Thursday, October 12, 2017

दुःख मुक्तिका उपाय - दान

दान के हो ?
‘दान’ को शाब्दिक अर्थ ‘दिनु’ हो । यो सामान्य अर्थमा एक सामान्य क्रिया हो । तर यो क्रियालार्इ सही अर्थमा बुझी सहि ढंगबाट अवलम्वन गर्न जानेमा दान कार्य जीवनका सम्पूर्ण दुःखहरूबाट मुक्त गराउने सबै भन्दा महत्त्वपूर्ण उपायका रूपमा सिद्ध हुनेछ । यसरी दुःखबाट मुक्त गराउने खालको दानलार्इ दानपारमिता धर्म (दुःख सागरबाट पार तार्ने) भन्दछ । शुद्ध दान गर्नाले चित्तका मयलका रूपमा रहेका असन्तोषी भाव, आशक्ति एवं अहंकार भावबाट मुक्त हुन थाल्दछ । यस्तो प्रयत्न सहित आफूसँग उपलब्ध भएको कुनै पनि उपयोगी वस्तु वा कुरा निशुल्क वा विना स्वार्थ उपयुक्त ग्राहकलार्इ प्रदान गर्नु नै सहि अर्थमा ‘दान’ हो । त्यसैले दान शब्दले बाहिरी रूपमा दिने क्रिया जनाउँछ भने यसले भित्री अर्थमा दानशील, त्यागशील, उदार र अनाशक्त चित्त पैदा गर्नुलार्इ जनाउँदछ ।तसर्थ दानपारमितालार्इ अंग्रेजीमा ‘Perfection of Generosity’ अर्थात् ‘उदारभावको पारंगतता’ भनी अनुवाद गरिन्छ । सच्चा उदारता सबै प्रतिको वेशर्त प्रेम र करूणाबाट मात्र उत्पन्न हुन्छ। लोभ, आशक्ति, संग्रह, संकुचितता आदि उदारभावका विपक्ष धर्महरू हुन् । ब्यवहारमा केहिं न केहिं दिने अभ्यासबाट दानको सुरूवाट हुन्छ । यस सँग सँगै चित्तको अवस्था शुद्ध हुँदै गएमा र दानको शुद्धताका बारे राम्ररी बुझेर यो क्रिया गर्न सके यस क्रियाको गुणस्तर बृद्धि गर्दै लान समर्थ हुन्छ । दानको सही अभ्यासले हामीमा संसारलार्इ हेर्ने सम्येक दृष्टिको विकास गराउँदछ । अभावको भाव र तृष्णाको भाव छोडी यसको सट्टा म सँग के छ? र म के दिन सक्छु ? भनी सोच्ने भावको विकास हुन्छ । दानलार्इ बुद्ध शिक्षामा दशपारमिता र दशपुण्यक्रियाको शिक्षामा सर्वप्रथम राखिएको छ । 

यो पुण्य क्रियाबाट विकास भएको उदारभाव क्रमशः चित्तको स्वभावका रूपमा पुनर्स्थापना हुन पुग्दछ । यस्तो स्वभावको ब्यक्तिले निम्नानुसार अवस्थाहरूमा उदार भाव राख्न समर्थ हुन्छ । 
  • कसैको कुरा सुन्नुमा उदार हुनु 
  • अरूको खुसी तथा उन्नतीमा आफू पनि खुसी हुनु 
  • कसैलार्इ हानी वा दुःख भएको छ भने त्यसमा स्वानुभूति राख्नु 
  • असलकामका लागि अरूलार्इ प्रशंसा गर्नु 
  • अरूलार्इ वेशर्त सम्मान दिनु 
  • अरूलार्इ सहयोग गर्नु 
  • सामान्य अवस्थाहरू देखि ठूला घटनाहरूमा पनि समता भाव राख्ने, खुसी हुने । 
दानका प्रकारहरू 
दिइने वस्तु वा विषयका आधारमा दान चार प्रकारका हुन्छन् । ती हुन् –

१. आमिष दान – दान दिनुपर्ने पात्र (ग्राहक)हरूलार्इ वस्तु, लुगाफाटा, औषधी, भोजन, धन इत्यादि उपभोग्य वस्तु दान दिनु आमिष दान हो । दान लिने ग्राहकका (दानक्षेत्र) आधारमा आमिष दान तीन प्रकारका छन् । 
  • दुःख क्षेत्र – गरीव, दुःखी, असहाय, निमुखा मनुष्य र अन्य प्रेत, पशुपंछीलार्इ करूणायुक्त भर्इ दिइने दानको क्षेत्रलार्इ दुःख क्षेत्र भनिन्छ । 
  • उपकारी क्षेत्र – आमा-बुवा, आफुलार्इ हुर्काउने, हेरचाह गर्ने बृद्ध बृद्धाहरूलार्इ उपकारी क्षेत्र भनिन्छ । उनीहरूको सेवा गर्ने उनीहरूलार्इ आवश्यक वस्तु, स्वास्थ्योपचार तथा मानसिक टेवा रूपी दानको ठूलो पुण्य हुन्छ । 
  • गुण क्षेत्र – यसमा त्रिरत्न, बोधिसत्त्वहरू, प्रत्येकबुद्धहरू, आर्य श्रावकहरू, शीलवान् श्रमण तथा ब्राह्मणहरू आदि पर्दछ । धेरै गुणले सम्पन्न हुने भएकाले यी ब्यक्तिहरूलार्इ दान दिनाले अन्य क्षेत्रको तुलनामा यस क्षेत्रमा दिइएको दानको पुण्यफल सबैभन्दा बढी हुन्छ । 
२. अभय दान - भयमा परेका प्राणीहरूलार्इ भयबाट निकालिने कार्य

