म को हुँ?, मरो क्षमता के हो?, मेरो जीवनको उद्देश्य र लक्ष के हो ? मेरो जीवन सुखी छ की दुखी छु ? अादि प्रश्नहरूको उत्तरको खोज जीवनको एक महत्त्वपूर्ण अावश्यकता हो । यस प्रकारको सोध तथा ज्ञान सहितको जीवनलार्इ कुर्त गोल्स्टेन (Kurt Goldstein) लगायत अब्राहम मास्लोले ' (Self-actualization)' भन्ने शब्द प्रयोग गरेको छ । स्व-प्रत्यक्षीकरण सँग सम्वन्धित यस्ता प्रश्नहरूको उत्तरलार्इ प्राय मानिसहरूले कि त कहिल्यै अावश्यक महशुस नै गर्दैन कि त उमेर गइसकेपछि महशुस गर्छ कि त मृत्यु शैय्यामा रहँदा महशुस गर्दछ । मानिसका शारीरिक अावश्यकता देखि विभिन्न अन्य अावश्यकता र चाहनाहरूको पूर्तिमा नै अधिकांश जीवन ब्यतित भइसकेको हुन्छ । जति जति अावश्यकता र चाहनाहरू पुरा हुँदै जान्छ नयाँ नयाँ अावश्यकताहरू देखापर्न थाल्दछ । अन्तमा ती सबै अावश्यकता र चाहनाहरूको पूर्ति सारहीन रहेको महशुस भएमा बल्ल अाफूलार्इ चिन्ने र अाफ्नो जीवनको उद्देश्यको खोज गर्ने चेष्टा अाउँछ । अधिकांश ब्यक्तिहरूको त यो चेतना नअार्इ नै जीवन चोला सकिन्छ । यस प्रकारको चेष्टाको महत्त्वलार्इ बुझ्न अब्राहम मास्लोको अावश्यकता पदानुक्रम सिद्धान्तमा चिन्तन गर्नु उपयोगी हुन्छ ।
अब्राहम मास्लो द्वारा प्रतिपादित आवश्यकता पदानुक्रम सिद्धान्त (Maslow's Hierarchy of Need Theory) लार्इ मास्लो पिरामिडको नामले पनि प्रसिद्ध छ । उनले 'अ थिअरी ऑफ ह्यूमन मोटिवेशन' नामक अाफ्नो ग्रन्थमा १९४३ मा पहिलो पटक यो सिद्धान्त प्रस्तुत गरेका थिए । यो सिद्धान्त पछि गएर केवल मनोविज्ञानको क्षेत्रमा मात्र सिमित नरही विज्ञापन, योजना, ब्यवस्थापनका क्षेत्र मा समेत प्रसिद्ध भयो । यसमा मास्लोले मानिसको आवश्यकताहरूका निम्नानुसार ५ स्तरहरू वारे ब्याख्या गरेको छ ।
1 शारीरिक अावश्यकता - Physiological needs
मानिसको अस्तित्व सँग प्रत्यक्ष सम्वन्धित देहिक अावश्यकताहरू जस्तै गाँस, बास, कपास, हावा, पानी, सन्तानोत्पादनका लागि याैन क्रिया अादि मानिसका लागि सबै भन्दा प्राथमिक अावश्यकताहरू हुन् । यी अावश्यकताहरू पुर्ति नभएसम्म मानिस अन्य कुरा गर्न र सोच्न सकिरहको हुँदैन ।
2 सुरक्षा अावश्यकता - Safety needs
अाधारभूत शारीरिक अावश्यकता पुर्तिको केहि हदसम्म महशुस गरेपछि मानिसले सुरक्षा अावश्यकतालार्इ प्राथमिकता दिन थाल्दछ । अाफ्नो ब्यक्तिगत सुरक्षा, बित्तीय सुरक्षा, स्वास्थ्य सुरक्षा, दुर्घटना वा अन्य प्रतिकूल अवस्थाहरूमा ढुक्क हुनु अादि दोस्रो स्तरका अावश्यकताहरू हुन् । यसका लागि मानिसले सुरक्षित बासको ब्यवस्था गर्नमा प्राथमिकता दिन थाल्दछ । यस अावश्यकताका लागि जीविकोपार्जनको सुरक्षा, बैंक खाता, बीमा ब्यवस्था, अपाङ्ग मैत्री सुविधा, सुरक्षित अावास (घर) अादि कुराहरूको ब्यवस्थामा ध्यान दिइन्छ ।
