चिन्ह हुनुले विष्ण्र र लक्ष्मीको अगाढ प्रेम चित्रित गर्दछ । लक्ष्मी श्रीसम्पति र असल भाग्यका देवी हुनुले यो चिन्ह मंगल चिन्हको सूचीमा पर्न गएको हो । यो चिन्ह कृष्णको छातीमा पनि रहेको मानिन्छ । यस प्रकारको गाँठो वा ग्रन्थीको चिन्ह सिन्धुघाटीको सभ्यतामा भेटिएका माटाका टकहरूमा पनि भेटिएका छन् जसले यस चिन्हको प्रयोगको प्राचीनता सिद्ध गर्दछ ।

बौद्ध परम्परामा यस अनन्त गाँठोको चिन्हलार्इ भाग्यशाली चित्रका रूपमा लिइन्छ । स्वस्तिक झै अनन्त घुमिरहेको भाव यस चिन्हले समेत्ने भएकाले यसलार्इ श्रीवत्स-स्वस्तिकको रूपमा पनि मान्ने गरिन्छ । चीनमा यस चिन्हलार्इ दीर्घायु, निरन्तरता, प्रेम र सामञ्जस्यताको प्रतिकका रूपमा लिइन्छ । बौद्ध परम्परामा यसलार्इ बोधिचित्त, बुद्धको अनन्त प्रज्ञा र करूणाको प्रतिकका रूपमा लिइन्छ । अर्को अर्थमा यसलार्इ बुद्धको शिक्षा मध्येको प्रमुख प्रतित्यसमुत्पाद र अनन्त भवचक्रको रूपमा पनि लिइन्छ । बाैद्ध दर्शनमा यसलार्इ प्रज्ञा र उपायको गाँठो, शुन्यता ज्ञान र प्रतित्यसमुत्पाद ज्ञानको अविभाज्यता, धर्म दर्शन र जीवनको अन्तरसम्वन्धको प्रतिकको रूपमा प्रयोग गरिन्छ।[६] यस वाहेक यस चिन्हले संसारका प्रत्येक तत्वहरूको एक अापसमा हुने अन्तरसम्वन्धको सत्य, कार्य र कारणको सम्वन्ध, अादि र अन्त रहित नहुनु, बुद्धको अनन्त प्रज्ञा, समयसम्वन्धी भ्रमपूर्ण धारणा अादि अवघारणाहरूको समेत प्रतिनिधित्व गर्दछ ।

पुण्डरिका
पुण्डरिक (पद्म)
पुण्डरिका अर्थात् कमलको फूल (संस्कृतमा पद्म; तिब्बती: པད་མ་) काय वाक चित्तको पवित्रताको प्रतिकको रूपमा अष्टमङ्गलको दोस्रो चिन्ह कमलको फूल राखिएको हाे । धमिलो हिलोबाट उत्पत्ति भएर पनि त्यस हिलोको एक थोपा त्यसको पातमा नलाग्ने अर्थमा कलमको फूलले तृष्णा र उपादानबाट मुक्त अवस्थाको प्रतिनिधित्व गर्दछ । यस वाहेक कमल महाभिनिष्क्रमण, कुशलकर्मको संवर्द्धन अादिका पनि प्रतिक हुन् । कुनै पनि देवी देवताहरू कमलको फूल माथि वसाइनुको अर्थ त्यस देवी देवताको पवित्रता, सम्पन्नता, सम्पूर्णता झल्काउनु हो । यसलार्इ अर्को अर्थमा सबै बुद्ध बोधिसत्वहरू भवलोकमा नै उत्पन्न हुन्छन् तर तिनीहरू भवलोकका क्लेशहरू, मनो दुर्बलता र मोह अविद्याबाट टाढा रहेको हुन्छ ।
ध्वज

