महाकालीको वर्णन
(हिन्दि)
(अंग्रेजी)
माथिको भिडियोमा काली माँ को प्रतिमा वारे रहेको पाैराणिक निम्नानुसार कथनहरूलार्इ देखाइएको छ ।
- विनाशको प्रतिक
- स्त्री शक्ति
- कालो वर्ण, खप्परको माला लाएकी, काटिएका हातहरूको माला बनार्इ कम्मरमा बाँधेकी
- अाफ्नै पति भगवान शिवको छातिमाथि खुट्टाले कुल्चेकी
- रक्त बीज जस्ता महाशक्तिशाली राक्षसलार्इ बध गरेको । रक्त बीज यस्तो राक्षस हो कि जसले ब्रम्हाबाट एक वरदान पाएका थिए । उनको शरीरबाट निस्केका प्रत्येक थोपा रगत भुर्इमा झर्ने वित्तिकै त्यस रगतको थोपाबाट अर्को राक्षस उत्पत्ति हुने वरदान उनले पाएका थिए ।
- यो कुरा थाहा पाउने वित्तिकै काली माँले उनको एक थाेपा पनि रगत भुँर्इमा झर्न नदिर्इ सबै अाफैले पिइदियो र रक्तबीजले पुनर्जिवन पाउन सकेन र रक्तबीजको अन्त्य भयो ।
- यस पश्चात् देवीलार्इ रगत पिउने बानी वस्यो र निर्दोषहरूको पनि रगत पिउन थाल्यो । यो विनाशको अन्त गर्न कोहि पनि समर्थ भए पछि शिव स्वयम् उनलार्इ रोक्न अघि सरे । अन्य लाशहरूका बीचमा अाफू सुतिदिए । रगतको नशामा परेका क्रोधित काली देवीको खुट्टा भगवान शिवको छातिमा पर्यो । तत्पश्चात् मात्र उनी झस्किइ र क्रोध भाव शान्त भयो । उनले लाजले जिब्रो निकाले ।
कालीको प्रतिमा किन यति भयानक ?
यस भिडियोमा जय लखानीजीले काली माँको मुर्तिको प्रतिमालक्षणका वारे निम्नानुसार केहि प्रष्ट्याएको छ ।
- दुर्गा वा काली माँ भयानक राैद्र रूपको छ । सिंहलार्इ अाशन गरेकी, हातहतियारले सुसज्जित छिन्। यस प्रकारको प्रतिमा प्रतिकात्मक छन् । यसमा अाध्यात्मिक ज्ञानलार्इ प्रतिमालक्षणमा ढालेको हो ।
- 'काली' काल भन्ने शब्दबाट ब्युत्पन्न भएको हो । 'काल' को अर्थ समय हो भने 'काल' अर्थ मृत्यु पनि हो ।
- काली माँ को प्रतिमाको तात्पर्य जीवनको सत्यलार्इ बुझाउनु रहेको छ । जीवनलार्इ बुझ्न मृत्युलार्इ समेत सँग सँगै बुझ्न अत्यन्त जरूरी हुन्छ । सबै जगत, वस्तु या ब्यक्तिको उत्पत्तिको क्षण देखि नै प्राकृतिक रूपमा नै विनाश वा मृत्यु तिर दाैडिरहेको हुन्छ ।
- जीवनलार्इ बुझ्ने एउटा दृष्टिकोण हाे कालीको प्रतिमा लक्षण ।
- सत्य सँधै नाँगो हुन्छ। त्यसकारण काली माँको प्रतिमामा सर्वाङ्ग नाङ्गो स्त्रीको चित्रण गरिएको छ। कालीको प्रतिमा जगतको एक अन्तिम सत्यको प्रत्यक्ष प्रतिनिधित्व गर्दछ ।
काली माँ को हुन् - अोशो
काली माँ मृत्युको प्रतिक हो । एकै देवी माँ पनि अनि मृत्यु पनि । यसको तादात्म्यता बुझ्न प्रायलार्इ कठिनाइ हुन सक्छ । हामी सबै माँ बाट उत्पत्ति भएका हुन् । तर माँले हामीलार्इ जन्म मात्र दिएका होइनन् । जन्म सँग मृत्यु पनि साथै दिएको हुन्छ । मृत्यु त जीवन सँगै जोडिएको हुन्छ । जीवन र मृत्यु त सिक्काको दुर्इ पाटा हुन । तसर्थ मृत्युलार्इ जानेर सम्झेर जीउने जीवन पद्धतिलार्इ नै सन्यासी भनिएको हो । कुनै वस्त्र धारण गर्दैमा, घर छोडी जंगलमा जाँदैमा कोहिं सन्यासी हुँदैन । एक छिन पनि मृत्युलार्इ नविर्सिकन जागेर जीवन जिउनु नै उच्चतम अादर्श जीवन हो । जागे पछि मानिसले मृत्यु भन्दा वाहेक अरू कुनै पनि कुरा देख्दैन । तसर्थ काली माँ यस प्रकारको जगत र जीवनको अन्तिम सत्यको बोध गराउन तत्कालीन कलाकार तथा सिद्ध ब्यक्तिहरूले सिर्जना गरेको प्रतिमा लक्षण हो ।