3 तादात्मिकता तथा सम्बन्ध - Social belonging
शारीरिक तथा सुरक्षा अावश्यकता पश्चात् मानिसको तेस्रो तहको अावश्यकता तादात्मिकता वा सम्वन्ध हो । यसको अर्थ ब्यक्ति ब्यक्ति बीचमा एक अापसमा हुने मैत्री, तादात्मिकता, बन्धुत्व, अात्मीयताको सम्वन्ध हो । यस अावश्यकता पूर्तिका साधनका रूपमा साथी बनाउने, निकटता वढाउने, परिवार वनाउने, प्रेम सम्वन्ध स्थापित गर्ने अादि पर्दछन् । यस्तै कुनै क्लब, समूहका ब्यवसाय, धर्म सम्प्रदायमा अावद्धता, ब्यावसायसक संगठनहरूमा सदस्यता, खेलकुदमा सहभागिता अादि माध्यमबाट पनि यो अावश्यकता पूर्ति गर्न सकिन्छ । यस अावश्यकता पूर्ति नभएको अवस्थामा एक्लोपन, चिन्ता, डिप्रेशन जस्ता जटील मानसिक समस्याहरू उत्पन्न हुन सक्छ ।
4 आत्मसम्मान - Esteem
सबै मानिसहरूलार्इ अरूले सम्मान गरेको पन पर्छ । यस भित्र अात्म सम्मान पनि पर्दछ । यसका लागि मानिसले ब्यवसायमा होस् या अाफ्नो रूचिकर क्रियाकलाप मार्फत होस्, अाफ्नो काममा अरूबाट कदर होस्, अरूले चिनोस्, प्रशंसा गरोस् भन्ने चाहन्छ । यस अावश्यकताको पूर्ति पश्चात् मानिसले अाफूले केहि योगदान गरेको महशुस गर्दछ, अाफू महत्वपूर्ण भएको महशुस गर्दछ । यस अावश्यता पूर्ति गर्न असक्षम ठहरिएमा मानिसमा हीनता बोधको, कमजोरी र असहाय मनस्थितिको समस्याहरू विकास हुन सक्छ । मास्लोका अनुसार सम्मानको पनि उच्चस्तर र निम्नस्तर गरी दुर्इ स्तरको हुने बताएका छन् । अरू ब्यक्तिहरूबाट सम्मान खोज्ने चाहनालार्इ निम्नस्तरको भनिएको छ जसका लागि मानिसले अाफ्नो स्टाटस, पहिचान, मान, इज्जत, अाफू प्रतिको ध्यानाकर्षणलार्इ बचार्इ राख्न अनेक प्रयत्न गरिरहेको हुन्छ । अात्मसम्मानको लागि गरिने प्रयत्नलार्इ उच्चस्तरको भनिएको छ । यसका लागि मानिसले अाफ्नो क्षमता अभिवृद्धिका कामहरू गरिरहने, अाफू सबल हुन खोज्ने, सीपमा निपुणता कायम राख्न खोज्ने, स्वतन्त्रता, अात्मनिर्भरता, स्वाभिमान, दृढता विकास गर्ने गर्दछ ।
5 स्व-प्रत्यक्षीकरण - Self-actualization