ध्वज
ध्वज (संस्कृत), (तिब्बती: རྒྱལ་མཚན་) - ध्वज वा झण्डा युद्धमा प्रयोग गरिने चिन्ह हो तसर्थ यसले युद्ध र विजयको प्रतिकात्मक अर्थ दिन्छ । तिब्वती परम्परामा एघार प्रकारका ध्वजहरू लेख्ने चलन छ यसले एघार प्रकारका क्लेशहरूलार्इ जित्ने ज्ञानलार्इ प्रतिनिधित्व गर्दछ । अप्सराहरूले बुनेको, बहुमूल्य हिरा ज्वाहरातको डांठ भएको, मगमग सुगन्ध भएको विजय ध्वज अज्ञानमाथिको विजय स्वरूप सुमेरू पर्वतमाथि गाडिएको ध्यान गरिन्छ । भगवान बुद्धले चार प्रकारका मारहरू (स्कन्धमार, मृत्युमार, क्लेशमार र देवपुत्र मार) माथिको विजयलार्इ इंकित गर्न पनि यस ध्वजको प्रयोग गरिन्छ ।[६] अर्को अर्थमा, बुद्ध शिक्षा संसारभरि भएको प्रसारको प्रतिकको रूपमा पनि ध्वजलार्इ लिइन्छ ।[४]

कलश
कलश
कलश (तिब्बती: གཏེར་ཆེན་པོའི་བུམ་པ་) स्वस्थ, दीर्धायु, संम्वृद्धि, ज्ञानको प्रतिक हो । जसरी कलशमा भरिपूर्ण अमृत सेवन गरी त्यो ब्यक्ति अमरत्व प्राप्त हुन्छ, त्यसरी नै बुद्ध शिक्षा अभ्यास गरी निर्वाणपद प्राप्त गरेको ब्यक्तिले अमृतपद प्राप्त गर्दछ । यो थेरवादी परम्परामा भिक्खु भिक्खुणीहरूले बोक्ने कुम्भको प्रतिक पनि हो । यस प्रकारको कलश वज्रयानी क्रियाहरूमा अभिषेक वा दिक्षा दिँदा प्रयोग गरिन्छ । सबैजसो संम्वृद्धिका देवताहरू जस्तै जम्वल, वैश्रवण, वसुन्धरा अादिको पादतलमा कलश राखिएको हुन्छ। वसुन्धरादेवीको प्रतिमालक्षणमा अाधा ढल्किएको अनन्त रत्नहरूको धारा पोखिरहेको कलशमाथि उनको पाउ राखिएको हुन्छ । यस कलशमा हुने वैभव जति सुकै झिके पनि नरित्तिने, भरिपूर्ण रइरहने प्रकारको हुन्छ । यस कलशको मुख चिन्तामणि रत्न वा तीन रत्नहरू वा कल्प वृक्षले ढाकिएको हुन्छ। संम्वृद्धि सवैतिर प्रसारण होस् भन्ने उद्देश्यले र त्यस स्थानमा विद्यमान हुने सबैखालका मनुष्य अमनुष्य सत्वलार्इ सन्तुष्टि प्राप्त होस् भन्ने उद्देश्यले घर वा मन्दिरको जग मुनि, भञ्ज्याङ्गहरू, तीर्थस्थलहरू, पानीको मूल, नदी र समुद्र अादि महत्वपूर्ण स्थानहरूमा कलश गाडिने प्रचलन छ।

चामर
धर्मचक्र

चामर
चामर चमर (याक)को पुच्छरलार्इ धातुको डांठमा जडान गरी राजाहरू वा देवीदेवताको पुजामा हम्कन प्रयोग गरिन्छ । यस प्रकारको चामर रोगग्रस्त मानिसको रोग निको पार्न वैद्यहरूले प्रयोग गरिन्छ । जसरी चामर हम्किंदा शितलता प्राप्त हुन्छ र थाकेका यात्रुहरूले केहि पाउँछ त्यसरी नै संसाररूपी अनन्त यात्रामा रहेका प्राणीहरूलार्इ बुद्ध शिक्षा अभ्यासले त्यस अनन्त यात्राबाट वाहिर निकालिदिन्छ ।

तिब्वती परम्परामा अष्टमङ्गल चिन्हहरूको समूहमा चामर प्रयोग नभर्इ धर्मचक्र प्रयोग गरिन्छ । धर्मचक्र (संस्कृत) (तिब्बती: ཆོས་ཀྱི་འཁོར་ལོ་) गाैतम बुद्धको सार धर्म र प्रथम पटक उपदेश देशना गरको महान घटनाको प्रतिकको रूपमा प्रयोग गरिन्छ ।

