नेपाली भाषाको साधारण प्रयोगमा उपेक्षाको अर्थ हेला गर्नु, त्याग्नु अादि हुन अाउँछ । तर बुद्ध शिक्षामा प्रयोग हुने उपेक्षाको अर्थ यो भन्दा फरक छ । 'उपेक्षा'को विभिन्न दृष्टिकोणहरूबाट निम्नानुसार तवरले परिभाषित गर्न खोजिएको छ ।
- अर्थः सांसारिक घटनाहरू तथा कुनै पनि विषयवस्तुहरूका बीच स्थिरतामा रहनु, समता भावमा रहनु, कुनै तत्वले चलाउन नसक्ने खालको चित्तको स्वतन्त्रता, भित्री समसुख नै उपेक्षा भाव हो । अाफू उपर दुःख कष्ट दिने प्रति पनि प्रतिकारको भाव तथा द्वेषभाव नराख्नु एवं मन मलिन नगर्नु साथै अाफू प्रति हित उपकार गर्ने प्रति पनि अासक्त नभर्इ मध्यस्थ रूपमा वस्नु, ततस्थ हुनु वा समता भावमा उभिनु नै उपेक्षाको लक्षण, स्वभाव र अर्थ हुन अाँउछ ।
- चार ब्रम्हविहारः उपेक्षा चार ब्रम्हविहार मध्ये एक हो र उत्कर्ष हो । मैत्री, करूणा, मुदिता भाव स्थापित गरिकन उपेक्षा भाव स्थापित गरिनु पर्दछ । माथिका ती ब्रम्हविहार विना उपेक्षाको कल्पना मिथ्थ्यादृष्टि मात्र हुन पुग्छ ।
- चित्त संतुलनको अाधारः प्रज्ञा ज्ञान अर्थात् अनित्य, दुःख, अनात्मा लगायत शुन्यता ज्ञान नै चित्त् सन्तुलनको अाधार हो ।
- क्लेश क्षय गर्नेः उपेक्षा धर्म राग, द्वेष र मोह जस्ता क्लेशको विपरित धर्म हो । यो ४० प्रकारको ध्यान विधि (कर्मस्थान) हरू मध्ये पनि एक हो ।
- लोक धर्मबाट अविचलित हुनः अष्टलोक धर्म (लाभ-अलाभ, यश - अपयश, प्रसंशा - निन्दा, दुःख - सुख) को अवस्थामा अकम्पित अविचलित भइ तटस्थ रहन सक्ने स्वभाव नै उपेक्षा हो ।
- नजिकको शत्रु र टाढाको शत्रुः उपेक्षाको टाढाको शत्रु लोभ, अाशक्ति, विरोधाभास, रोष हो । यस्तै उपेक्षाको नजिकको शत्रु वेवास्ता, वेमतलव, वेहोसी हुन खोज्नु हो । वेवास्ता र उपेक्षालार्इ छुट्याएर बुझ्न खोज्दा प्रायशः अलमलमा पर्ने सम्भावना छ । क्रोधित हुन वा अाशक्तिमा पर्नु दुबै दुःख हो, अज्ञानको उपज हो र कुनै किसिमले पनि तर्कयुक्त छैन भनी बुझेर शान्त रहनु उपेक्षा ब्रम्हविहार हो भने अवस्थाबाट डराएर, करूणा रहित भर्इ घटनालार्इ थाहा नपाए जस्तो गरी वेमतलव गर्नु बेवास्ता हो । उपेक्षा ब्रम्हविहार ज्ञानबाट उत्पन्न हुन्छ भने वेवास्ता अज्ञान वा बेहोसीबाट उत्पन्न हुन्छ ।
- ध्यानको प्राप्तीः ध्यान भावनामा विकास हुँदै गए पछि तृतीय र चतुर्थ ध्यानमा प्राप्त हुने गुण उपेक्षा हो ।
- बोधिको अंगः सप्तबोध्यंग धर्म (स्मृति, धर्मविचय, वीर्य, प्रीति, प्रश्रब्धि, समाधि र उपेक्षा) मध्ये एक प्रमुख बोध्यंग उपेक्षा हो ।
- पारमिताः थेरवाद परम्परामा उपैक्षा बोधिसत्वको दशाैं पारमिता हो ।
