मान्छेको मूल शत्रु रक्सी होइन डर हो ?
एकवटा वयलगाडा भीर बाट खसेछ । सबै मरेछ, गाडा समेत चकनाचुर भएछ । तर एक जना बचेछ । त्यो रक्स्याहा थियो ।
- मर्नेहरू सबै डराएका थिए ।
- जो डराउँछ त्यो मान्छे मर्न अगाडि धेरै डमर्छ । होलसेलमा मर्दैन, किस्ता किस्तामा मर्छ ।
- डराएको मान्छे वच्न खोज्छ । डराएको मान्छेलार्इ कुकुरले पनि लखेट्छ ।
- अाफू पनि पलिएको, पायो भने अरूलार्इ पेल्ने गर्छ ।
- डराउनासाथ विवेक हुँदैन । त्यसबेला संवेग instinct ले काम गर्छ । - जोगिन खोज्छ, त्यसैले सिद्ध्याउँछ ।
- रक्स्याहा - लार्इ केहिं होस् थिएन, त्यसैले डर थिएन, त्यसैले जोगिन खोजिरहेको थिएन, खसेको तालमा अाफूलार्इ छोडेको ।
- जीवनको एक धार हुन्छ, त्यसको विपरित जान खोज्दा जीवन भर पीडामा हुन्छ ।
- कसैलार्इ ध्यान लाग्ने, कसैलार्इ नलाग्ने किन ?
- लाअोत्सुले पनि धेरै पढे, ध्यान गरे तर केहिं भएन ।
- एक दिन तुफानको बेला उनी वसेको रूखलार्इ हेरि रहेको थियो । हावाको वेगले रूखमा घर्षणले अावाज अाइरहेको थियो ।
- रूखबाट चुडिसकेको पातमा कुनै घर्षण थिएन । यस्तो अशान्त परिस्थितिमा पनि त्यो पातमा कुनै तनाव थिएन ।
- घर परिवारमा पनि त्यसै प्रकारको संघर्ष थियो ।
- जिन्दगी भर ध्यान गरे पनि स्वभाव नबदलेको पनि देखिन्छ ।
- ध्यानले मुक्ति दिने होइन, ज्ञानले मात्र दिने हो ।
- प्रकृतिको धार सँग नहिँड्दा दुःख हुने हो । इश्वर प्रनिधान । प्रकृतिको नियमको धारमा समर्पण गरिदिने ।
- गरेर हुँदैन । छोडेर हुन्छ ।
जति संघर्ष गर्यो त्यति पखेटा झर्दै गरेको । थाकेर संघर्ष गर्न छोड्छ तव Trap बाट मुक्त हुन्छ ।
No comments:
Post a Comment