मत्स्ययुग्म
मत्स्ययुग्म
मत्स्ययुग्म (संस्कृत), (तिब्बती: གསེར་ཉ་[७]) गंगा जमुनाको प्रतिकको स्वरूप प्रयोग गरिन्छ । यस वाहेक यस चिन्हले चीनी परम्परामा यिङ्ग याङ्गले जस्तै दुर्इ तत्वको सन्तुलित जोडबाट प्राप्त हुने पूर्णता जनाउँछ । उदाहरणका लागि चन्द्र र सूर्य नाडी, महिला र पुरूष, दिन र रात अादि जुन एकअर्काको परिपूरक हुन्छन् । माछा अति छिटो वढ्ने प्रजाति हुनाले यसलार्इ संवृद्धिको प्रतिकका रूपमा लिइन्छ । तसर्थ यस चिन्हले उत्पादनशीलता र उर्वरता जनाउँछ । बाैद्धपरम्परामा समुद्रले प्रतिकात्मकरूपमा संसारलार्इ जनाउँछ । जसरी माछा पानीमा अानन्दपूर्वक, स्वतन्त्रपूर्वक, निर्भिकतापूर्वक तैरिन्छ वा खेल्छ, त्यसरी नै मुक्त ब्यक्तिहरू प्रशन्न र स्वच्छन्द भर्इ संसारमा बाँच्छ । यस प्रकारले यस जोडी माछाले मुक्त ब्यक्तिको महत्वपूर्ण गुणलार्इ जनाउँदछ ।

छत्र
छत्र
छत्र (संस्कृत) (तिब्बती: རིན་ཆེན་གདུགས་[१]), अर्थात् छाता सुरक्षा र प्रतिष्ठाको प्रतिकको रूपमा प्रयोग हुन्छ । जसरी छाताको प्रयोगले माैसम (घामको ताप, पानी) को प्रतिकूल प्रभाव रोक्छ त्यसरी नै सद्धर्म धारणले हानिकारक शक्तिहरू र रोगहरू बाट रक्षा गर्दछ । सद्धर्म ज्ञान उत्पन्न भए पछि यसले क्लेशको तापलार्इ रोकी शीतलता प्रदान गर्छ । सीतातपत्र देवी (सेतो छत्र) यो चिन्ह सँग सम्वन्धित देवी हुन जसलार्इ भयबाट रक्षा गर्ने देवीका रूपमा पूजिन्छ ।

छत्रको दोस्रो अर्थ सम्मान प्रतिष्ठा हो । उच्च अोहदाका ब्यक्तिहरूलार्इ अोहदानुसारको छत्र अोढाइन्छ । तसर्थ छत्रले त्यसको मुनि वस्ने ब्यक्तिको महत्व र अोहदा जनाउँछ ।

बाैद्ध परम्परामा छत्रको डाँठ गाडिक्एरको विन्दुलार्इ ब्रह्माण्डको केन्द्र विन्दु मानिन्छ र छत्रको फिजिएको माथिल्लो भागले ब्यापकता जनाउँछ । बुद्ध शिक्षाले पाएको ब्यापकता, जनजनको मन जित्न सफल भएको बुद्धको शिक्षा भएकोले बुद्धलार्इ चक्रवर्ति पदबाट पनि पूजिन्छ । तसर्थ बुद्धको चक्रवर्ति पदको प्रतिक स्वरूप पनि छत्रलार्इ लिइन्छ । चैत्य/स्तुपको गुम्वजको माथि चतुकोणाकार हर्मिका हुन्छ र त्यस माथि राखिने त्रयोदश भुवन भनिने १३ चक्का वृतहरू यहि छत्र हुन् ।