- मैत्रीको अर्को रूपः अाफूलार्इ दुःख दिन अाउने ब्यक्ति वा तत्व प्रति समेत मैत्री भाव राखी त्यस ब्यक्तिको कृत्यहरू माथि प्रतिक्रिया नगरी शान्त, अविचलित र क्रोध रहित भर्इ रहन सक्नु उपेक्षा भाव हो । शुरूका अभ्यासका दिनहरूमा यो ज्यादै कठीन लाग्ला । तर विचलित हुनु, असन्तुलित हुन, क्रोधित हुन, घृणा भाव राख्नु निरर्थक छ, ठीक होइन, अशोभनीय र असभ्य हो भनी स्पष्ट रूपमा बुझेर त्यस अवस्था वा ब्यक्ति प्रति मैत्री भाव कायम राख्न सकेमा उपेक्षा ब्रम्हविहारको पुनरूध्घाटन हुन थाल्दछ । अभ्यस्त भएकाहरूलार्इ यो उनीहरूको स्वभाव वन्दछ । विना प्रयत्न उपेक्षा भावमा स्थित हुन सक्ने अवस्था बन्दछ । 'WALK EVENLY OVER THE UNEVEN' (S.I,4)
उपेक्षा भावनाका विधिहरू
- लाेक धर्मको ध्यानः सारका घटनाहरूलार्इ नियाल्ने र अाफ्नो चित्तलार्इ नियाल्दा चित्तको अवस्था के भइरहेको छ त्यस प्रति सजग हुने र थाहा पाउने अभ्यास गर्ने । दुर्इ विपरित अवस्थाहरूमा कसरी घटनाहरू र त्यस सँग अाफ्नो चित्त संक्रमण हुन्छ । कहिले सफलता त कहिले असफलता, कहिले लाभ त कहिले हानी, कहिले मान त कहिले अपमान, कहिले प्रगति त कहिले दुर्गति । यी अवस्थाहरूमा हाम्रो मनले प्रतिक्रिया गरिरहेको हुन्छ । कहिले दुःख त कहिले सुख अनुभव गरेको हुन्छ । कहिले खुसी त कहिले असन्तोष, कहिले अाशा त कहिले निराशा, कहिले ढुक्क हुन्छ त कहिले डर । यी अवस्थाहरूले हामीलार्इ कहिले शान्त रहन दिँदैन । एक छिन अाराम जस्तो के अनुभव हुन्छ तुरून्तै नयाँ खालको भाव तरङ्गले पछारि हाल्दछ । ती छालहरूले कहिले निकै माथि उचाइमा पुर्याइदिन्छ त कहिले तल खाडलमा दबाइ दिन्छ । हामी कसरी यी छालहरूका बीचमा शान्त रहन सकिन्छ त । कसरी उर्लिरहेको समुद्र माथि अाफ्नो घर वनाउन सकिन्छ । शान्त रहन त्यस समुद्र बीचमा एक टापू वनाउनु पर्दछ । त्यो टापू उपेक्षा भाव हो ।
- उपेक्षाको अर्को विकल्प छैनः यो संसारमा थोरै सुख पाउनका लागि धेरै दुःख, निराशा वा हारहरू खेप्नु पर्दछ । रोग, वियोग, मृत्यु जस्ता भयानक अवस्थाहरूका बीच केहि रमाइलोपन कनिका सरी छरिएको पाउँछाैं । यो यस्तो संसार हो जहाँ एक छिन अगाडि प्रेमले गाँसिएका हाम्रा प्रिय जनहरू एक छिन पछि करूणाका पात्रहरू हुनेछ । प्राय जसो अवस्थामा हाम्रा हातहरू निरिह हुन्छ । यस्तो संसारमा उपेक्षा भाव अनिवार्य हुन पुग्दछ ।
- सम्येक स्मृतिः सम्येक स्मृतिको अाधारमा राखिएको समता भाव मात्र उपेक्षा ब्रम्ह विहार हुन्छ । अज्ञानता र बेहोशीको वसमा परी गरिने वेवास्ता ब्रम्ह विहार कदापि हुन सक्दैन । यो भाव अथक प्रयास, प्रयत्न र सहि तालिमबाट प्राप्त भएको हुनु पर्दछ न कि अस्थिर मनोवृत्तिको उपज । यस्तै पटक पटक प्रयत्न गरी उपेक्षा भाव उत्पन्न गरि रहनु पर्दा खेरीको