मानिसको अाफ्नो सिर्जनशीलता, अात्मज्ञानबोध, सामाजिक परिवर्तनका लागि दृढ चाहना, अाफ्नो पूर्ण क्षमताको बोध अादि स्व-प्रत्यक्षीकरणका उदाहरणहरू हुन् । तसर्थ यसलार्इ अध्यात्म-दर्शन (self-exploration, self-reflection, self-discovery, self-realization) भनी पनि बुझ्न सकिन्छ । मास्लोका अनुसार अन्य अावश्यकताहरू पूर्ति भए पश्चात् मानिसले गुणस्तरयुक्त जीवन, जीवनमा जीवन्तता, जीवनको अर्थ खोज्ने चाहना राख्छन् । समाजका प्राय ब्यक्तिहरू यो स्तरसम्म पुग्नै नपाउँदै जीवन सकाउँछन् । अाफ्नो यथार्थ क्षमता र स्वभाव भन्दा भिन्न तरिकाले जीवन यापन गर्ने ब्यक्तिको जीवनमा खुसी कम र निराशा बढी हुने गर्दछ । जीवनको उद्देश्य र लक्षको बारे बोध नहुनाले उसको जीवन चर्या र उद्देश्यको तालमेल नमिलेर अन्ततोगत्वा हातमा लाग्यो शुन्यको अनुभव हुन पुग्छ । साधारण अर्थमा यसलार्इ बुझ्नु पर्दा एक जना मान्छे जसमा महान् कलाकार हुने क्षमता छ तर तर अाधारभूत अावश्यकता पूर्तिका लागि गरिरहेको संधर्षमा नै सम्पूर्ण शक्ति खर्चिदा कस्तो हुन्छ होला? यस्तै अाफ्नो शरीर र मनको क्षमतावारे नबुझेकाले जीवनका हरेक उताढ-चढावको अवस्थालार्इ दुःख र सुखको चक्रमा बगाएर विताएको एक जीवन र शरीर र मनको क्षमतावारे बुझी जीवनका हरेक उताढ-चढावको अवस्थालार्इ उपेक्षा भावमा स्थित रहि सदासुखको अवस्थामा जिएको अर्को जीवनको अन्तरबाट ब्यक्तिमा स्व-प्रत्यक्षीकरणको अावश्यकताबोध महत्त्व झल्काउँछ । म को हुँ?, मरो क्षमता के हो?, मेरो जीवनको उद्देश्य र लक्ष के हो ? मेरो जीवन सुखी छ की दुखी छ ? अादि प्रश्नहरूको उत्तरको खोजी, त्यसको प्राप्ति र त्यस अनुसारको जीवन नै स्व-प्रत्यक्षीकरणको हो ।
मास्लोका अनुसार स्व-प्रत्यक्षीकरण भएका ब्यक्तिहरूमा निम्नानुसार गुणहरू हुन्छन् ।
मास्लोका अनुसार स्व-प्रत्यक्षीकरण भएका ब्यक्तिहरूमा निम्नानुसार गुणहरू हुन्छन् ।
- सिर्जनशीलता (Creativeness) - साहित्य, भाषण तथा अन्य विभिन्न कला मार्फत अाफ्नो सिर्जनशीलता झल्काइरहन्छ।
- सत्य तथ्यको यथार्थ ज्ञान प्राप्त गर्न अग्रसर हुने, यसैमा स्वीकार भाव राख्ने
- अात्मभाव (Ego) को प्रकृतिको यथार्थ प्रति स्वीकार भाव
- पूर्वाग्रह रहितता
- समस्या समाधानमा अग्रसरता - ब्यक्तिगत मामला र अहंकारलार्इ महत्व नदिर्इ समस्या समाधानलार्इ प्राथमिकता दिन्छ ।
- स्वतःस्फूर्तता, सरलता र प्राकृतिक (spontaneity, simplicity and naturalness)
- अनाशक्त भाव हुन्छ र एकान्तमा बसी ध्यान (स्व-मूल्यांकन, अाफ्नो वारे अध्ययन) गर्ने हुन्छ ।
- संस्कृति र वातावरणबाट स्वतन्त्रता (Autonomy, independence of culture and environment) - उचित र अनुचितका अाधारमा सही निर्णय लिन्छ, संस्कृति र वातावारणको वन्धनमा फसेर गलत निर्णय गर्दैन ।