३. मैत्री दान - सबैको मंगल होस्, शारीरिक तथा मानसिक दुःख नहोस्, बैरभाव नहोस्, अाफ्नो रक्षा अाफै गर्नमा सक्षम होस् भनी मैत्री भावना गर्ने र अाफूले गरको पुण्यको फल सबैले पाअोस् भन्ने कामना । 

४. धर्म दान - अाफूले जानेको दुःख मुक्तिका उपाय वताएर दुःखमा परेका मानिसहरूको दुःख निवारण गर्नमा सहायक हुनु

उदारभावको अभ्यास सम्वन्धमा मार्क लेसरले अाफ्नो लेख ‘उदारभावको अभ्यास’ (The Practice of Generosity) मा प्रस्तुत गरेका केहिं उपयोगी विषयवस्तुहरूलार्इ निम्नानुसार नेपाली अनुवाद गरी प्रस्तुत गरेको छु । 
  • जीवनका प्रत्येक अवस्थाहरूमा उदारभावको अभ्यास गर्न सकिन्छ - दैनिक जीवनमा, काममा, सम्वन्धहरूमा उदारभावको अभ्यास गर्न सकिन्छ । कतिपय अवस्थामा त्यो त्यति सजिलो र सामान्य नहुन सक्छ । यसलार्इ असजिलो वनाउने तत्त्व स्वार्थी भाव हो । स्वार्थी भाव आफैमा भयको एक रूप हो भने अरूप्रतिको मैत्री भाव, प्रेमभाव जुनमा कुनै लाभको अपेक्षा राखिँदैन, यो उदारभाव हो । खुला हृदय, आफूलार्इ उत्सुक तथा स्वीकार भावमा राख्नु, कृतज्ञभाव, सन्तोष भाव आदि उदारभावका रूपहरू हुन् । 
काजुआकी तानाहासी – “If you learn to enjoy waiting, you don’t have to wait to enjoy.” (“यदि तिमी प्रतिक्षा गर्नमा मज्जा लिन सिकेमा, तिमीले मज्जाको लागि प्रतिक्षा गर्नु पर्दैन ।”) यसरी जीवनका प्रत्येक अवस्थाहरूमा उदारभावको अभ्यास गर्न सकिन्छ । ट्राफिक जाम, हवाइजहाजको उडान रद्द हुँदा, सफा लुगामा कफी पोख्दा, अकस्मात मानसिक तथा शारीरिक अवस्थाहरूमा वज्रपात भएमा पनि उदारभावमा रहने सक्ने हुन्छ ।
  • एकत्व र अन्तरसम्वन्धको सत्य सम्वन्धी बोध - हाम्रो सबै सँग नाता छ । हाम्रो शरीर र चित्त, हावा पानी देखि ब्रम्हाण्डका ग्रह ताराहरू सम्म सँग सम्वन्धित छौं । संसारको सबै प्रकारको उत्पत्ति र सृष्टिमा हामी सम्मिलित छौं । यो सत्यलार्इ नबुझी वा विर्सी हामी अरू भन्दा भिन्न वा विशेष आफूलार्इ ठान्छौं । जति जति यस प्रकारको दूरीको विचार राखिन्छ, त्यति त्यति खुला हृदयले दान दिन गाह्रो पर्छ । यसको विपरित जति हामी एकत्वको भाव वा अन्तरसम्वन्धको सत्यलार्इ स्वीकार गर्छौं तव अरूको सुख पनि आफ्नो जतिकै महत्त्वपूर्ण छ भन्ने विचार उत्पन्न हुन्छ र दान दिने कार्य सहज र स्वतःस्फूर्त हुन पुग्दछ । यसमा थप, दान दिने कार्यले अन्य जगत् संग आफू नजिको नातामा रहेको सत्यको ज्ञान प्रगाढ हुँदै आउँछ । यो ज्ञानको विकास नै दानको उत्तम फल हो । यस पछि हामीलार्इ लाग्न थाल्दछ अरूलार्इ दान दिनु भनेको आफैलार्इ दिनु हो किनकि सत्य यो हो कि त्यहाँ अरू भन्ने चिज नै छैन, म र अरूको बीचको दूरी नै शून्य छ ।
  • प्राप्त उपहार नै दिने हो - हामी सँग जे जति प्राप्त छन् ती सबै हामीलार्इ प्रकृतिबाट उपहारहरू स्वरूप प्राप्त भएका हुन् । इश्वरवादी दर्शनमा यसैलार्इ इश्वरको देन हो भन्ने भावना गर्दछन् । हाम्रो प्रत्येक श्वासप्रश्वास, प्रत्येक विचारहरू र प्रत्येक कर्महरू उपहार हुन् । हामीलार्इ प्राप्त उपहार अावश्यक परेकालार्इ फेरी दिन किन हिच्किचाउने ?
  • सानो प्रयत्नबाट ठूलो उपलब्धी (greater accomplishment with less effort) - उदारभाव भयको विपरित धर्म हो । भय रहेको अवस्थामा शरीर कडा भर्इरहेको हुन्छ र यसो हुँदा शरीरको शक्ति खर्च भइरहेको हुन्छ । उदारभावमा शरीर, वचन र मन शान्त र शिथिल हुन्छ । वातावरण र अरूलार्इ नियन्त्रण गर्नु वा सञ्चालन गर्नुमा जति शक्ति खर्च हुन्छ त्यसको तुलनामा न्यून मात्रामा मात्र शक्ति खर्च हुन्छ । तसर्थ न्यून शक्तिको प्रयोगबाट ठूलो उपलब्धी प्राप्त हुन्छ । 