अवस्थालार्इ पनि ब्रम्ह विहार भन्न योग्य हुँदैन । यस अवस्थामा प्रयत्न गर्दा गर्दा अन्ततोगत्वा एक न एक लोक धर्मको अधि थकित भर्इ त्यो मनले घुँडा टेक्छ । तसर्थ साच्चैको उपेक्षा ब्रम्हविहार कठीनतम परिस्थितिहरूको परीक्षामा समेत चित्तको स्वभावतः रहेको भित्री शक्तिको अाधारमा उत्पन्न भएको हुनु पर्दछ । यदि प्रज्ञाको अाधार बलियो छ भने मात्र जति सुकै विषम परिस्थितिलार्इ पनि सहज रूपमा सामना गर्न सकिन्छ र पनि थकानको महसुस पटक्क हुँदैन ।
- अनात्मा ज्ञानः अात्माभावको मिथ्थ्यादृष्टिले नै सबै प्रकारको दुःख उत्पन्न हुने हुन् र समता भङ्ग पार्ने हुन् । यदि कसैले मलार्इ निन्दा गर्यो भने 'मलार्इ निन्दा गर्यो' भन्ने भाव उत्पन्न गर्दछु र मेरो मन अशान्त र विचलित हुन्छ । यदि असफल भइयो भने 'मेरो काम असफल भयो' भन्दै समता भाव भङ्ग गरिन्छ । यसरी नै कुनै प्रिय ब्यक्ति वा वस्तुको विनाश वा मृत्यु भयो भने 'मेरो गयो' भन्दै चित्तको सन्तुलनलार्इ कम्पित पार्दछ । तसर्थ अविचलित चित्तावस्था स्थापित गर्नका लागि विस्तारै अभ्यास गर्दै सबैभन्दा पहिले मेरो भन्ने अाधिपत्यभावलार्इ त्यानु पर्दछ । यसरी अात्मा भन्ने तत्व छैन, तसर्थ म वा मेरो भन्ने कुरा कल्पना मात्रै हुन् भन्ने ज्ञान जति जति स्थापित हुँदै जान्छ त्यति त्यति उपेक्षा भाव प्रगाढ हुँदै अाउँछ ।
- कर्म सम्वन्धी ज्ञानः प्रज्ञाले यहाँ कसरी काम गर्छ त ? स्मृति पूर्वक प्रत्येवेक्षण गरे वापत उत्पन्न प्रज्ञा ज्ञानले लोक धर्म कसरी उत्पन्न हुन्छ ? ती लोक धर्महरूका स्वभाव के हुन् ? तिनीहरूका यथार्य सत्य के हो ? भन्ने कुराको थाहा दिन्छ । हामी जे जसो अनुभव गर्छाै, ती सवै हाम्रा कर्मका उपजहरू हुन् । यस जन्म वा पूर्व जन्ममा काय, वाक् र चित्त द्वारा गरिएका कर्महरूका परिणाम हामी अहिले अनुभव गरिरहेका छाैं ।
- कम्मयोनीः कर्म त्यो गर्भ (कर्म योनी) हो जहाँबाट हामी उत्पन्न भएको छ ।
- कम्मसकाः चाहनु वा नचाहनु हामी अाफ्ना कर्मका मालिक (कम्मसका) हाैं जुन अपनत्व कसैसँग बाँड्न सकिन्न ।
- कम्मदायादः हामी कुनै पनि कर्म गरिसकेपछि त्यो कर्म हाम्रो अधीनबाट छुट्छ र हाम्रो पुर्ख्याैली सम्पत्ति समान त्यसले हामीलार्इ फल दिइ नै रहन्छ ।
कुनै पनि मनोभाव वा अवस्था बाहिरी संसारबाट अथवा अरूबाट अाउने वा बन्ने होइन बरू अाफ्नै चित्त र कर्मको उपजका रूपमा उत्पन्न हुने हुन् । यो ज्ञान उपेक्षा भावनाका लागी महत्वपूर्ण अाधार हो । यसबाट हामी भित्रको डर हटाइदिन्छ । किन डर मान्नु पर्यो ? भन्ने भाव उत्पन्न गराइ दिन्छ ।