दक्षिणावर्त शंख
शंख
दाहिने धुमेको शंख (संस्कृत) (तिब्बती: དུང་དཀར་གཡས་འཁྱིལ་) ले सुमधुर, गहिरार्इ सम्म पुग्न सक्ने धर्मको ध्वनीको प्रतिक जुन ध्वनीले गहिरो अज्ञानको अवस्थाबाट ब्युँझार्इ दिन्छ। वास्तवमा शंखनाद (शंख बजाउनु) पूर्वकालहरूमा महत्त्वपूर्ण सभाहरू बोलाउनका लागि र युद्धमा अाफ्नो शक्ति र सत्ताको प्रदर्शन गर्न प्रयोग गरिन्थ्यो । यस बाहेक शंखनादले अमङ्गललार्इ हटाउने, खराव अात्माहरूको प्रभावलार्इ रोक्ने, प्राकृतिक प्रकोप हुन नदिने र हानिकारक प्राणिहरूलार्इ तर्साउँछ भन्ने मान्यता रहेको छ ।[८] बाैद्ध परम्परामा शंखलार्इ धर्मको उद्धोषणाको प्रतिकको रूपमा प्रयोग गरिन्छ । धर्म उद्धोषणा रूपी शंखनादको स्वर अपाय नरक लोक सम्म पुग्छ र नरकवासीहरूलार्इ समेत मुक्ति पदमा अाउन उत्प्रेरित गर्ने भन्ने मान्यता छ ।[९] हिन्दुमान्यतानुसार शंख भगवान विष्णुको एक हातमा धारण गर्ने वस्तु हो ।
पाद टिप्पणी[सम्पादन गर्ने]


  1. Sarat Chandra Das (1902). Tibetan-English Dictionary with Sanskrit Synonyms. Calcutta, India: mainly used in buddhismBengal Secretariat Book Depot, p.69
  2. Source: bkra-shis-rtags brgyad.
  3. मंगलास्तव, अनुच्छेद ९ श्रीवस्त पुण्डरिक ध्वजवर कलश चामर मत्स्य युग्म त्वंछत्र हेमदण्ड रविशशी उभयो दक्षिणावर्त शंख
  4. Shakya, M.B., 2000. Sacred Art of Nepal: Nepalese Paubha Paintings: Past and Present. Handicraft Association of Nepal, Kathmandu.
  5. Source: Dpal be'u
  6. Beer, R. 2003. The Handbook of Tibetan Buddhist Symbols. Serindia Publications, Inc. USA
  7. Source: gser nya
  8. http://www.buddhismgifts.com/articles-on-buddhism/meaning-buddhist-symbols/
  9. http://windhorseart.com/about-ashtamangala-info-text

म्हः पूजा

चित्र नं. १ः म्हःपूजा मण्डलको चित्र
म्हः पूजा नेपाल संवत अनुसारको नयाँ वर्षको सुरुवात कार्तिक शुक्लपक्ष प्रतिवदाको दिन नेवार समुदायले मनाउने पर्व हो । यस पर्वमा हिन्दु तथा बाैद्ध दुवै समुदायका नेवारहरूले अाफूले अाफैलार्इ पूजा गरी सुस्वास्थ्य तथा दिर्घायुको कामना गर्ने गरिन्छ । यसका लागि परिवारका सबै सदस्यहरू अनिवार्य रुपमा एकै ठाउँमा बसी अाफूलार्इ मण्डलमा प्रतिविम्वित गरी अाफैले अाफ्नाे पूजा गरिन्छ । म्हःपूजा हिन्दु तथा बाैद्ध दुवैले श्रद्धापूर्वक मनाउने भएकोले पर्वलार्इ धार्मिक समन्वयको कडीको रूपमा पनि लिइएको छ । म्हःपूजाका लागि परिवारको सबै भन्दा जेठी आमाले पूजा अघि सारी अाफ्नो अाफै पूजा गर्न लगाइन्छ । अाफ्नाे प्रतिविम्व सार मण्डलमा चित्रित गरी अाफूलार्इ चिन्ने ज्ञानदर्शन प्राप्त गरी जीवन सुख अानन्दमय वनाउने र सुस्वास्थ्य दिर्घायुको कामना गर्ने गरिन्छ । विदेशमा वसेका नेपालीहरूले पनि यस म्हःपूजालार्इ अाफ्नो माैलिक पहिचानका रूपमा मनाउने गरेको छ ।