माँ काली क्योँ खतरनाक है ।
मुक्त भएकाहरूमा कुनै दुःखको अनुभव हुँदैन । बाहिरी तवरले दुखद घटनाहरू घटेको देखिन्छ तर भित्र त्यस घटनाले प्रभाव पारेको हुँदैन । यसका लागि अोशोले रामकृष्ण परमहँसजीको प्रसँगमा अघि सारेका छन् । रामकृष्ण परमहंसलार्इ घाँटीको क्यान्सर भएको थियो । उनका अन्तिम दिनहरूमा त पानी सम्म पनि पिउन नसक्ने गरी पीडाहरू थाले । उनका शिष्य विवेकानन्दले अाफ्ना गुरूको दुःख हेर्न नसकी गुरूलार्इ अाग्रह गर्दछ । तपार्इं काली माँ सँग किन अाफ्नो दुःख हटाउन प्रार्थना गर्नु हुन्न । रामकृष्ण मुस्कुराउँथे मात्र। धेरै पटक भने पछि रामकृष्णले विवेकानन्दलार्इ बोध गराउने युक्ति गरे । उनले अाँखा चिम्लेर काली माँ सँग कुरा गरे जस्तो गरे र एक छिन पछि विवेकानन्दलार्इ भने । "मैले काली माँ सँग तिमीले भने जस्तै मागेको त साह्रै सँग गाली पो खानु पर्यो । यस्तो बुझिसकेको मानिसले पनि यस्तो कुरा माग्ने हो ? तिम्रो घाँटी विग्रेर के भयो त, अरूको धाँटी त छँदै छ नि । अव तिमी उनीहरूको गलाबाट पानी पिउनु ।" त्यस पछि उनले विवेकानन्दलार्इ भने - विवेकानन्द अव म तिम्रो गला मार्फत पानी पिउँछु । जव जव मलार्इ तिर्खा लाग्छ, तव तिमी पानी खाइदिनु । यो सव विवेकानन्दलार्इ बुझाउन उनैको भाषामा बोलेको मात्र थिए । उनलार्इ दुःख नै थिएन । दुःख त विवेकानन्द र रामकृष्णको बीचमा थियो । रामकृष्ण पूर्ण रूपमा साक्षीभावमा वसेका थिए । काली माँ सँग न उनले कुरा गरेका थिए न काली माँ त्यसरी उपलब्ध थिए ।
काली माँ त प्रतिकका रूपमा हुन । एक खेलाैना हुन । नासमझहरूका लागि बुझाउन प्रयोग गरिएका साधन मात्र हुन् । जस्तो शुरूका दिनहरूमा बच्चाहरूलार्इ 'क' बाट कछुवा, ख - खरायो, ग बाट गधा भनी सिकाउँछ । पछि भए पछि क ख ग मात्र याद राख्न लगाइन्छ, कछुवा, खरायो र गधा भुल्नु पर्छ । यसरी भुल्न नसके सम्म त्यस विद्यार्थीले कखरा सिकेको मान्न सकिन्न । त्यसरी नै कालीमाँको मूर्ति पनि ज्ञानको प्रतिक स्वरूप वनार्इ देखाइएका हुन । ज्ञानलार्इ बिर्सी वा ज्ञानलार्इ वास्ता नगरी मूर्तिलार्इ नै मात्र समातेर वस्दा उसको जीवन निरर्थक हुन्छ ।
काली माँ मृत्युको प्रतिक हो । ज्ञानको उदय भए पछि ममत्व हराउँदछ । तव सबै अात्म रूप देख्न थाल्दछ । ममत्वले सँधै विपत्तिमात्र ल्याउँछ । यस्तो विपत्तिबाट निस्कने साँचो सानो र सरल छ । त्यो हो जाग्नु । शरीरका अंगहरू हात खुट्टा चल्दा शरीरमात्र चलेको हेर्ने । म मात्र साक्षीको रूपमा स्थापित गर्ने । यसरी साक्षी भावमा स्थित भएर कर्ता भाव समाप्त गर्न सकेमा शरीर र मनबाट छुटकारा पाउँदछ ।