  • उदारभाव मानिसको अन्तरनिहित स्वभाव - उदारभाव मानिसको अन्तरनिहित स्वभाव हो । हामी पृथ्वीबाट जे जति चाहिन्छ त्यो पाइरहेका छौं, यस्तै सूर्यबाट सौर्य उर्जा, आकासबाट वर्षा आदि । यो ब्रम्हाण्ड लिने र दिने क्रियाहरूको एक सञ्जाल हो । हामी सबै सँग एक आपसमा अन्तरसम्वन्धित छौं । यसरी उदारभाव अन्तरनिहित स्वभाव भएर पनि मम भाव अथवा अहंकार भावले गर्दा जहिले पनि एक प्रकारको डरको महशुस गराइरहेको हुन्छ । कतै मलार्इ सम्पत्ति नपुग्ने हो की? मैले केहीं गुमाउने पो हो कि ? मैले यसबाट के पाउँछ? त्यसैले हामी सबैमा एक प्रकारको द्वन्द चलिरहन्छ - अन्तरनिहित उदारभावको स्वभाव र मम भावबाट अभिप्रेरित तृष्णा, अभावको आशंका बीचमा । 
यस अन्तरनिहित स्वभावलार्इ अहंकारको पाशले बाँधेको छ । दानशीलताको अभ्यासले त्यस बन्धनलार्इ खुलाउँदै लान्छ । जव जव हामी कुनै कामना रहित शुद्ध दान दिन्छौं वा उदार भावका विचारहरू मनमा ल्याउँछौं हामी आफ्नो अन्तरनिहित स्वभावलार्इ अनावरण गर्न थाल्दछौं वा त्यस स्वाभावको स्थापनालार्इ दरिलो बनाउँछौं । तसर्थ दानबाट विकास हुने उदारभावले मानिसको अन्तरनिहित स्वभाव पुनर्स्थापित गर्दै लान्छ । प्रेम, सन्तोषको भाव, अन्तरनिहित सद्भावको बृद्धिले अहंकारको कडापनमा केहि नरमपन ल्याउँदछ। 
  • दोषपूर्ण दान/उदारभावको अभ्यास
    • विपरित धर्महरूको मिसावट - घमण्ड, पश्चाताप, शंका-उपशंका, इर्ष्या, मान सम्मानको लालसा सहितको दान अशुद्ध हुन जान्छ । 
    • निहित स्वार्थ – दान मार्फत प्रचारमात्र गर्ने, निहित फाइदा खोज्ने, ब्यापार गर्न खोज्ने आदिले उदारभाव वृद्धिमा कमी ल्याउँछ । उदाहरण – ब्यस्त आमाबुवाले आफू ती केटाकेटी सँग धेरै समय विताउन नपरोस् भन्ने उद्देश्यले अनगिन्ति खेलौंनाहरू किनिदिन्छन् । 
    • अरूको तुलना गरी दिने दान - अरूको तुलनामा आफू सानो भइन्छ कि वा अरूले दिएको वस्तु आफूभन्दा ठूलो वा राम्रो भएकोले अपशोच मान्ने गर्दा दान अशुद्ध हुन जान्छ । कतिपय अवस्थामा अरूको भन्दा आफ्नो दान ठूलो देखियो भने अहंकार भावमा वृद्धि हुने अथवा मैले चाहिने भन्दा बढी पो दिएछु भनी पश्चाताप गर्नु पर्ने हुन्छ । 
    • करकापमा दिने – सामाजिक परिवन्दमा परेको थानी वा इज्जत गइएला कि भनी मनमा त्रास बोकी करकाममा दिने दान शुद्ध हुँदैन । 
    • न्यास्रो लाग्ने - निरन्तर एकै प्रकारको दान दिँदा त्यसमा न्यास्रो लाग्ने, नरमाइलो लाग्ने हुन्छ । उदाहरण – पहिलो पटक Doctors Without Borders भन्ने संस्थालार्इ दान दिँदा मन खुसीले भरिएको थियो । तर त्यहिंबाट पटक पटक, हप्तै पिच्छे दानका लागि अनुरोध आउँदा त्यसमा न्यास्रो लाग्न थाल्दछ । यस अवस्थामा उदारभाव नस्त हुँदै जान्छ । एक चोटि स्वयम् सेवा गर्दा रमाइलो लाग्ने, पटक पटक गर्नु पर्यो भने दिक्क लाग्ने हुन्छ ।
    • पश्चाताप हुनु - “एक जना साथीले मैले लगाएको गहना ज्यादै प्रशंसा गरेछ । उसलार्इ त्यो वस्तु मन परेको देखी म उदारभाववस उसलार्इ त्यो गहना उपहार स्वरूप दिएँ । दुर्इ मिनेट पछि मलार्इ अपशोच लाग्न थाल्यो । मलार्इ त्यस गहनाको लकेट ज्यादै मन पर्थ्यो । मलार्इ थाहा थियो कि मैले त्यस्तो लकेट कहिल्यै फेरी पाउने छैन । केहिं समय यस्तो पश्चातापको भुमरीमा परे पश्चात् एकै छिनमा मेरो होस आयो । होश हुँदा उदार भाव र मेरो पुरानो लोभी मनस्थिति बीचको संघर्ष मैले स्पष्ट देख्न थालेँ । यहाँ मेरो उदारभाव मैले कमजोर भएको पाएँ ।” 