पूजा विधि

यस पूजा शुरू गर्न सर्वप्रथम घरको बुइगलमा वा अन्य खुला कोठाको भुर्इंमा ढुंगाको धुलो प्रयोग गरी परिवारका प्रत्येक सदस्यको लागि एक एकवटा मण्डल वनाइन्छ । यस वाहेक सबै भन्दा माथि एक र सवैभन्दा मुनि एक गरी दुर्इ वटा थप मण्डल देवताका लागि वनाइन्छ । यस वाहेक पानीले भरिएको गाग्री, नाङ्लो र कूचाेको लागि पनि मण्डल वनाइन्छ । मण्डललार्इ रँगहरू प्रयाेग गरी सिंगारिन्छ र फलफूल, धूप, फूल, जजंका (यज्ञोपवित) अादि सामग्रीहरूले सजाइन्छ ।

परिवारका सवै सदस्यहरू लहरै पलेटी कसेर मण्डल सामुन्ने परी वस्दछ । परिवारकाे सवैभन्दा जेठी अामाले शुरूमा सूर्य रूपी सुकुण्डालार्इ पूजा गरी सवै मण्डलहरू पूजा गर्दछ । तत् पश्चात् सबैलार्इ 'धाै सगँ' दहिको सगुन दिइन्छ । त्यस पछि सवैले लामो कपडाको वत्ती (खेलु इताः) मण्डल माथि बालिन्छ । बालिएको खेलु इताःले दिप्तमान् भइरहेको मण्डलको पूजा गरी जेठी अामाले सजाइएको विमिरा, अन्य फलफूल, जजंका, गोदावरी फूल र वत्ती सवैको हातहातमा दिइन्छ र सवै सदस्यले ती सामग्रीहरू निधारले ढोगी ग्रहण गरिन्छ ।

यस पश्चात् खेँ सगँ (उसिनेको अण्डा र तेलमा तारेको माछाको सगुन) दिइन्छ । सगुन दिर्इ भातको जाँड तिन पटक सम्म थपी थपी खुवाइन्छ । यसरी जाँड थप्दा कचाैरा भुर्इमा राख्नु हुँदैन । सगुन ग्रहण गर्दा सगुन दिने अामालार्इ यथाश्रद्धा दक्षिणा दिइन्छ ।

म्हःपूजा विधि स्थान, क्षेत्र, समुदाय अनुसार विविध स्वरूपमा पाइन्छ । माथि गरिएको वर्णन अनुसारको पूजा अधिकांश समुदायहरूले गर्ने विधि हुन् ।

अष्टमङ्गाकिंत अष्टदल पद्माकार मण्डल

मण्डलको भावार्थ
मण्डलको सामान्य अर्थ संस्कृतमा गोलाकार हो । पूजा साधना प्रयाेजनमा मण्डलले विषयको सार अर्थ तथा समग्र स्वरूप जनाउन प्रयोग गरिन्छ ।[६][७][८] यसर्थ म्हःपूजा मण्डलले म्हः (अाफू) को सार अर्थ तथा यथार्थ स्वरूप चित्रित गर्दछ । म्हःको विविध पक्षलार्इ समावेश गरी मण्डलको मध्य विन्दुमा अाफूलार्इ राखिन्छ । मण्डलको बिविध अंग तथा पक्षहरूलार्इ निम्नानुसार प्रस्तुत गरिएको छ ।