- कम्म पतिसरणाः यदि डर र त्रास छ भने सबै भन्दा भरपर्दो शरण पनि कर्म नै हो । पूर्व दिनहरूमा गरेका राम्रा कर्महरूका कारण ती कर्मको शरण लिएमा हामीमा अाँट र साहस अाउँछ, दृढता अाउँदछ । थप अरू राम्रा कर्महरू गर्न हाैसला मिल्दछ । यस क्षणमा जति सुकै विषम परिस्थितिहरू झेल्नु परे पनि अकुशलकर्म तिर नलागी कुशलकर्म गर्न तिर हाैसला मिल्छ । यस प्रकारले गरिने कुशल कर्महरू, निस्वार्थ पूर्ण कर्महरू विषम दशाहरूमा रक्षकको काम गर्दछ । कुशल कर्म गर्न कहिले पनि विलम्व गर्दैन र ढिलो भएछ भनेर पश्चातापमा पनि रहँदैन । यसरी अकुशल कर्म छोडी कुशल कर्ममा स्थापित हुनुलार्इ कम्म पतिशरणा भनिएको हो ।
- कम्मवन्धुः यी कुशल कर्महरू नै भविष्यमा हाम्रा सहयोगी मित्रहरू (कर्म बन्धु) हुन पुग्छन् । एवं प्रकारले हाम्रो जीवनका सबै घटनाहरू हाम्रो कर्मकै कारण भएको हो भन्ने बोध भए पछि ती सबै कर्म हाम्रा मित्र हुन पुग्दछन् । चाहे त्यो दुःख दिने खालका हुन वा सुख दिने खालका हुन्, सबै प्रति मैत्री भाव जाग्दछ । कतिपय कर्मफलहरू कुन कर्मका परिणाम हुन् भन्ने पनि चिन्न नसकिएला । प्रायजसो परिणामहरू हाम्रो अपेक्षा भन्दा भिन्न पर्दछन् । कुनै अप्रत्यासित अाउँदछ । हाम्रो नियन्त्रणमा रहँदैन । हाम्रा मनोभावहरू हाम्रै सुसुप्त रूपमा संग्रह गरिएका मनोवृतिहरूको उपज हुन् । यसबाट हामी भित्र के कस्ता क्लेशहरू लुकेको रहेछ त भन्ने कुराका वारे ज्ञान हुन जान्छ । यस हिसावले हामीलार्इ अाइ पर्ने दुःखहरू वा हाम्रो दुःखानुभव पनि हाम्रा मित्रहरू लाग्न थाल्दछ । ती दुखद अवस्थाहरू यस्ता सद्मित्रहरू हुन् नै यिनीहरूले हामीले सबै भन्दा बुझ्रन गाह्रो विषय सिकाइ दिन्छ । अाफ्नो बारे ज्ञान दिलाइ दिन्छ । अज्ञानता वस चालिने पाइलहरूले पुर्याउने अनन्त गहिराइ भएका खाडलहरूका वारे सचेत गराइ दिन्छ । यसरी दुखद अवस्थालार्इ हाम्रा गुरू वा मित्रका रूपमा हेर्ने दृष्टि प्राप्त भएमा हाम्रो उपेक्षा भावलार्इ बलियो बनाउन मद्दत पुग्दछ ।
सन्दर्भ सूची
http://www.buddhanet.net/ss06.htm
परम उपेक्षाका केहिं उदाहरणहरूः
थिच क्वाङ्ग डुक (Thích Quảng Đức 1897—11 June 1963), भियतनामी महायनी बाैद्ध भिक्षु हुन् जसले सियागोन सडकको चाैबाटोको बीचमा सन् १९६३ मा देशमा धार्मिक विभेदको चरमोत्कर्णलार्इ छेदन गर्ने र जनतामा र भावी पीढीमा समानता र लोकतन्त्रको ब्यवस्था स्थापित गर्न अाफूलार्इ जिउँदै बालेर अात्माहुति दिएका थिए । यो घटनाको प्रत्यक्ष फोटो विश्व भर प्रचारप्रसार भयाे जसको कारण तत्कालीन सैनिक शासक गो दिन डियम् (Ngô Đình Diệm) माथि अन्तर्राष्ट्रिय दवाव बढ्यो र अन्ततोगत्त्वा डियम् सरकारले सत्ता छोड्न बाध्य भयो ।
थप जानकारीका लागि पढ्नुस् - Thích Quảng Đức सम्वन्धी Wikipedia मा लेख
No comments:
Post a Comment