    • अन्य - यी बाहेक निम्नानुसार दान अशुद्ध हुने निम्नानुसार कुरालार्इ पनि ध्यानमा राख्नु पर्दछ । 
      • काम नलाग्ने वा विग्रिएको वस्तु दिने 
      • आफूलार्इ चिनाउन राजा वा प्रतिष्ठित ब्यक्तिलार्इ धन वा उपहार दिनु 
      • अरूलार्इ तर्साउन वा मार्नका लागि डाँका वा गुण्डाहरूलार्इ धन दिनु, 
      • मादक पदार्थ दान दिनु, 
      • कसैको रोग निको नपारिदिनका लागि बैद्य वा चिकित्सकलार्इ धन नदिनु 
      • भिखारीलार्इ रिसले दान दिनु, 
      • जवानीको मदमा बेहोशीमा दान दिनु, 
      • कसैलार्इ मोहनी लगाउन कोहिं तान्त्रिक लार्इ रकम दिनु, 
      • कोहि मन परेको स्त्री वा पुरूष प्राप्त गर्न उनका साथीहरूलार्इ उपहार दिने 
      • परलोकमा फल पार्इयोस् भनी संकल्प गरी दिएको 
      • असहाय दुःखीहरूलार्इ छोडी अाफ्ना नाताकुतुम्बलार्इ दिइने
  • शुद्ध दान/उदारभाव
    • विशेष अवसर कुर्नु पर्दैन - शुद्ध उदारभावका अभ्यासीले दानको लागि कुनै विशेष अवसर कुर्नु पर्दैन । पूर्णिमा, अष्टमी वा फलानो वारमा दान दिने भनी बस्दैन । 
    • कारोवार होइन - दान दिएबापत कुनै फलको आशा गर्दैन । अन्यथा यो कार्य कारोवार हुन जान्छ, उदारभाव र दानशीलता हराउँछ । 
    • स्वतः स्फूर्तता - सच्चा उदार ब्यक्तिले प्रकृतिले दिए जस्तै गरी उदारताका सिद्धान्तहरू वारे धरै नसोचीकन नै स्वतःस्फूर्त तवरले दान दिने कार्य गर्दछ । 
    • सन्तुलित – दान दिँदा विवेक बुद्धि लगाएर उचित स्थानमा उचित मात्रा मिलाएर दान दिनु पर्दछ । यस प्रकारले दान दिँदा दिने मानिसलार्इ पनि कंगाल वनाउँदैन न लिने ग्राहकलार्इ कमजोर वनाउँछ। 
    • अार्य मैत्रेयनाथले सूत्रालंकार भन्ने ग्रन्थमा दान निम्नानुसार चार लक्षणले युक्त हुनु पर्दछ भनिएको छ । (रिजाल, २०७३)
      • विपक्षहीन - दानको विपक्ष मात्सर्य अर्थात् कन्जुस्यार्इं हो । यस्तो मात्सर्यको भाव मन नल्यार्इ खुला दिलले गरिएको दान हुनुपर्दछ । 
      • निर्विकल्पज्ञानयुक्त - सबै धर्महरू निःस्वभाव हुन् भन्ने बोध सहितको ज्ञानलार्इ  निर्विकल्पज्ञान भनिन्छ । दान दिँदा यस धर्म नैरात्म्यको ज्ञान भर्इरहेको हुनु पर्दछ । 
      • सर्वेच्छापरिपूरक - जसले जे चाहन्छ त्यहिं दिने तत्परता र शर्त रहित भर्इ दिन सक्नु पर्दछ ।
      • सत्त्वपरिपाचक - दान यसरी दिइएको हुनु पर्दछ कि त्यो ग्रहण गरेर प्राणीहरू प्रशन्न भएर उनीहरू पनि सद्धर्म प्रति श्रद्धा जागेर अाफूमा पनि सद्धर्म चेतनाको विकास गर्न सक्षम भएको होस् । 
    • ७ किसिमको अासक्तिबाट मुक्त दान - यसै सूत्रमा शुद्ध दानको अर्को मापदण्ड सात किसिमका अासक्तिहरूको त्यागका अाधारमा पनि दिइएको छ । 
      1. भोगमा अाशक्ति - धन सम्पत्ति तथा अन्य वस्तु अादि अाफूले भोग गर्ने अाशक्ति 
      2. विलम्वनमा अाशक्ति - कसैलार्इ दिने भने पछि भोलि दिउँला, अहिले के हतार भयो विचार ल्यार्इ विलम्व गरिरहन मनलाग्ने अाशक्ति 
      3. सन्तुष्टिमा अाशक्ति - केहिं दिए पछि त्यतिकैमा सन्तुष्ट भर्इ वस्ने र त्यस सन्तुष्टिको अाशक्तिमा पर्ने 
      4. प्रतिकारमा अाशक्ति - दान दिने कुराको प्रतिकार गर्ने प्रवृति र यसमा रहने अाशक्ति । 