चुनढुंगाको धुलोको प्रयोगः म्हःपूजाको मण्डल चुनढुंगाको धुलोबाट लेखिन्छ । चुनढुंगा उपलब्ध नभएको अवस्थामा चामलको धुलो पनि प्रयोग गरेको पाइन्छ । धुलोलार्इ सीधै हातमा लिर्इ मण्डल कोर्ने वा साँचो प्रयोग गरी मण्डल वनाउने गरिन्छ । यसरी धुलोले नै लेखिनुको कारण यो मण्डल पूजा पश्चात् मेटाउनु पर्ने भएकोले हो । अाफू के हो ? भनी चित्रमा कोरी त्यसको दर्शन गरे पश्चात् त्यसलार्इ तुरून्तै मेट्नु पर्दछ । जसरी निर्मित मण्डल अाफ्नै निर्मित प्रतिविम्व मात्र हो यसरी नै अाफूको रूपमा मानिएको 'म' को भावना, अाफ्नो भाैतिक रूप (physical aspects) तथा चेतसिक (psychic aspects) दुवै पक्ष एेना भित्र देखिने प्रतिविम्व समान हुन् भन्ने थार्थ दर्शनलार्इ बुझ्नको लागि यसरी धुलोको प्रयोग गरिएको हो ।[९][१०] अाजभोली धातुको मण्डल वनार्इ त्यसमा केहि धुलोको प्रयोग गरी पनि म्हः पूजा गर्न थालेको पाइन्छ ।

अष्तदल पद्माकारः म्हःपूजा मण्डल अाठवटा पात भएको कमलको फूलको स्वरूपमा वनाइन्छ । म्हः (अाफू) लार्इ कमलको फूलको रूपमा प्रतिविम्वित गर्नु ब्यक्तिको अादर्श रूप हो । जसरी कमलको बोट हिलोबाट निस्केको भएतापनि कमलको फूल त्यस हिलोबाट अलग भएको हुन्छ र त्यस हिलो प्रति निर्लिप्त भएको हुन्छ । यसरी नै यस संसार रूपी हिलोबाट माथि उठ्न सक्ने अादर्श स्वभाव सवै ब्यक्तिहरूमा विद्यमान छ तर यसलार्इ नचिनेको कारण वा विर्सिएको कारण हामी संसाररूपी दलदलमा रमाइरहेको र अनन्त दुःखको भुमरीमा परिरहेको कुराको बोध गराउने यस मण्डलको अाकृति पद्माकार वनाइएको हो । पद्मको अर्काे अर्थ पवित्रता हो । राग, द्वेष र मोह रूपी दलदलबाट अलग्ग रही काय, वाक् र चित्तका कर्महरू शुद्ध राखिरहने अादर्श रूप 'म' हो भन्ने अनुभूति गराउने पनि यसको उद्देश्य हो । कमलको अाठवटा पातको अर्थ अष्टमंगल, अार्य अष्टाङ्गिक मार्ग हो । प्रशिद्ध बाैद्ध स्त्रोत्र 'मंगलाष्तव स्तोत्र' को नवाै पंक्ति "गो कन्या शंख भेरी दधि फल कुसुमं पावको दिपमाला तुष्टा सर्वार्थसिद्धि विमलसुमनसा मंगलं वो दिशन्तु ।।" अनुसार यस अष्टदलमा गो अर्थात् पृथ्वी, कन्या, शंख, सिंग, दहि, फलफूल, फूल, दीपकमाला यी अाठ चिन्ह मंगलचिन्हका रूपमा राखिन्छ । 
शैव परम्परानुसारको षट्कोणाकार मण्डल

षट्कोणाकारः हिन्दुमतानुसार वनाइने मण्डलचाहिं षट्कोणाकार हुन्छ। शैव परम्पराको षट्कोणले प्रकृति र पुरूष वा शिव र शक्ति को एकत्वको स्वरूप नै अाफू भएको ज्ञानबोध गराउन खोजिएको हुन्छ । [२][३]

मण्डलको बीचको वनाइने संकेन्द्रित (Concentric) वृतहरूः .[११]

अधिकांश प्रचलनहरूमा बीचको विन्दु वरिपरि ४ वटा संकेन्द्रित वृतहरू वनाइन्छ । तिनीहरूको प्रतिक निम्नानुसार छ ।[१२] [१३]
  • तेलको मण्डल - छिटो नसुक्ने लामो समय सम्म टिकी रहने तत्व, चेतन तत्व, नामस्कन्ध
  • अाखे (खैरो चामलको पूर्ण अन्न) - अखण्डता, पूर्णता
  • धान - पुनरावृति, पुनर्जन्म
  • लावा (ताय्) - हेतु प्रत्येय, कार्य र कारणको उपज
कसैकसैले मण्डलको बीचमा ६ वटा वृतहरू कोरेको पनि पाइन्छ । यी मध्ये सवै भन्दा भित्र चेतन तत्वको प्रतिकको रूपमा तेलको वृत र पञ्चतत्वको प्रतिकको रूपमा क्रमशः अाखे (खैरो चामलको पूर्ण अन्न), कालो मास, धान, कालो भटमास र लावा (ताय्) का वृतहरू वनाइन्छ ।

