Saturday, May 6, 2017

इस्लाममा सद्धर्मको ब्यापकता

 Dhamma Discourse at Kurla, 7th May 2005

कल्याण मित्र सत्यनारायण गोयन्काज्यूले इस्लाम परम्परामा सद्धर्मको ब्यापकताको उदाहरणहरू दिर्इ दिनु भएको धर्म देशनाका केहीं उल्लेखनीय बुँदाहरू ः

  1. सबै सम्प्रदायमा राम्रा कुरा हुन्छन्, ती कुराहरू प्रसंशा गराैं । - सम्प्रदायहरूको बीच भएका मतभेदहरूका वारेमा विवादमा अल्झिनु निरर्थक छ । सबै धर्म परम्पराहरूमा राम्रा कुराहरू हुन्छन् जसमा कुनै मतभेद हुँदैन । उपमा - बगैचामा फूलहरू अनेक प्रकारका फुलेको हुन्छ । ती सबै फूल सुन्दर नै हुन्छ । यदि प्रेम वढाउनु छ भने पुष्प गुच्छा वनाइ दिइन्छ काँडाको गुच्छा दिइदैन । 
  2. इस्लाम भएका सद्धर्मका कुराः
    • 'अस्सलाम अालिखम्'- तिम्रो सँधै अमनचैन रहोस् , 'वालिखुम् सलाम' - अमन चैन तपार्इलार्इ पनि  होस् । मंगलकामनाको यो प्रथा, मैत्री भवनाको अभ्यास मुस्लिम धर्मको एक महत्वपूर्ण संस्कृति हो । 
    • मस्जिदमा विपस्सनाको दुर्इ शिविरः  भारतको कक्ष भन्ने स्थानमा सञ्चालन भएको शिविरमा उपस्थित माैलानाहरूले इस्लाममा रहेको हरफको उल्लेख गरेको प्रसँग - मन अरफनफजहो अरफ रब्ब हो । (14:30) अर्थात् अाफूलार्इ जान्नु नै अल्लाहलार्इ पाउनु हो । 
    • इदमा राखिने रोजा व्रत ः यस व्रतमा उपवासको अभ्यास, ब्रम्हचर्य्यको पालना, ध्यान प्रार्थना र दान दिने गरिन्छ । 
    • मुसलमान फकिर र भिक्षु भिक्षाटनमा जाँदाको मनोवृति- 'असल गरे असल हुन्छ । सबैको मंगल होस्' भन्दै हिड्छ ।  
    • अकवरका भार्इ खानेखानाको दानको प्रसंग (27:00) - दान दिँदा सँधै नजर तल पारेर दिने । यस वारे सोधिएको प्रश्नको जवाफमा खानेखानाको उत्तर - "देवन वारो अाैर है, अाैर देवत हे दिन रैन । लाेग भरम मुझको धरे, इसको नीचे नयन ।" - अहंकार रहित दान नै सहि दान हो । 
    • पैगम्वर मुहम्मदको करूणा
      • मुहम्मदको जिउ माथि फाेहर फाल्ने बुढी
      • मस्जिद भित्र एक जनाले पिसाव फेर्दा (32.05)
    • जहाँ झगडा त्यहाँ फरिश्ता वस्दैन (56.16)- मुहम्मदलार्इ निद्ना गर्ने एक ब्यक्तिलार्इ सम्झाउन भनी मुहम्मदलार्इ बोलाउन अाए । ती मानिसहरू सँग मुहम्मद गए पनि । तर सम्झाउनु भन्दा अगाडि नै त्यहाँ दुर्इ पक्ष बीच झगडा शुरू भयो । मुहम्मद खुरूक्क फिर्ता अायो ।   
    • 'जद्दो जेहाड' के का लागि ? (36.59) - सन्त संग्राम रातो दिन जुझना
    • अहिंसाको शिक्षा (36.33)
    • शत्रुको सैनिक अगाडि अाउँदा पनि मुहम्मदलाइ डर नलागेको - इमान साथ छ त डर किन । इमानले अाफ्नो रक्षा गर्छ । 



No comments:

Post a Comment