      5. विपाकमा अाशक्ति - विपाकको अर्थ पाकेको अर्थात् फल हो । यसरी दानको फलमा अासक्ति
      6. विपक्षमा अाशक्ति - दानको विपक्ष लाभ या प्राप्ति हो । लाभ या प्राप्तिको अनुशयलार्इ नहटाउन खोज्नु नै  विपक्ष अाशक्ति हो । 
      7. विक्षेपमा अासक्ति - सहि किसिमको दान हुन बाट विचलित पार्ने कुरालार्इ विक्षेप भनिएको छ । यी दुर्इ प्रकारका छन् - 
        1. मनसिकार विक्षेप - विशुद्ध दान या बोधिसत्त्वको दानवारे  विचलित भर्इ तल्लो स्तरको दान मै प्रिय मानी त्यहिं अभ्यासमा अड्कि रहने मनोवृति
        2. विकल्प विक्षेप - यो भनेको त्रिमण्डल विकल्प पैदा भएर मन चल्नु हो । त्रिमण्डल भनेको दान, दायक र प्रतिग्राहक हो । यी तीन पक्षको कल्पना हुनु एक स्वाभाविक अासक्ति हो । यस्तो विकल्प रहित दानलार्इ त्रिकोटिपरिशुद्ध दान पनि भनिन्छ । 
  • दान अशुद्ध नै भए पनि दानको शुरूवाट गरिहाल्नु पर्छ - शरूशुरूमा शुद्ध दानवारेको बुझार्इमा स्पष्टता भइनसकेको हुन सक्छ । यदि दान दिँदा केहिं अशुद्धता रहेछ भने पनि अभ्यास स्वरूप दान दिइहाल्नु उचित नै हुन्छ । अशुद्ध दानको पनि केहिं हद सम्म फाइदा हुन्छ । यस्तो अभ्यासले हामीलार्इ बदल्न मद्दत गर्दछ । ध्यान गर्दा निरन्तर अभ्यासले ध्यानमा पोख्त गर्दै लगे जस्तै अशुद्ध दान मार्फत शुद्धदान तर्फ प्रस्थान गर्न सकिन्छ । माथिको लकेट सम्वन्धी उदाहरणलार्इ फेरी नियाल्दा – मलार्इ केहिं वेर पश्चातापको अनुभव भए पनि त्यो लकेट मेरो साथीले प्राप्त गरेको कुरामा वा साथी खुसी भएको देखी म आफू खुसी हुन सक्छु । नदिने विचार आउनु भन्दा पहिले नै मैले दिइहालेँ भनेर आफैमा सन्तोष लिन सक्ने भाव हुन जान्छ । मैले के अनुभव गरेँ भन्दा, प्रत्येक पटक मैले केहिं दान दिँदा म त्यसैमा आशक्त हुन पुग्छु । यो महशुसले उदारभावको अभ्यासमा थप विकास गर्न सहयोग दिन्छ । दान स्वार्थीपन मात्रको अाैषधी होइन नपाउला कि भन्ने डरको पनि औषधी हो । 
  • दानको विशुद्धि - सामान्यरूपमा दानलार्इ दुर्इ कुराबाट शुद्ध गर्ने अभ्यास गर्नु पर्दछ । (रिजाल, २०७३ मा उद्धरित साक्या पण्डितको उपदेशबाट साभार)
    • चित्तबाट - दान दिने परिस्थिति देख्नेवित्तिकै ‘अहा राम्रो माैका अायो’ भनी मनलार्इ प्रसन्न पारिहाल्ने गर्नु पर्दछ । दान क्षेत्रहरू जस्तै भिखारी, दरिद्र देख्ने वित्तिकै अव दानपारमिता पुरा गर्न पाइने भयो भनी  प्रशन्न हुने र दिर्इ सके पछि पनि पछुतो नगरी प्रशन्न नै रहनु पर्दछ । 
    • ब्यवहारबाट - ब्यवहारबाट निम्न तीन किसिमले दानलार्इ शुद्ध वनाउन सकिन्छ । 
      • दानक्षेत्रको विस्तार - । मानिसहरूको विभिन्न कारणले सबै क्षेत्रमा दान गर्ने समान रूची हुँदैन । कसैलार्इ दुःख क्षेत्र (भिखारी, दरिद्र अादि) लार्इ दान दिने रूची हुन्छ तर गुण क्षेत्र (बुद्ध, बोधिसत्त्व, श्रमण, वा ब्राह्मण) लार्इ  दान दिने रूची हुँदैन । दानको विशुद्धि गर्दा अाफूलार्इ रूची नभएको क्षेत्रमा पनि दान दिने मनोवृति विकास गर्दै लाने गर्नु पर्दछ । 
      • दानकालको विस्तार - दान दिने समय र अन्तराललार्इ बढाउँदै लाने अर्थात् विशेष पर्व वा दिनहरूमा मात्र दान दिइन्थ्यो भने अव दैनिक रूपमा दान दिन सक्ने हुने । 
      • दानवस्तुको विस्तार - शुरूमा साना वस्तुहरूबाट दानको अभ्यास शुरूवाट गर्न सकिन्छ । तत्पश्चात् विस्तारै दान दिने वस्तुको दायरा फराकिलो पार्दै जे पनि दान दिन सक्ने हुनु पर्दछ ।यसरी तीन तहमा दानहरू हुन्छन् ।