ख्यलुइता बाल्नु - ८ देखि १० इन्चि सम्म लामो गरी वनाइने कपडाको वत्ती दुइ थान मण्डलको छेउमा राखिन्छ । मण्डल पूजा पश्चात् ती वत्तीहरूको दुवै छेउ बाली तेर्सो र ठाडो पारी प्लस अाकारमा मण्डल माथि बालिन्छ । यसको प्रतिकात्मक अर्थ अाफूमा सर्वाङ्गीणरूपमा ज्ञानको दीपक प्रज्ज्वलित गर्नु हो । ज्ञानको दीपक बालेको तत्क्षणमा नै अज्ञान रूपी अन्धकार हराउँछ । अाफू र जगतको यथार्थ छर्लङ्ग हुन्छ ।

अष्टमात्रिका मण्डल रूपी भोजको थाली
भोज

पूजाको अन्तमा सवै परिवारजन एकै पंक्तिमा वसी सुन्दररूपमा सिंगारिएको मण्डल माथि नै थाल राखी परम्परागत नेवाः भोज खाइन्छ । जति सुकै राम्रो सिंगारिएको भए पनि त्यस मण्डलको सुन्दरतामा पटक्कै अाशक्त नभर्इ मण्डल विग्रिएला भन्ने सुर्ता नलिइकन अष्टमात्रिकाका प्रतिक स्वरूप अाठ परिकारयुक्त भोज खाइन्छ । भोज समाप्त भए पश्चात् मण्डल र थाली रात भरिका लागि त्यतिकै छोडिन्छ र भोलि पल्टमात्र भुइ बढारेर सफा गरिन्छ ।
संन्दर्भ स्रोत सूची

  1. http://nepalicalendar.rat32.com/index.php?
  2. Dhaubhadel, Manoranjan N.. "Mha Puja -- A Unique Newah Tradition", NOA Florida Chapter, 17 November 2012. अन्तिम पहुँच मिति:12 October 2013.
  3.  Maharjan, Ujjwala. "Cultural symbolisms in Mha Puja", 5 November 2010. अन्तिम पहुँच मिति:21 November 2012.
  4.  "Mha Puja today, Nepal Sambat 1132 being observed", 27 October 2011. अन्तिम पहुँच मिति:21 November 2012.
  5. "Mha Puja 2012 & New Year Nepal Samvat 1133 Celebration". 2012. अन्तिम पहुँच मिति: 15 October 2013.
  6. YOWANGDU, 2012। Sand Mandalas: Creating A Perfectly Harmonious World. [Available online at] https://www.yowangdu.com/tibetan-buddhism/sand-mandalas.html
  7. van den Hoek, A. W. (2004). Caturmāsa: Celebrations of Death in Kathmandu, Nepal. CNWS Publications. p. 127. ISBN 9789057890987 .
  8. Löwdin, Per (1985). Food ritual and society among the Newars. Uppsala University. p. 66. ISBN 9789150605938 .
  9. https://en.wikipedia.org/wiki/Sand_mandala
  10. Chittister, S.J., 2011. The Mandala: Why Do Monks Destroy It? [available online] at http://www.huffingtonpost.com/sister-joan-chittister-osb/mandala-why-destroy-it_b_970479.html
  11. Bajracharya, Chunda (2000). Newah Tajilajii Nakhah Chakhah. Kathmandu: Nepal Bhasa Academy. p. 145.
  12. शाक्य सुवर्ण, ने.सं. ११२३. म्हंपूजा विधि, अोलम्पस क्लव, नेपाल
  13. बज्राचार्य राजेन्द्रमान, ने.सं. ११२७. म्हंपूजाः पूजाविधि र भावार्थ, वज्रयान बाैद्ध तथा महाविहार संघ नेपाल।