- स्वच्छता र प्रशन्नता (Continued freshness or appreciation) - सँधै सामान्य प्राकृतिक कुरा देखि पनि प्रशन्न हुने गर्दछ । उदाहरणका लागि हरेक सूर्याेदय वा सूर्यास्तको सुन्दरताको प्रशंसा गर्ने, सानो भन्दा सानो कृयाकलापबाट पनि अानन्द लिन सक्ने ।
- मैत्रीभाव (feeling of togetherness) - समस्त मानव एवं जगत प्रति मैत्रीभाव राख्दछ ।
- अन्तरब्यक्ति सम्वन्ध (Interpersonal relations) - जो जससँग सम्वन्ध छ तिनीहरूसँग गहिरो र अर्थपूर्ण सम्वन्ध कायम राख्दछ ।
- समानता र समतामा अाधारित ब्यवहार - सबै ब्यक्तिहरूमा केहि न केहि सबल पक्ष र दुर्वल पक्ष हुन्छ, सबै ब्यक्तिहरू मानिसको कोणबाट समान हुन्छन् र सबै ब्यक्तिहरूलार्इ अाफ्नो कुरा राख्ने अधिकार हुन्छ भन्ने विचार राख्दछ ।
- नैतिकता - असल र खराब, उचित अनुचितका वारे स्पष्ट ज्ञान राख्दछ र अाफ्नो कुनै कर्मबाट अरूलार्इ हानी हुने काम गर्दैन ।
- दार्शनिकता र हास्य (Philosophical and unhostile sense of humor) - सँधै हाँस्ने र हँसाउने प्रकृतिको हुन्छ । अरूलार्इ चित्त नदुख्ने गरी अर्थ पूर्ण हाँस्यब्यँग गरी जटील र गम्भीर विषय वस्तुलार्इ पनि सुल्झाउने गर्दछ ।
- ब्यक्तिको अपूर्णता - कोहिं पनि मानिस सबै कुरामा पूर्ण हुँदैन भन्ने कुरालार्इ स्वीकार गर्दछ । अरूको कमजोरी प्रति अहंकार भाव राख्दैन । अाफू सदैव नयाँ कुरा सिक्नमा खुला हुन्छ ।
उनको भनार्इ अनुसार मानिसको अभिप्रेरणा यहिं क्रममा गति लिन्छ । अर्थात् मूलभूत आवश्यकताहरूको पूरा भए पछि नै मानिसले माथिल्लो अथवा उच्चस्तरीय आवश्यकताहरू पुर्ति गर्न अघि सर्दछ । सबै अावश्यकताहरूको पूर्ति पश्चात् मात्र स्व-प्रत्यक्षीकरणको अावश्यकता बोध हुन्छ भन्ने मास्लो कथन जस्तो अनिवार्य होइन । यस सिद्धान्त अनुसार स्व-प्रत्यक्षीकरणको अावश्यकता बोधका लागि सबै अावश्यकता पूर्ति हुनु कुरिरहने हो भने धरै जसो मानिसले यो माैका जीवनमा कहिल्यै प्राप्त गर्दैन । तसर्थ अन्य अावश्यकता पूर्ति गर्ने प्रयत्नका साथसाथै स्व-प्रत्यक्षीकरणको अावश्यकताबोध गरी यसको पूर्तिको प्रयत्नमा पनि लाग्नु पर्छ ।
सन्दर्भ सूची -
http://www.selfcounseling.com/help/personalsuccess/selfactualization.html
Twelve Characteristics of Self actualized Persons
A New Hierarchy of Needs | Kennard Kim
To find work you love, don't follow your passion | Benjamin Todd | TEDxYouth@Tallinn
The social responsibility of business | Alex Edmans | TEDxLondonBusinessSchool
How to know your life purpose in 5 minutes | Adam Leipzig
No comments:
Post a Comment