        • त्याग - साधारण, सस्तो वस्तुको दान गर्दा पनि मनलार्इ सानो नपारी अहिले मैले यति मात्र दिन सकेँ, म लोकसत्त्वहरूको हितार्थ जे पनि दान दिन सकूँ भनी प्रणिधान गर्नु पर्दछ । 
        • महात्याग - दुर्लभ अाफूलार्इ सबै भन्दा प्रिय वस्तु पनि खुसीका साथ त्याग गर्न सक्नुलार्इ महादान भनिन्छ । यस्तो दान उदारभावको उल्लेखनीय विकास भइसकेका ब्यक्तिहरूले मात्र दिनु पर्दछ । 
        • अतित्याग - माग्न अाएका अावश्यक ब्यक्तिहरूलार्इ अाफ्नो शरीर र प्राण समेत दान दिन तत्पर हुनुलार्इ अतित्याग भनिएको हो । अतित्याग जो कोहिंले गर्नु हुँदैन । “करूणाको अाशय अशुद्ध रहँदा सम्म प्राण त्याग्ने काम नगर्नु । अाशय करूणाले पूर्ण भइसकेको छ भने मात्र प्राण दान दिनु, यसो गर्दा केहिं नोक्सानी हुँदैन।” (बोधिचर्यावतार) 
  • उदारभावको विकासका मापदण्डहरू – दानको अभ्यासबाट उदारभावको विकास भइरहेको छ कि छैन भनी आफैले आफैलार्इ जाँच्न सकिन्छ । निम्नानुसार तीन मापदण्डबाट यो कुराको निर्क्यौल गर्न सकिन्छ । 
    • आफू वैभवशाली भएको भावमा रहनु
    • अन्यसँगको स्वानुभूति राख्न सक्नु
    • एकत्व र अन्तरसम्वन्धको सत्य सम्वन्धी बोध
  • उदारभावको अभ्यासको तीन स्तर - दानको अभ्यास एकोहोरो मात्र गरेर पर्याप्त हुँदैन । निम्नानुसार तीन तहमा नै यस अभ्यास कायम गर्न सकेमा त्यस दानकार्यको महत्त्व बढी हुन्छ । 
    • भौतिक स्तरमा – पैसा, समय, कुनै भौतिक वस्तु वा श्रमदान गरी
    • मानसिकस्तरमा – दानशीलताको भावना वृद्धि गर्दै लान निम्नानुसार कुराहरू गर्नु पर्दछ । 
      • स्वमूल्यांकन - आफूले दान गरेको उद्देश्यको स्वमूल्यांकन गर्न विचार गर्ने 
      • सकारात्मक कल्पना –लक्षित स्वस्थ अवस्थाको कल्पना गर्ने अभ्यासले पनि उदारभावको विकास हुन्छ । शुभ भएको, स्वस्थ र स्वच्छ भएको, खडेरी लागेर सुकेका रूख विरूवाहरूबाट पालुवा निस्केको आदि स्वस्थ अवस्थाको कल्पना गर्ने अभ्यासले पनि उदारभावको विकास हुन्छ । यस प्रकारले कल्पना गर्ने अभ्यास गरेमा यी कल्पनाहरूले मूर्तरूप लिन आवश्यक वातावरण पनि सिर्जना हुँदै जान्छ।
      • मैत्री दान - अरूको मंगल कामना गर्ने अभ्यासलार्इ मैत्री भावना भनिन्छ । आफूले चिनेका नचिनेका ब्यक्तिहरू तथा विभिन्न लोक, दिशामा रहेका सत्त्वप्राणीहरू लार्इ सम्झेर दैनिक केहिं मिनेट ती सत्त्व प्राणीहरूको मंगल होस्, वैरभाव रहित होस्, शारीरिक तथा मानसिक दुःख नहोस्, आफूलार्इ आफैले रक्षा गर्न सक्षम होस् भनी भावना गर्ने गरिन्छ । यस प्रकारको मैत्री भावना दैनिक रूपमा अनुकूल अनुसार पटक पटक पनि गर्न सकिन्छ । कुनै पनि बेला कोहिं ब्यक्ति तपार्इको मनमा स्मरण भयो भने तुरून्तै उनीहरू प्रति यस प्रकारको मंगल कामनाको भावना गर्न सकिन्छ । आफूलार्इ शत्रु ब्यवहार गरिरहेका, आफूलार्इ मन नपरेका ब्यक्तिहरू प्रति यदि यो अभ्यास गर्न सके यो अभ्यास अझ शक्तिशाली हुन्छ ।
यसरी जुनसुकै भावना गर्दा पनि सदैव आफ्नो मनको अवस्था प्रति सजग भर्इ रहनु पर्दछ । न्यास्रोपन वा अप्ठेरोपनको भाव आइरहेको छ कि ? यदि यस्तो भाव आइरहेको छ भने त्यसमा कुनै प्रतिक्रिया नगरी मात्र होश वनार्इ रहने, द्रष्टा भावमा उक्त मनोवृतिलार्इ हेरिरहने । होश रहिरहँदा केहिं क्षण पछि यस्ता असजिलो अनुभवहरू आफै हराएर जान्छ ।

  •  सम्वेदनाको स्तरमा – दान दिँदा खेरी, दान दिने इच्छा आउँदा खेरी कस्तो अनुभव भयो । दान दिने विचार र त्यस बखत भएका अनुभवको बारे सजग हुनु । 
उदारभावको अभ्यासका लागि केहि सुझावहरू 
  • दान दिने - एक हप्तासम्म दैनिक रूपमा केहि न केहि दान अभ्यास गर्नुहोला। एक टुक्रा फलफूल साथीलार्इ दिने वा उचित प्रयोजनमा केहिं पैसा दान दिने वा बाटोमा मागी बसेका मानिसहरूलार्इ दुर्इचार पैसा दिने, एक गुच्छा फूल वा मिठार्इ अफिसका साथीहरूलार्इ लगिदिने, अपेक्षा नै नगरेका कोहिं ब्यक्तिलार्इ चाडवाडमा उपहार पठाइदिने गर्नुहोस् ।
  • नाम नखुलाउने – दान दिँदा यथासम्भव आफ्नो नाम नखुलार्इकन दिने प्रयास गर्नुस् । नाम खुलाउनु नै पर्ने भए उक्त दानको उद्देश्य नाम कमाउनका होइन भन्ने स्पष्ट हुने । 
  • आफ्नो क्षमतालार्इ चिन्ने र अन्य जिम्मेवारीहरूलार्इ समेत ध्यानमा राख्ने - यसो गर्दा आफ्नो बजेटलार्इ पनि हेरिकन गर्ने, अस्वाभाविक र मनपरि नगर्ने । 
  • ज्ञाति संग्रह - आफ्ना आमाबुवा वा आफन्तहरूलार्इ लार्इ फोनमा कल गरेर वा भेटेर हेरविचारका केहिं शब्द बोलिदिने, समय समयमा बोलाएर खुवाउने । 
  • स्वयम् सेवा तथा समयको दान दिने – 
    • आफ्नो टोलछिमेकमा स्वयम् सेवा गर्ने, 
    • आवश्यक परेका साथीहरूलार्इ समय दिने, 
    • आफ्ना आमा वा श्रीमती वा श्रीमान् को काममा केहिं सघाउने, 
  • जनावरहरूलार्इ प्रेम पूर्वक खुवाउने - कुनै छाडा कुकुर वा बिरालो वा अनुकूल अनुसार अन्य कुनै पशु, पंछीहरूलार्इ सप्रेम खुवाउने ।
  • आफ्नो कार्यको स्वमूल्यांकन गर्ने – दानशीलनता वा उदारभावको अभ्यासहरू गर्दा सदैव त्यस बखत आफ्नो मनको अवस्थावारे होश राखिरहनु पर्दछ । होश राखी चित्तावस्थालार्इ नियाल्दा आफैलार्इ सोध्नु पर्दछ कि - उदारताको अभ्यास गर्दा गर्दै झन् पो अनुदार र स्वार्थी त भइ रहेको छैन ? तसर्थ दान दिँदा जहिले पनि आफूले मनमा के अपेक्षा लिर्इरहेको छ त्यसमा पनि होस राखी रहनु पर्दछ । के तपार्इ धन्यवादको अपेक्षा लिइराख्नु भएको छ ? के तपार्इले दिएको दान तपार्इले चाहे जस्तो कुनै विशेष तवरले प्रयोग होस् भन्ने अपेक्षा लिनु भएको छ? तपार्इको दान कत्तिको सशर्त छ? के तपार्इले दान दिँदा समानताको भाव राखी दान दिन सकिरहेको छ ? दान लिने ब्यक्ति भन्दा आफू ठूलो भएको जस्तो अनुभव त भइरहेको छैन ? यसरी आफैलार्इ प्रश्न गर्दै रहनु पर्दछ । यसरी स्वमूल्यांकन गर्ने क्रममा आफैले चाल पाउने छौ कि यसप्रकारको अभ्यासले विस्तारै विस्तारै मनको आशक्तिको प्रवृति, आधिपत्य जमाउन खोज्ने प्रवृति कमजोर हुँदै जान्छ र आफ्नो दिल दिनानु दिन खुला हुँदै जान्छ। 
  • महादानका केहिं उदाहरणहरू - 
जेल क्राभिन्स्कि (Zell Kravinsky, https://en.wikipedia.org/wiki/Zell_Kravinsky), https://www.youtube.com/watch?v=RvUcbcUMtXw, अमेरिकी प्रोफेसर, घरजग्गा लगानी कर्ता एवं समाजिक सेवक जसले एकै चोटी ४.५ करोड डलर एकै चोटी दान दिएको र कहिल्यै नचिनेको एक गरीव कालो मूलका ब्यक्तिलार्इ आफ्नो एक किड्नी दान दिर्इ चर्चामा आएका थिए । क्राभिन्स्किको यो महादानलार्इ कतिले प्रशंसा गरे त कतिले पागलपन भनी टिप्पणी गरे । ‘क्राभिन्स्किको वारे मेरो जे सुकै टिप्पणी भए पनि म आफैलार्इ यी प्रश्नहरू नसोधी चित्त बुझेन । म यो जीवनमा के दिइरहेको छु त? मैले कति दिन सक्छ वा कति दिनु पर्छ ? म कति उदार छ, म कुन कुन अवस्थाहरूमा उदार छु त?’


स्रोतः 
Marc Lesser, The Practice of Generosity, https://www.huffingtonpost.com/marc-lesser/the-practice-of-generosit_b_407720.html
नारायण प्रसाद रिजाल, २०७३, महायानबाैद्धादर्श, व्योमकुसुमा बुद्ध धर्म संघ, काठमाडाैं


दानको महत्त्ववारे अोशोको प्रवचनको छोटो अंश
























1 comment:

  1. दान को बारेमा मैले बुझेका कुराहरू
    मैले पढेका spiritual पुस्तकहरू तथा success literature हरूमा 'दिनु' अर्थात 'giving' लाई धेरै common रूपमा mention गरिएको छ।

    दीपक चोपडाको Seven Spiritual Laws of Success मा दोश्रो आध्यात्मिक सिद्धान्त (Law of Giving, or Law of Giving and Receiving) मा के भनिएको छ भने ब्रम्हाण्ड भनेको निरन्तर चलायमान हुन्छ, त्यसैले यसलाई कायम राख्न हामीले आफुसंग भएका कुराहरू अरूलाई दिने गर्नु पर्छ। दिने काम मात्र धन वा द्रव्य (material) हुनु
    जरूरी छैन। बास्तवमा non material कुराहरू झन प्रभावकारी दान हुन्छ, जस्तैै कसैैैलाई भेट्दा ऊ प्रति असल विचार मनमा राख्नु। यस सिध्दान्त अनुसार 'लिनु' पनि निरन्तरताको पाटो हो। शायद यौटा तहमा लिनु र दिनुको अर्थ एउटै हुन जान्छ।

    http://www.chopra.com/articles/the-law-of-giving-receiving

    Neale Donald Walsch को Conversations with God को मुल तीन कुराहरूमा पहिलोले भन्छ - Be the source. अर्थात कुनै कुरा आफुलाई अभाव भएको खण्डमा आफुलाई त्यसको स्रोत बनाएमा ब्रम्हाण्डले हामीलाई त्यो कुराको झन बढी पूर्ति गर्न थाल्दछ। त्यसैले हामीलाई प्रेमको अभाव भएमा यस्तो व्यक्ति खोज्नू जसलाई अझ बढी प्रेमको आवश्यक्ता छ र उसलाई प्रेम दिन थाल्नू। त्यस्तै धनको अभाव भएमा आफूसँग भएको थोरै धन कोही अझ अभावग्रस्तलाई दिनू।

    When your purpose is to give it away, the universe supplies you with an unlimited amount of it because it knows there are so many people who are in need of it

    https://www.elevatedexistence.com/neale-donald-walsh-shares-3-secrets-to-ending-struggle/

    Robert Kiyosaki को Rich Dad Poor Dad को अन्तमा भनिएको छ - संसारका धनी मानिसहरूलाई धनको अभाव भएमा उनीहरू धन बाँड्न थाल्छन्।

    अन्य केही quote हरू

    "The secret of living is giving"
    Tony Robbins

    "You will get what you want if you help enough people get what they want"
    Zig Zigglar

    ReplyDelete